फोहोर विसर्जनमा फेरि अवरोध
२५ जेष्ठ २०७९
•
४ मिनेट पाठ
फोहोर विसर्जनमा फेरि अवरोध
बञ्चरेडाँडा संघर्ष समितिको अवरोधका बीच त्यहाँस्थित ल्याण्डफिल्ड साइटमा मंगलबार काठमाडौंको केही टिपर फोहोर विर्सजन गरिएको छ।




सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका अधिकारी तथा ल्याण्डपिल्ड साइट प्रभावित बञ्चरेडाँडा र सिसडोल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार राति भएको सहमति एकपक्षीय भन्दै संघर्ष समितिको अगुवाइमा फोहोर विसर्जनमा अवरोध खडा गरिएको हो।

संघर्ष समितिका नाममा स्थानीयले फोहोर विर्सजनमा अवरोध खडा गरेपछि स्थानीय प्रशासनको सहयोगमा प्रहरी परिचालन गर्नुपरेको थियो। प्रहरीको सहयोगमा फोहोर विसर्जन गरी काठमाडौंबाट गएका गाडी फर्किएका थिए। ‘हामी जनप्रतिनिधिसँग भएको सहमतिअनुसार अगाडि बढेका हौं,’महानगरपालिकाका प्रवक्ता महेशकुमार काफ्लेले भने, ‘तर बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेका कारण समस्या आयो।’

प्रहरीको सहयोगमा अवरोध पन्छाएर ६०/७० गाडी फोहोर विसर्जन गरिएको उनले बताए । फोहोर बोकेर गएका गाडीलाई स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गर्नुपरेको हो। प्रहरीले अवरोध गर्ने केहीलाई नियन्त्रणमा लिएको थियो। त्यस क्रममा केहीबेर तनावको अवस्था उत्पन्न भएको थियो।

महानगरपालिकाले विगत केही वर्षदेखि नुवाकोटको बञ्चरेडाँडा र सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जन गर्दै आएको छ। तर त्यहाँका स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै फोहोर विसर्जनमा अवरोध गरेपछि करिब एक महिनादेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन। सोमबार राति त्यहाँका जनप्रतिनिधिसँग भएको सहमतिअनुसा मंगलबार फोहोर लिएर केही गाडी बञ्चरेडाँडा पुगेका थिए।

संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना स्थानीयको मुख्य मागलाई उपेक्षा गर्दै सम्झौता गरिएको बताउँछन्। स्थानीयका मूल मूद्दालाई उपेक्षा गरी जनप्रतिनिधिसँग मात्र गरिएको सम्झौता मान्न आफूहरू तयार नभएको उनले बताए। ‘सम्झैतामा मिठा कुरा मात्र छन्,’ उनले भने, ‘तर कसरी लागु गर्ने प्रष्टता छैन।’

महानगरका प्रवक्ता काफ्ले प्रत्येक व्यक्तिसँग सम्झौता गर्न नसकिने भन्दै जनप्रतिनिधिले स्थानीयलाई सम्झाउनुपर्ने बताउँछन् । ‘हामीले संस्थागत रुपमा डिल गर्ने हो, व्यक्तिव्यक्तिलाई सहयोग गर्न हामीले सक्दैनौं। उनले भने, ‘हामीले राज्यको आर्थिक नियमकानुन पालन गर्नुपर्छ।’ काफ्लेले महानगरपालिका शक्ति प्रयोग गरेर अगाडि बढ्ने पक्षमा नभएको तर राज्यले तोकिदिएको कुनै पनि स्थानमा फोहोर फाल्न तयार रहेको बताए।

सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिका मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य, ल्याण्डफिल्ड साइटका कारण प्रभावित पालिकाका प्रमुख/अध्यक्ष लगायतको उपस्थितिमा सोमबार राति फोहोर फ्याँक्ने सम्झौता भएको थियो।

हैजा फैलिने डर

सडक गल्लीहरूमा करिब महिना दिनदेखि थुप्रिएको फोहोर उठ्न नसक्दा काठमाडौं दुर्गन्धित बन्दै गएको छ। वर्षाको पानीले फोहोर कुहिन थालेको छन। यसबाट सर्वसाधारण बढी प्रभावित भएका छन्। कुनै पनि बेला हैजा फैलिन चेतावनी चिकित्सकले दिइरहेका छन्।

उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापनका विषयमा राष्ट्रियसभाका सांसले सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले काठमाडौंका चोकचोकमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।

’फोहोरले नगरमा दुर्गन्ध बढेको छ, अहिले वर्षा भइरहेको छ, उनले भने, ‘यसले हैजालगायत महामारी फैलिन सक्छ। ’फोहोर व्यवस्थापनलाई महानगरको मात्र दायित्वका रुपमा कसैले पनि बुझिदिन नहुने भन्दै उनले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने सरोकारवाला सबैको उत्तिकै भूमिका रहने बताए।

सांसद जयन्तीदेवी राईले पनि फोहोरको दुर्गन्धका कारण सडकमा हिँड्नसमेत समस्या भएको बताउँदै दीर्घकालीन व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन्। ‘दुर्गन्धले सडकमा हिँडन सक्नेसमेत अवस्था छैन,’ उनले भनिन्, ‘गर्मी र वर्षाको यस्तो समयमा महामारी फैलिन सक्छ।’

यसैबीच काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अब फोहोर थुप्रिएर काठमाडौंवासीले दुःख भोग्नु नपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अब फोहोर उठ्नेछ, यो सबैका लागि निसन्देह खुसीको खबर हो। अहिलेसम्म फोहोर थुप्रिएर भएको दुखका लागि क्षमाप्रार्थी छौं।’

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख साहले फोहोर उठ्नु मात्रै यसको समाधान नभएको पनि बताएका छन्। उनले फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहेको पनि उल्लेख गरेका छन्। ‘अब तपाईंहरूले हरेक फोहोरलाई कुहिने र नकुहिने गरी कम्तीमा दुई अलगअलग भाँडोमा राखेर आफ्नो कर्तव्य पूरा गरिदिनुस्, ‘उनले भनेका छन्, ‘यति सहयोग गरिदिए तपाईंहरूले फोहोरबाट दुःख पाउनु हुने छैन।’

सम्झौतामा के छ?

ल्याण्डफिल्ड साइट प्रभावित पालिकाका जनप्रतिनिधिसँग सोमबार राति भएको सम्झौताअनुसार बञ्चरेडाडाँमा फोहोर खसालेपछि १५ सेन्टिमिटर अग्लो हुनेगरी माटोले पुर्नुपर्ने, दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सिफारिसमा १० दिनभित्र जैविक उपचारको विधि लागु गर्नुपर्ने छ।

त्यस्तै फोहोर संकलन गर्दा वर्गीकरण गर्नुपर्ने, बञ्चरेडाडाँमा फोहोर फाल्दा त्यसबाट प्रभावित हुने जग्गाजमिन अधिग्रहण प्रक्रिया सुरु गर्नुपर्ने सम्झौतामा उल्लेख छ। एक वर्षभित्र ल्याण्डफिल्ड साइट क्षेत्रका ५ वटा सडक निर्माण सम्पन्न गर्नुपर्ने, नदी नियन्त्रण गर्नुपर्ने, मन्दिर र सामुदायिक भवन निर्माण गर्नुपर्ने, वृक्षरोपण गर्नुपर्ने लगायतका विषय पनि सम्झौतामा समेटिएको छ।
अर्को समाचार
आठ दिनपछि अवरोध हट्यो, अब उपत्यकाको फोहोर उठ्ने
२० चैत्र २०७७
•
१ मिनेट पाठ
आठ दिनपछि अवरोध हट्यो, अब उपत्यकाको फोहोर उठ्ने
काठमाडौँ महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आज आठ दिनपछि फोहोर विसर्जनमा गरिएको अवरोध हटेको छ। नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यही चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भएको थियो।    




लामो समयको अवरोधपछि आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको छलफलमा पीडित पक्षको माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खुला गर्न उनीहरु सहमत भएका हुन्।  

प्रमुख शाक्यले छलफलमा आफूहरुले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने बताए। स्वास्थ्यसम्बन्धीका बुँदामा थप छलफल गरी अघि बढ्न सकिने उनको भनाइ थियो। प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाडौँको अस्पतालमार्फत सेवा उपलब्ध गराउने त्यो विषयमा प्रष्ट धारण बनाएर आउन प्रमुख शाक्यले आग्रह गरे।  

धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौँले पूर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रशंसा गरे। छलफलमा सहभागी ककनी गाउँपालिका–३ का अध्यक्ष घननाथ बजगाईँले आफूहरुको माग पूरा भएपछि फोहोर विसर्जनको अवरोध हटेको जानकारी दिए।  

“प्रभावित क्षेत्रका ५१ शिक्षकको अस्थायी दरबन्दीका लागि महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने, जग्गा अधिग्रहनका सन्दर्भमा विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउनेलगायतका सहमतिपछि फोहोर विसर्जनको अवरोध हटेको छ,” बजगाईँले भने,“अब आजैबाट फोहोर उठ्छ।”  

विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर उक्त स्थानमा व्यवस्थापन हुँदै आएको छ। सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापन स्थल निर्माण गरिरहेको भए पनि निर्माण कार्य पूरा नहुँदा पटकपटक समस्या आइरहेको छ। 
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस