ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ दुम्जामा २५ बर्षिय युवक मृत भेटिएका छन्। स्काइभेटर चालक बिमल कार्की मतदानका लागि दोभानबाट खोक्लिङतर्फ जाने क्रममा मृत भेटिएका हुन्।
बधबार साँझ घर जान भनी दोभान बजारबाट हिँडेका कार्की राति मृत फेला परेका थिए। तेल्लावुङ कन्ट्रक्सनको जेसीभी मेसिनका चालक समेत रहेका उनको शव खोक्लिङको खोर्साने भन्ने स्थानमा फेला परेको थियो।
गठबन्धन पक्षले कार्कीको हत्या गर्योः एमाले
नेकपा एमाले ताप्लेजुङले कार्कीको मृत्यु भबितब्य नभइ कर्तव्य गरी हत्या भएको दावी गरेको छ। एमालेले बिहीबार अपरान्हविज्ञप्ति जारी गर्दै कार्की एमाले कार्यकर्ता भएको र गठबन्धनका २५/२६ जनाको समूहले उनको हत्या गरेको आरोपसमेत लगाएको छ।
एमाले जिल्ला कमिटी अध्यक्ष भूपेन्द्र थेवेद्वारा जारी विज्ञप्तिमा यस्तो आरोप लगाइएको हो। ‘गठबन्धनका हतियारधारीहरूले बाटो ढुकेर, लखेटेर, घेरा हालेर, ढुङगा प्रहार गरेर घिसारेर, धारिलो हतियार प्रहार गरेर क्रुरतापूर्वक हत्या गरेको घटनाप्रति नेकपा एमाले घोर भत्सर्ना गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
घटना बारे अनुसन्धान भइहेको छः डिएसपी राई
कार्कीको मृत्युबारे प्रहरीले भने सुक्ष्म र गम्भिर ढंगले अनुसन्धान भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कैलाश राईले घटना बारे सुक्ष्म ढंगले अध्ययन भइरहेको बताएका छन्। अनुसन्धानको पाटोबाट सुक्ष्म ढंगले हेरिरहेको उनले बताए। पोष्टमार्टमपछि केही तथ्य आउने समेत उनको भनाइ रहेको छ।