जनकपुरधाम उपमहानगरपालिका-४ स्थित बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा भीषण आगलागी भएको छ। आधा घण्टादेखि लागेको आगो अहिले नियन्त्रणमा आइसकेको धनुषा प्रहरी प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।
आगलागीका कारण रेष्टुरेन्ट जलेर पूर्ण रुपमा नष्ट भएको घटनास्थलमा रहेका एक स्थानीयले जानकारी दिए। आगो नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले वारुणयन्त्र लिएर घटनास्थलमा पुगेका थिए।
प्रहरीका अनुसार आगलागीको कारण खुलिसकेको छैन। आगो कसरी लाग्यो र आगलागीबाट भएको क्षतिको यकिन हुन सकेको छैन।
होटेल बाँसबारी पुरै बाँसको सामग्रीदबाट बनाइएकाे थियाे। नगरपालिकाको दमकल समयमै नपुगेकाे स्थानीयले बताएका छन्। जनकपुरधाम उपमहानगरपालिकामा २ वटा दमकल रहेर पनि दुई वटै बिग्रेको अवस्थामा रहेकाे उनीहरूले बताए।