सुपारी किलर मार्फत ससुरा र देवरको हत्या
१८ जेष्ठ २०७९
•
५ मिनेट पाठ
सुपारी किलर मार्फत ससुरा र देवरको हत्या
फोटोःपक्राउ पछि सार्वजनिक शान्तिदेवी, बेचु र जनिफ।
ससुरासँग मनमुटाव भएर अलग्गै बस्दै आएकी बुहारीले सुपारी किलर प्रयोग गरेर ससुरा र देवरको हत्या गराएको खुलेको छ।




सिरहाको अर्नामा गाउँपालिका–१ महनौर गाउँमा ६० वर्षीय चन्द्रदेव पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको हत्याको मुख्य  योजनाकार चन्द्रदेवकी बुहारी शान्तिदेवी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जेठ ७ गत्ते मध्यराती घरमै सुतिरहेको अवस्थामा पाल बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । घरको आँगनमा रहेको खरले छाएको गोठ भित्र खाटमा सुतिरहेको बेलामा टाउको, गर्दन, ढाड लगायतमा धारिलो हतियार प्रहार गरि हत्या गरेको अबस्थामा प्रहरीले चन्द्रदेवको र २ कोठे पक्की घरको पश्चिम पट्टिको कोठाको भूईंमा सुतिरहेका सन्तकुमार घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरेको अबस्थामा मृत भेटिएका थिए।

सोही दिन राती करिब २ बजे पानि पर्न थालेपछि बाहिर सुकाउन राखेको भेडाको उन भीत्र राख्न चन्द्रदेवकी श्रीमती पवनदेवीले श्रीमान र छोरालाई बोलाउँदा नजागेपछि छिमेकि गुहारेकी थिइन । पवनदेवीले छिमेकि १२ वार्षीय पुरन पाललाई बोलाएर ढोका खोल्न लाग्दा उक्त कोठामा बाहिर बाट चुकुल लागाई बन्द गरिएको थियो । पुरनले भित्रबाट खन्तिको सहायताले ढोका फुटाई बाहिर निस्केर अर्को कोठा खोलेर हेर्दा चन्द्रदेव र सन्तकुमार रगतमा लतपत थिए । मृत श्रीमान र छोरा देखेर चिच्याएपछि छिमेकिहरु जम्मा भएर प्रहरीलाई खबर गरेका थिए।

संघीय प्रहरी ईकाई जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसन्धान टोलीले तालिम प्राप्त कुकुरको सहयोगमा घटनामा संलग्नसम्म पुगेका हुन।

यसरी भयो हत्या

मृतक सन्तकुमार पालको जेठ ११ गते मोरङ्ग जिल्लाकी युवतीसँग विवाह तय भएको थियो । उक्त बिबाहको लागि केटी पक्षले केटा पक्षलाई दाईजो स्वरुप १ लाख नगद, एउटा मोटरसाईकल तथा ८ आना सुन दिने सहमति भएको थियो।

सन्तकुमार पाल सँग विवाह तय हुनुभन्दा पहिला सो युवतीको विवाहको कुरा गोलबजारका बेचु पालको छोरा प्रदिप पाल सँग भएको थियो। उक्त बिबाहको लागि केटि पक्षले केटा पक्षलाई बिराटनगरमा घडेरी र घर पबनाइदिने। केटाले ब्यापार गर्न चाहेमा केटि पक्षले लगानी गरिदिने कुराकानी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। कुराकानी तय हुँदै गर्दा केटा प्रदिप पालले केटीको पहिला नै विवाह भैसकेको भन्दै विवाह गर्न अस्वीकार गरेका थिए। तर उनका बुवा बेचुले दाइजोको दायरा बढाए विवाह गर्ने भन्दै आएका थिए। सोहीबीचमा केटि पक्षले चन्द्रदेवका छोरा सन्तकुमारसँग आफ्नी छोरीको विवाह तय गरि दिए।

चन्द्रदेवले सो केटिसँग आफ्नो छोराको विवाह तय गरेपछि बेचु झोकिएका थिए। चन्द्रदेवकै कारण आफ्नो छोराको विवाह विथोलिएको र दाईजो घाटा भएको भन्दै बेचुपाल रिसिइवी पालिरहेका थिए।  

वैदेशिक रोजगारमा रहेको चन्द्रदेवका साईलो छोराकी श्रीमती  शान्तिदेवी पाल गोलबजारमा डेरा गरी बस्दै आएकि छिन्। उनी सासूससुुरासँग मनमुटावका कारण डेरा गरी बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। चन्द्रदेवले छोरा सन्तकुमारको विवाहमा समेत आउन शान्तिदेवीलाई रोकेका थिए। चन्द्रदेवले उनलाई सम्पतीमा अंश समेत नदिने भनेका थिए। सोही कारण उनी ससुरासँग रिसाएकी थिइन। यो कुरा शान्तिदेवीले आफ्ना सहयोगी जनिफ मियाँसँग साझा गरेकी थिइन।

जनिफ र शान्तिदेवी यसै विषयमा कुराकानी गरिरहेका बेला बेचु पाल पनि शान्तिदेवीको डेरामा पुगे। त्यहाँ तीनैजनाबीच शान्तिदेवीलाई दुःख दिने ससुरालाई सल्टाउनुपर्छ भने योजना बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जयसका लागि शान्तिदेवीले ५० हजार रुपैयाँ  दिने जनिफले भनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

बेचु पाल पनि चन्द्रदेवसँग आफ्नो रिसिइवी साध्न राजी भए । शान्तिदेवीले काम पूरा भएपछि कबुल रकम दिने भनेपछि जनिफ मियाँ र बेचु पालले चन्द्रदेव र सन्तकुमारको हत्या योजनालाई अन्तिम रुप दिन राजी भएको प्रहरीले बताए।

जेठ ७ गते  राती चन्द्रदेवको घर छेउको मन्दिरमा जनिफ मियाँले बन्चरो र बेचुले खुकुरी लिएर आउने सहमती गरेर शान्तिदेवीको डेराबाट विदा भएका थिए।

जेठ ७ गत्ते बेचु गोलबजारबाट पैदलै हिडेर महनौर स्थित चन्द्रदेवको घर छेउको मन्दिर पुगेका थिए । तर जनिफ त्यहाँ भेटिएनन् । त्यसपछि बेचु फर्केर चन्द्रदेवको घर छेउछाउ घुम्न थाले । र, चन्द्रदेवको घरदेखि पुर्वपट्टीको राजदेवी मन्दिरमा जनिफको प्रतिक्षा गर्न थाले।

सन्तकुमारको विवाह नजिकिएकोले घरमा गीत भैरहेको थियो। गीत गाउन छिमेकका महिलाहरुको घुइँचो थियो। चन्द्रदेवको घरमा गीत बज्न बन्द नहुँदासम्म बेचु मन्दिरमै बसिरहेका थिए। गीत गाउने महिलाहरु आफ्नो घर गइसकेर माहोल शान्त भैसकेपछि बेचु मन्दिरबाट चन्द्रदेवको घरततिर आएका थिए। उनले झोलामा ल्याएको खुकुरी निकालेर बाहिर गोठमा सुतेको चन्द्रदेव पाललाई पहिला र सन्तकुमार पाललाई पछि प्रहार गरि हत्या गरि कोठाहरुमा बाहिरबाट चुकुल लगाई घटनास्थलको पुर्व पट्टीको राजदेवी मन्दिर तर्फ भागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

हत्या गरेर बेचु राजदेवी मन्दिरमा पुगेर हातमुख धोएर खुकुरीलाई  बालुवाले घोटेर पानीले पखालेका थिए। त्यसपछि उनी त्याहाँबाट पैदलै हिडेर गोलबजार स्थित आफ्नो घरमा पुगेको प्रहरीले बताए।

प्रहरीले घटना अनुसन्धानको क्रममा हत्या गर्न प्रयोग भएको खुकुरी, खुकुरी बेरेको लुङ्गी र खुकुरी राखेको झोला बरामद गरेको छ।

प्रहरीले चन्द्रदेव र शन्तकुमारको हत्यामा संलग्न रहेको आरोपमा  गोलबजार नगरपालिका ४ का ६५ वर्षीय बेचु पाल, अर्नामा गाउँपालिका घर भई हाल गोलबजार नगरपालिका ४ बस्दै आएकी मृतक चन्द्रदेव पालकी साईली बुहारी २६ वर्षीया शान्तिदेवी पाल, अर्नामा गाउँपालिका १ महनौर का ४८ को जनिफ मियाँलाई पक्राउ गरेको सिरहा प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए । पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट ७ को म्याद लिई थप अनुसन्धान भैरहेको एसपी तिमिल्सिनाले बताए।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस