वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको नियुक्तिको विषयलाई लिएर रौतहटमा व्यापक असन्तुष्टि देखिएको छ। सामाजिक सञ्जालमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्तिप्रति व्यापक असन्तुष्टि देखिएको हो।
देशमा आर्थिक संकट बढिरहेको समयमा आर्थिक क्षेत्रसित सम्बन्धित बैंक तथा वित्तीय संस्थाको कर्मचारीलाई पनि मतदान अधिकृतमा खटाइएको गुनासो बढेको छ। मतदान अधिकृत तथा सहायक अधिकृतमा बैंक तथा वित्तीय क्षेत्रका केही कर्मचारी चुनावमा खटेपछि तालिमकै दिनदेखि बैंकिङ क्षेत्र प्रभावित हुने एक शिक्षकले गुनासो गरेका छन्।
विद्यालय तहमा वार्षिक परीक्षा सकिएको र भर्ना अभियान तथा नतिजा प्रकाशनको क्रममा रहेको तथा अधिकांश विद्यालयमा नै मतदान केन्द्र रहेको अवस्थामा शिक्षकलाई खटाउनु पर्नेमा शिक्षकलाई अवहेलना गरिएको भन्दै शिक्षकहरुले सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि व्यक्त गरेका छन्।
अरु क्षेत्रका करार तथा अस्थायी कर्मचारीलाई निर्वाचनमा खटाएको तर शिक्षकलाई पनि अवहेलना गरिएको गुनासो बढेको छ।
रौतहटको गढीमाई नगरपालिकाका केही कर्मचारीले पहिले नै निर्वाचनमा काम गर्न नसक्ने भी सिफारिश पठाएकामा तिनीहरुलाई पनि खटाइएको गुनासो गरेका छन्। करारमा रहेका कर्मचारी राजीनामा दिएर गएको तर तिनलाई पनि खटाइएको गुनासो रहेको छ। साथै गढीमाई नगरपालिकामा कामको अत्यधिक चाप रहेको अवस्थामा सबै कर्मचारी मतदान अधिकृत र सहायक मतदान अधिकृतमा गएपछि नगरपालिकाको काम ठप्प हुने देखेपछि विहीवार आठ जना कर्मचारीले एक साथ मतदान अधिकृत र सहायक मतदान अधिकृतमा काम गर्न नसक्ने भनी नगरपालिकामा निवेदन नै दिएका छन्। सोही निवेदनका आधारमा निर्वाचनमा काम गर्न नसक्ने कर्मचारीहरुबारे जानकारी निर्वाचन कार्यालयलाई इमेलमार्फत गराइएको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताएका छन्।
यसैबीच नेकपा एमाले जिल्ला समिति रौतहटले प्रेस विज्ञप्ति निकालेर भनसुनकै आधारमा मतदान अधिकृत एवं कर्मचारीहरु खटाएको आरोप लगाएको छ। जिल्ला अध्यक्ष त्रिभुवन साह अमरले विज्ञप्ति जारी गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारीमाथि विभिन्न आरोपहरु लगाउँदै निलम्बन गर्ने माग गरेका छन्।
मतदान केन्द्र तथा मतदान स्थल निर्धारण गर्न अनावश्यक हस्तक्षेप गरेर निर्वाचन परिणामलाई नै प्रभावित गर्ने उद्देश्यले प्रजिअ प्रेरित रहेको आरोप विज्ञप्तिमा लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले आरोपहरु निराधार रहेको बताउँदै नियमानुसार भएको र समस्या भएको ठाउँमा निर्वाचन आयोगको सुझाव लिन आफूले सल्लाह दिएको जानकारी गराएका छन्।
जिल्लामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको विषयमा देखिएको असन्तुष्टिप्रति प्रमुख निर्वाचन अधिकृत काजीबहादुर गुरुङले सकभर राम्रो गरेको दाबी गरेका छन्। नियम र कानुनअनुसार सबै पक्षलाई मिलाउने गरी कर्मचारी नियुक्ति गरिएको बताउँदै व्यापक ठूलो स्केलमा काम भएकोले केही कतै कुनै असन्तुष्टि भएको हुन सक्ने गुरुङले बताएका छन्।