सदरमुकामकै झोले विद्यालयमा नगर प्रमुख पुगेपछि...
१८ जेष्ठ २०७९
•
२ मिनेट पाठ
सदरमुकामकै झोले विद्यालयमा नगर प्रमुख पुगेपछि...
निर्वाचित भएर शपथ ग्रहण गरी कार्यभार सम्हालेपछि चुनाव प्रचारको भन्दा पनि निकै बढी सक्रिय देखिएका गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह मंगलबार एउटा यस्तो विद्यालयमा पुगे जहाँको अव्यस्था कुनै दन्त्यकथाको विद्यालय जस्तो पाइएको छ।




जिल्ला सदरमुकामको विद्यालयको स्थिति कतिसम्म गए जुग्रेको हुन सक्छ भन्ने अनुमानभन्दा पनि निकै दयनीय स्थितिको विद्यालय देखेपछि नगर प्रमुख साह छाँगाबाट खसेजस्तै भएका छन्।

सदरमुकाम गौर नगरपालिका ४ टिकुलियामा रहेको श्री आधारभूत विद्यालयमा कक्षाकोठा पर्याप्त छ तर जब नगर प्रमुख साह विद्यालय निरीक्षणको क्रममा पुगे तब बाल विकास कक्षादेखि ६ सम्मका सबै विद्यार्थीलाई एउटै कोठामा राखिएको थियो।

कक्षा कोठा भने पनि विद्यालयमा भने पनि कार्यालय सहयोगी एक जना मात्रै थियो जो विद्यार्थीको बिचमा बसेका थिए। नगर प्रमुख साह एक जना विद्यार्थीको बेन्चमा बसेर उनलाई च, छ, ज, झ लेख्नलाई अनुरोध गरे। कक्षा ३ मा पढ्ने उक्त विद्यार्थीले लेख्न सकेनन्।

अर्को बेन्चमा बसेका अलिक ठूलो भाइलाई एबिसिडि पढ्नलाई भने। कक्षा ४ पढ्ने विद्यार्थीले पढ्न सकेनन्। एकाघरका चार जना शिक्षक तथा कर्मचारी रहेको विद्यालयकी प्रधानध्यापिका सावित्री यादवका श्रीमान् हुन् कार्यालय सहयोगी अशोक यादव।

बाल विकास सहजकर्ता तथा शिक्षक पनि सोही घरका रहेकाले कोही एक जना मात्र विद्यालयमा रहने गरेको र बाँकी कोही पनि विद्यालयमा नरहने गरेको विद्यार्थीको गुनासो रहेको छ।

विद्यालयका कार्यालय सहयोगीले कहिले काही पढाउने गरेको र कहिले काही विद्यालयमा कोही पनि शिक्षक वा कर्मचारी नआउँदा बालबालिकाहरु दिउँसो भर बसेर घर फर्किने गरेको गुनासो पनि नगर प्रमुख साहलाई विद्यार्थीहरुले गरेका छन्।

निरीक्षणको क्रममा कार्यालय सहयोगी यादवले केही पनि जवाफ दिन नसकेपछि विद्यालयमा देखिएको विद्यार्थी तथा शिक्षक रजिस्टर र अन्य केही कागजात नगर प्रमुख साहले नियन्त्रणमा लिएका छन्। विद्यालयको पठनपाठन र अवस्थाको विषयमा नगर प्रमुख साहले सम्बन्धित निकायबाट स्पष्टिकरण सोध्न लगाएका छन्।

सदरमुकाममै झोले विद्यालयको जस्तो अवस्था रहेको स्थलगत अनुगमन निरीक्षणको क्रममा पाएपछि आफू अचम्भित भएको नगर प्रमुख साहले बताएका छन्। एक हप्तादेखि निरन्तर विद्यालय तथा स्वास्थ्य चौकीको अनुगमन गरिरहेका नगर प्रमुख साहले सबै विद्यालयका बेथिति तथा सबल पक्षलाई सामाजिक संजालमार्फत सार्वजनिक गर्दै आएका छन्।

चरम बेथितिमा रहेको भेटिएको आजको विद्यालयको अनुगमनपछि नगर प्रमुख साहले सामाजिक संजालमार्फत नगरको शिक्षामा सुधारको लागि उचित सुझाव पनि माग गरेका छन्। नगर प्रमुख साहले निरन्तर एक्सन लिन थालेपछि स्वास्थ्य, शिक्षा तथा सरसफाइको क्षेत्रका साथै नगरपालिका र वडा कार्यालयको काममा गौर नगरबासीले परिवर्तनको अनुभूति गर्न थालेका छन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस