भोट किनबेच रोक्न रातभर जाग्राम
२९ वैशाख २०७९
•
२ मिनेट पाठ
भोट किनबेच रोक्न रातभर जाग्राम
भोट किनबेच रोक्न रातभर जाग्रम गर्दै वीगन्ज २८, बगहीका एक वडा अध्यक्षको उम्मेदवारका समर्थक युवाहरु। तस्विरः नागरि
आसन्न स्थानीय तहको निर्वाचनलाईमा मौन अवधि सुरु भएदेखि उम्मेदवार, कार्यकर्ता र समर्थकहरुका लागि पनि  जाग्राम अवधि सुरु भएको छ। आफ्नो पक्षका मतदातालाई अरुले पैसा दिएर भोट किन्ने काम नगरोस् भनेर उनीहरुले रातभर जाग्राम बस्न थालेका छन्।




‘निगरानीका लागि रातभर जाग्राम बसिरहेका छौं, मेरो गाउँमा हामीले ३ वटा समूह बनाएर गस्तीका लागि एरिया बाँडेका छौं,’ वीरगन्ज वार्ड नम्बर २८ मा काँग्रेसको वडा अध्यक्षका उम्मेदवार सर्युग महतोका समर्थक पाँच दलीय गठबन्धन पक्षका जितेन्द्र गिरीले भने, ‘रातभरी जाग्ने र बिहान घर फर्केर सुत्ने गरिरहेका छौं।’ आफ्नो पक्षका उम्मेदवार आर्थिकरुपमा कमजोर भएकोले उनको खर्च नगराइकन स्वतःस्फुर्त समर्थकहरु निगरानी गरिरहेको उनले बताए। 

त्यहाँ नेकपा एमाले र जसपाका कार्यकर्ताहरुले पनि त्यतिकै चनाखो भएर राति निगरानी बढाएका छन्। राति जाग्राम नबसे अर्को पक्षले पैसा दिएर मतदातालाई आफ्नो पक्षमा पार्न सक्ने जोखिमले गर्दा विभिन्न उम्मेदवारका पक्षधरहरुले वडा वडामा रात्रिकालीन जाग्रम सुरु गरेका हुन्न्।  

‘जहाँ हेर्‍यो राति मान्छे जागेर समूहमा बसेका र घुमीरहेका फेला परिरहेका छन्, मानिसहरुलाई भोटको जोश यति चढेको छ कि राति निदाउन छोडेका छन्’ पोखरिया नगरपािलका वाड नम्बर ५ का युवा अभियानकर्ता दिनेश मिश्राले भने, ‘खासमा भोट किनबेच रोक्न यस्तो जाग्रम हुँदैछ। लोकतन्त्रको मेरुदण्ड भनिने निर्वाचनको एउटा बिकृत स्वरुप हेर्न हामीले पाइरहेका छौं। एक अर्थमा रातिमा मानिसहरुका लागि रमाइलो जस्तो पनि भइरहेको छ।’ पैसाको खेल रोक्न पाकेट खर्च दिएर परिचालित कार्यकर्ताहरु र कट्टर समर्थकहरु रातिराति खटिरहेको उनले बताए।  

रातिको समयमा सूरक्षाकर्मीहरुले पनि गस्ती बढाएका छन्। रातिको समयमा कतै झडप वा मुटभेड नहोस् भनेर सूरक्षा सतर्कता अपनाईको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

यसै क्रममा गत सोमबार वीरगन्ज –१६ नगवामा रातमा हंगामा नै भयो। सोमबार राति करिब पौने १२ बजे नेकपा एमालेबाट वीरगन्ज महानगरमा मेयरका उम्मेदवार विजयकुमार सरावगी एक जनाको घरमा पुगेपछि हंगामा सुरु भएको थियो। गठबन्धनतर्फका उम्मेदवार राजेशमान सिंहका समर्थकहरुले भोट किनबेचका लागि सरावगी राति टोलमा पसेको भन्दै घेरा हालेर विरोध सुरु गरेका थिए। सरावगी विपक्षीका कार्यकर्ताको घेरामा परेपछि प्रहरीले उनलाई सूरक्षा घेराभित्र उद्धार गरेको थियो।  

मंगलबार मध्यरातदेखि आवागमन बन्द गरेर सीमानाका शिल गरिएको छ। ठाउँको संवेदनशिलता विश्लेषण गरी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए। म्यादीसमेतको जनशक्ति गरेर नेपाल प्रहरीले २ हजार ७ सय नेपाल प्रहरी र करिब ८ सय जना सशस्त्र प्रहरी परिचालन गरेकाे छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४६ सेकेन्ड अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस