मतदानको दिनदेखि नै तनाव रहेको सर्लाहीमा बुद्ध जयन्तीको दिन पनि गोली चलेको छ। मतगणनाको परिणामलाई लिएर विवाद उत्पन्न भएपछि सर्लाहीको हरिवनमा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दुई राउन्ड अश्रु सेल प्रहार गरेको हो।
सर्लाहीको हरिवन नगरपालिका ७मा पुनः मतगणनाको माग गर्दै नेपाली काँग्रेसका कार्यकर्ताहरुले पूर्व–पश्चिम राजमार्गमा चक्का जाम गर्दै इलाका प्रशासन कार्यालयमाथि ढुंगामुढा प्रहार गरेका छन्। विवादले उग्र रुप लिएपछि हरिवन नगरपालिकाको मतगणना रोकिएको छ।
हरिवन नगरपालिकाको वडा नँबर ७को मतगणना सकिँदा नेकपा एमालेका निरध्वजकार्की १ भोटले विजयी बनेका छन्। कार्की १ भोटले नेपाली काँग्रेसका वडा प्रत्याशी अशोक थापालाई उछिनेर विजयी बनेपछि नेपाली काँग्रेसले मतगणनालाई अस्वीकार गर्दै पुनः मतगणनाको प्रस्ताव गरेकाथिए।
विवाद भएपछि अन्य वडाको मतगणना पनि रोकिएर नेपाली काँग्रेसले पुनः मतगणनाको अडान राखेको छ। हरिवन नगरपालिकाका निर्वाचन अधिकृत रुद्र प्रसादआचार्यले पुनः मतगणना गर्नु नपर्ने सूचना प्रकाशन गरेपछि नेपाली काँग्रेस आक्रोशित बनेको हो।
आक्रोशित कार्यकर्ताले अनेक नाराबाजी गर्दै इलाका प्रशासन कार्यालयमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले दुई राउन्ड अश्रु सेल प्रहार गरेको हो।
नेपाली काँग्रेसका कार्यकर्ताहरुले पूर्व–पश्चिम राजमार्गलाई अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन्। समस्या समाधानगर्न निर्वाचन कार्यालयले सर्वदलीय बैठक बोलाएको छ। अहिले हरिवनको स्थिति साम्य रहे पनि तनावको वातावरण रहेको बताइएको छ।