पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका ११ को जंगलमा एक महिलाको शव फेला परेको छ। सोही गाउँपालिका उपल्लोसेराकी ३९ वर्षीया दुथी बुढाको शव भेटिएको प्रहरीले बताएको छ।
गत वैशाख १९ गते राति भएको माओवादी र एमाले कार्यकर्ताबीचको झडपपछि ति महिला हराईरहेकी थिइन्। प्रहरीले घटनाको पुष्टि गरेको छ। पूर्वी रुकुमका प्रहरी प्रमुख डिएसपी प्रकाश डागीले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको बताए। ‘अनुसन्धान सुरु भएको छ। प्रहरी परिचालन भईसकेको छ।’ उनले भने। ‘गएको १९ गते देखिको मिसिङ केश हो। आज बिहान ९ बजे शव भेटिएको छ। खोजी गरिपाउँ भनेर निवेदन पनि आएको थियो। प्रहरी खोजी मै थियो।’
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का भन्छन्, ‘राजनितिक इशु हुन सक्छ। गत १९ गते राति दलका कार्यकर्ताबीच झडप भएको थियो।’ उनकाअनुसार ति महिला झडपमा परेको भन्दै भाइ खोज्न गएकी थिइन् तर उनी नै हराएकी थिइन्।
रूकुम प्रहरी प्रवक्ता कृष्ण खत्रीले प्रारम्भीक अनुसन्धानबाट केही भन्न सक्ने अवस्था नरहेका बताएका छन्। महिला एमाले सर्मथक भएको तर राजनीति गतिविधिमा संलग्न नभएको स्थानीयले बताएका छन्। एमालेले माओवादीलाई दोष लगाएको छ भने माओवादीले आफूहरुलाई फसाउन एमालेले नै घटना घटाएको आरोप लगाएको छ।