सिरहाको उदयमान व्यपारिक नगर गोलबजार नगरपालिकाका उम्मेदवारहरू चुनावी नतिजा आफ्नो पक्षमा पार्न लोकप्रिय नारा भजाउँदैछन्। गत स्थानीय तह निर्वाचनमा निवर्तमान मेयर देवनाथ साह इँटा भट्टालाई प्रदूषणरहित बनाउने घोषणा गरेका थिए। संयोगले इँटा भट्टा सञ्चालक उनी पुनः यस नगरको मेयर उम्मेदवार बन्न पुगेका छन्।
माओवादी केन्द्रबाट मेयरका उम्मेदवार देवनाथ साहको यो नगरमा दुईवटा इँट्टा भट्टा छ। उनी निर्माण व्यवसायी पनि हुन्। वृद्ध उनी २०७४ सालमा पहिलोपटक स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए। उनको प्रतिबद्धतामध्ये एक थियो– इँट्टा भट्टाबाट निस्कने धुँवाको मुस्लोबाट नगरबासीलाई मुक्त गराउने। आफू चुनाव जितेपछि नगरमा धुँवारहित आधुनिक चिम्नीमार्फत् इँट्टा उत्पादन सुरु गर्ने उनको वादा फगत चुनावी नारामै सीमित हुन पुगेको नगरबासी बताउँछन्।
यसपाली गोलबजारको नेतृत्वका लागि माओवादी केन्द्रबाट निवर्तमान मेयर देवनाथ साह दोस्रोपटक प्रतिस्पर्धा गर्दैछन्। नेकपा एमालेबाट श्याम श्रेष्ठ, जनता समाजवादी पार्टी र नेकपा(एस) गठबन्धनबाट मनोज सिंह(महतो), नेपाली कांग्रेसबाट लालबाबु साह मेयरमा प्रतिस्पर्धामा छन्।
गोलबजारको नेतृत्वका गर्न मैदानमा उत्रिएका उम्मेदवारहरूको फरक फरक नारा भएपनि गोलबजारबासीको साझा माग– स्वच्छ हावामा सास फेर्न पाउनु नै हो। यहाँका जनता कालो धुँवाबाट मुक्ति चाहिरहेका छन्। स्थानीय सोयब अनवर भन्छन्, ‘कालो धुँवाको कहरबाट मुक्ति चाह्ने नगरबासी यसपाली धुँवा फैलाउनेहरुको विपक्षमा मत पोख्छन्। धुँवाले निस्सासिएका जनता स्वच्छ हावामा सास फेर्न चाहिरहेका छन्।’
गोलबजार नगरपालिकामा दुई दर्जनभन्दा बढी इँटा भट्टा सञ्चालित छन्। एउटै वडामा पाँचवटासम्म भट्टा छन्। धेरैवटा भट्टाबाट निस्कने धुँवाको असर यहाँका बस्ती, धाँजा फाटेका खेत र आँपका बगैंचामा सजिलै हेर्न सकिन्छ।
धुँवा र प्रदूषणले आसपासका बगैंचामा आँप फल्दैन। खेतबारीमा अन्नबाली उत्पादन हुँदैन। बस्तीका मानिस श्वासप्रश्वास समस्याले पीडित छन्।
गोलबजार मुसहरी बस्तीका रामा सदाय (नाम परिवर्तन) क्षयरोगबाट थलिएका छन्। गाउँकै इँटाभट्टामा मजदुरी गर्ने उनी भन्छन्, ‘सुरूमा खोकी लाग्यो, धेरै समय निको नभएपछि जचाउँदा टिबी रहेको थाहा पाएँ।’ बिसेक हुनका लागि उनले सरकारी अस्पतालबाट निःशुल्क औषधि त पाएका छन् तर कामको चापले नियमित सेवन गर्न नपाउँदा रोगले झनझनै च्याप्दै गएको छ। अहिले उनी घरमै थला परेका छन्।
इँटाभट्टाबाट निस्कने प्रदूषणका सिकार हुने सदाय एक्ला होइनन्, गोलबजारका अरू थुप्रै मानिस धुँवाको ‘कुहिरो’ का बीच निस्सासिन बाध्य छन्। गोलबजारका बहादुर सदाय भन्छन्, ‘हावा नचलुन्जेल त ठीकै छ, हावा चलेपछि आगोले पोलेजस्तो हुन्छ। यहाँ त बसिनसक्नु हुन्छ।’ अर्का सगमलाल सदाय घरआँगन कोइला बलेर निस्कने धुँवाको मुस्लो बस्तीभरि फैलिने बताउँछन्। ‘कतिचोटि त हावाले उडाएर ल्याउने कालो धुलो खानामै झर्छ,’ उनले भने।
राजनीतिक, आर्थिक र सामाजिक रूपमा बलिया इँटा उद्योग सञ्चालकलाई प्रतिकार गर्ने साहस स्थानीयसँग छैन। त्यसैले जति दुःख बेहोर्नुपरे पनि पनि उनीहरू चुपचाप छन्। ‘बोल्यो भने मालिकले लात हानेर निकालिदिन्छ,’ भट्टामा आश्रितहरू भन्छन्, ‘रोगी हुँदा पनि पेटका लागि चुपचाप बस्नुपरेको छ। भोक हेर्ने कि रोग।’
यहाँका मुसहरहरू बर्खाको तीन महिनाबाहेकका समय भट्टामा काम गरेर गुजारा गर्छन्। बस्तीसँगै भट्टा रहेकाले धुँवाको पहिलो सिकार पनि उनीहरू नै हुन्छन्। स्थानीय बासिन्दा भन्छन्, ‘बच्चादेखि वृद्धसम्म सबैको नाकमा वर्षैभरि सकसक भइरहन्छ। बिहान उठ्दा नाकबाट कालैकालो पदार्थ निस्कन्छ। लाग्छ, रातभर धुँवामा सास फेरेछु, बच्चालाई झन् कति गाह्रो हुँदो हो।’
इलाका स्वास्थ्य चौकी गोलबजारको तथ्यांकअनुसार यस क्षेत्रका बासिन्दामा श्वासप्रश्वास, दम, क्षयरोगसम्बन्धी स्वास्थ्य समस्या बढी रहेको देखिन्छ। दैनिक जचाउन आउने बिरामीमध्ये चार/पाँचजना श्वासप्रश्वासका बिरामी हुन्छन्। नगरका १४ जना क्षयरोगी यो स्वास्थ्य चौकीमा नियमित औषधि सेवन गर्न आउने गरेका छन्। इँटाभट्टाको धुँवा (कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइड) ले वायुमा मात्र नभई पानी र माटोमा पनि नकारात्मक प्रभाव पार्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।
बस्तीको बीचमा इँटाभट्टा भएपछि प्रदूषणले मानव स्वास्थ्यलाई हानी पुर्याएपनि कोही बोल्न सक्ने अवस्थामा नरहेको स्थानीय बताउँछन्। एउटै नगरमा यति धेरै इँटा उद्योग हुने गोलबजार देशकै पहिलो नगर रहेको घरेलु कार्यालयका उद्योग कार्यालय लहानले जनाएको छ। यति धेरै उद्योगबाट निस्किएको धुँवाको असर त यहाँको वातावरणमै हुन्छ।
इँटाभट्टा (फिक्स चिमनी) ले फाल्ने हानीकारक धुँवाको प्रभावले गोलबजारमा मात्र होइन, आसपासका गाउँमा समेत खाद्यान्न उत्पादन घटेको छ। कृषि ज्ञान केन्द्र सिरहाको सर्वेक्षणले यी ठाउँमा सञ्चालित इँटाभट्टाको धुँवाले उत्पादनमा असर पुर्याएको निष्कर्ष निकालेको छ।
कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लाको अन्य भागको तुलनामा यो क्षेत्र वातावरणीय दृष्टिले संवेदनशील छ। आँप, गहुँ, धानलगायत उत्पादन अन्य क्षेत्रको तुलनामा यहाँ अत्यन्त कम छ। पहिला वैशाखमा पनि पर्याप्त पानी हुने पोखरीमा अहिले धाँजा फाटेको छ, खेतको हालत पनि उस्तै छ। धुँवाले वातावरण प्रदूषित बनाउँदाको चरम असर यो क्षेत्रका रुखबिरुवा, अन्न उत्पादनमा देखिएको छ।
मानव जीवनलाई प्रदूषणबाट मुक्ती दिलाउने उम्मेदबारको पक्षमा मत पोखेर गोलबजारबासी स्वच्छ्ताको सास फेर्न चाहन्छन्। रुख विरुवा र जमीन हराभरा भएको देख्न चाहन्छन्, गोलबजारबासी। उदयमान व्यपारिक सहरलाई गुल्जार बनाउने भिजन भएका जनप्रतिनिधि चान्छन्, गोलबजारबासी।