नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहले तयार पारेको रिपोर्टलाई दुवै देशका सरकार प्रमुखले बेवास्ता गरेपछि नेपालका तर्फबाट प्रबुद्ध व्यक्ति समूहका सदस्यले रिपोर्ट सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।
दुवै देशका विज्ञ समूहले संयुक्त रूपमा तयार पारेको रिपोर्ट बुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनिच्छा देखाइरहेका र हालै भारतीय विदेशसचिव विनय मोहन क्वात्राले पनि इपिजी रिपोर्टबारे भारतलाई जानकारी नभएको बताएपछि विज्ञ समूहका नेपाली सदस्य यसलाई सार्वजनिक गर्ने निर्णयमा पुगेका हुन्।
सन् २०१६ फेब्रुअरीमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँगको सहमतिमा प्रबुद्ध व्यक्ति समूहको गठन गरेर रिपोर्ट तयार पार्ने सहमतिअनुसार दुवै देशका तर्फबाट चारचार जना विज्ञ सदस्य रहनेगरी इपिजी गठन गरिएको थियो। उक्त समूहले सुझावसहितको रिपोर्ट तयार पारेको चार वर्ष पुगिसक्दा पनि भारतीय पक्षले त्यसलाई ग्रहण नगरेकाले रिपोर्ट सार्वजनिक हुन सकेको छैन।
दुई देशका प्रधानमन्त्रीको सहमतिअनुसार विज्ञ समूहलाई दुई वर्षको अवधिमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित नेपाल–भारतबीच भएका दुई पक्षीय सन्धिसम्झौता पुनरवलोकनलगायत विषयमा सुझावसहितको प्रतिवेदन तयार पार्ने जिम्मा दिइएको थियो। उक्त रिपोर्ट सुरुमा भारतीय प्रधानमन्त्री र त्यसपछि नेपाली प्रधानमन्त्रीलाई बुझाउने भनिए पनि भारतले यसलाई बुझ्न मानेको छैन।
प्रधानमन्त्री शेरबहादुर देउवाले हालै भारतीय प्रधानमन्त्रीसँगको भेटमा पनि यो विषय नउठाएपछि विज्ञ समूहका नेपाली सदस्य असन्तुष्ट भएका छन्। ‘यो दुवै देशका प्रधानमन्त्रीले सहमति गरेर दुवै पक्षका विज्ञ राखेर तयार पारिएको रिपोर्ट हो। तर, यसलाई भारतीय प्रधानमन्त्री मोदीले बुझ्नै चाहेनन्। नेपालका प्रधानमन्त्रीले पनि भारतीय प्रधानमन्त्रीसँगको भेटमा यो विषय उठाउनुभएन।
हालै भारतीय विदेशसचिवले समेत यसबारे जानकारी नभएको बताएपछि हामीले यसलाई सार्वजनिक गर्ने निर्णय गरेका हौं,’ प्रबुद्ध व्यक्ति समूहका एक सदस्य सूर्यनाथ उपाध्यायले भने। उपाध्याय यो विषयमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसँग प्राथमिकताका साथ कुरा गर्नुपर्नेमा नगरेको बताउँछन्। ‘भारतीय पक्षले मात्र होइन, नेपाली पक्षले पनि यसलाई बेवास्ता गर्यो। यो विषय हाम्रा प्रधानमन्त्रीको प्राथमिकतामै परेन,’ उपाध्यायले भने। इपिजी रिपोर्ट नेपालको हितमा रहेकाले आफैंले तयार पारेको रिपोर्ट स्वीकार गर्नबाट भारत पछि हटेको उपाध्याय बताउँछन्।
यसलाई उनी भारतको हेपाहा प्रवृत्तिका रूपमा अथ्र्याउँछन्। उनी यो विषयमा भारतीय पक्षसँगै नेपाली पक्षको पनि भूमिका शंकास्पद भएको आरोप लगाउँछन्। ‘यो भारतीय पक्षको बेवास्ता मात्र होइन, हाम्रै बीचमा पनि गडबडी छ। त्यसैले नेपालका प्रधानमन्त्रीको प्राथमिकतामा यो विषय पर्दैन,’ उनले भने। उपाध्यायले इपिजी रिपोर्टबारे प्रधानमन्त्रीलाई जानकारी गराउने र पत्रकार सम्मेलन गरेर रिपोर्ट सार्वजनिक गर्ने तयारी भइरहेको बताए। ‘रिपोर्टमा के छ भन्ने कुरा जनताले थाहा पाउनुपर्छ। त्यसैले हामीले यसलाई सार्वजनिक गर्न लागेका हौं,’ उपाध्यायले भने।
प्रबुद्ध व्यक्ति समूहका अर्का नेपाली सदस्य तथा भारतका लागि पूर्व नेपाली राजदूत निलाम्बर आचार्य पनि भारतलाई पटकपटक आग्रह गर्दा पनि रिपोर्ट नबुझेपछि यसलाई सार्वजनिक गर्न आवश्यक ठानेको बताउँछन्। ‘हामीले दुवै देशका प्रधानमन्त्रीलाई यो रिपोर्ट बुझ्न भनिरहेका छौं। रिपोर्ट तयार भएको लामो समय भइसक्दा पनि दुवै पक्षले यसलाई बुझेनन्। पछिल्लो समय कतिपय यस्ता भनाइ पनि सार्वजनिक भए, जसले गर्दा हामी यो रिपोर्ट सार्वजनिक गर्नुपर्छ भन्नेमा पुग्यौं,’ उनले भने।
आचार्य दुवै देशको सहमतिमा बनेको यो रिपोर्टलाई कहिलेसम्म राखिराख्ने भनेर प्रश्न गर्छन्। यो दुई देशको सम्बन्ध सुधारका लागि सुझावसहितको रिपोर्ट भएकाले यसलाई अन्यथा लिनुपर्ने कुनै कारण नभएको उनको भनाइ छ।