अधिकार प्रत्यायोजन नहुँदा वडाका काम ठप्प
१८ वैशाख २०७९
•
३ मिनेट पाठ
अधिकार प्रत्यायोजन नहुँदा वडाका काम ठप्प
कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिँदा वडा तहका विभिन्न काम ठप्प भएका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दोहोरिने आकांक्षासहित अधिकांश जनप्रतिनिधिले कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी पदबाट राजीनामा दिँदा वडाका काम प्रभावित भएका हुन्।




स्थानीय तहमा उम्मेदवारी दिनुअघि पदबाट राजीनामा गर्नुपर्ने कानुनी बाध्यता छ। केही वडाध्यक्ष कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरीकनै राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएपछि तिनले गर्ने जन्म तथा मृृत्यु दर्ता, जग्गा कारोबारका लागि नामसारी, बैंक ऋण प्राप्ति, नागरिकता तथा पासपोर्टमा भएका त्रुटि सच्याउन आवश्यक सिफारिस लगायत काम ठप्प भएका हुन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले वडाध्यक्षलाई त्यस्ता काम गर्ने अधिकार प्रदान गरेको छ। केही वडामा काम ठप्प भएको गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन मन्त्रालयलाई अध्यादेश ल्याउने वा अप्ठ्यारो फुकाउने निर्णयका लागि सिफारिस गरेको छ।

संघीय मामिला मन्त्रालयका सचिव सुरेश अधिकारीले वडा सचिवलाई अधिकार प्रत्यायोजन नगरिएका केही वडामा काम ठप्प भएको गुनासो आएको भन्दै यसबारे अप्ठ्यारो फुकाउन कानुन मन्त्रालयलाई अनुरोध गरिएको बताए।

‘यसबारे कानुन मन्त्रालयसँग छलफल भएको छ। यस्ता गुनासो धेरै आउन थालेपछि केही निर्णय गरौंला भनेर कानुन मन्त्रालयका अधिकारीहरूबाट पनि कुरा आएको छ,’ अधिकारीले भने, ‘केही वडामा यस्तो समस्या आएको बुझिएको छ, धेरै नै समस्या आए समाधानका लागि कुनै न कुनै कदम चाल्ने योजना छ।’

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा कार्यपालिकाको अन्तिम बैठकले वडाध्यक्षले गर्ने काम वडा सचिवलाई अधिकार प्रत्यायोजन गर्न सक्ने व्यवस्था गरिएको छ। वडाध्यक्षले राजीनामा गरे वा पद रिक्त भए वडा सदस्यहरूमध्येबाट सहमतिमा कुनै एकले वडाध्यक्षको काम गर्न सक्ने व्यवस्था ऐनमा छ। तर एउटा वडामा वडाध्यक्ष र वडा सदस्य सबैले राजीनामा गरे या पद रिक्त भए कार्यपालिका बैठकले वडा सचिवलाई यस्तो अधिकार दिने व्यवस्था ऐनले गरेको छ।

कार्यपालिका बैठक पालिका प्रमुखले बोलाउने व्यवस्था छ। पालिका प्रमुखले राजीनामा गरे या पद रिक्त भए पालिका उपप्रमुखले कार्यपालिकाको बैठक बोलाउन सक्ने व्यवस्था छ। तर पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सबै वडा सदस्यले राजीनामा गरेको अवस्थामा भने वडा सचिवले अधिकार पाउँदैनन्।

त्यस्तो अवस्थामा राजीनामा गर्नुअघि नै पालिका प्रमुख या उपप्रमुखले कार्यपालिकाको बैठक बोलाई वडा सचिवलाई अधिकार प्रत्यायोजन गर्न सक्ने कानुनमा व्यवस्था छ। तर केही ठाउँमा चुनाव लड्न आतुर पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षले वडा सचिवलाई अधिकार प्रत्यायोजन गर्ने विषयमा कुनै चासो राखेनन्। उनीहरू अधिकार प्रत्यायोजन नगरीकनै राजीनामा दिएर चुनाव लड्न गए।

संघीय मामिला मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाले भने पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले राजीनामा गर्नुअघि नै आफूहरूले गर्दै आएका काम वडा सचिवले गर्ने भनेर कार्यपालिकाबाटै निर्णय गराएका छन्। ‘काठमाडौं महानगरको हकमा यो समस्या छैन। केही ठाउँमा भने वडा सचिवलाई अधिकार प्रत्यायोजन नगरीकन राजीनामा गरेको अवस्था छ,’ सचिव अधिकारीले भने।

मन्त्रालयका अर्का एक कर्मचारीले यस्तो अवस्था धेरै लामो समय नरहने बताए। ‘स्थानीय तहको चुनावलगत्तै जेठ पहिलो सातासम्म सबै वडाले वडाध्यक्ष पाउनेछन्,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘यसबीचमा धेरै बिदा पनि परेका छन्। अब दुई साता यही अवस्था हो। त्यसपछि यो समस्या समाधान हुन्छ।’ मन्त्रालयका सचिव अधिकारीले भने, ‘कानुन मन्त्रालयका अधिकारीहरूले पनि यस्तो समस्या धेरै नै आयो भने केही गर्ने, नभए केही दिन पर्खने भन्नुभएको छ।’

वडाध्यक्षहरूले अधिकार प्रत्यायोजन नगरी चुनाव लड्दा यसको असर मालपोत कार्यालयबाट सम्पादन हुने गरेको जग्गा कारोबारमा समेत परेको छ। मालपोत कार्यालय कलंकीका अधिकृत पूर्णबहादुर केसीले जग्गा कारोबार गर्न वडाध्यक्षको सिफारिस कुर्न समय लागेको अथवा सिफारिस गराउने विषयमा अड्चन देखिएको गुनासो आएको बताए।
अर्को समाचार
पालिकाहरूलाई विराट् चक्र साधनामा सहभागी हुन बाटो खुला
३० फागुन २०८०
•
१ मिनेट पाठ
पालिकाहरूलाई विराट् चक्र साधनामा सहभागी हुन बाटो खुला
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका पालिकाहरूलाई आफ्ना पदाधिकारी तथा कर्मचारीलाई  विराट् चक्र साधनामा सहभागी गराउन पाउने गरी बाटो खुला गरिदिएको छ।




जीवन विज्ञान प्रतिष्ठानबाट लेखिआएको पत्रकाे सम्बाेधन गर्दै  सचिवस्तरको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयद्वारा सोमबार जारी परिपत्रमा उल्लेख छ। परिपत्रमा भनिएको छ, ‘साधन स्रोत, जनशक्ति, समयको सम्भाव्यतालाई ध्यानमा राखेर विराट् चक्र साधनामा पालिकाका पदाधिकारी तथा कमचारीहरूले सहभागी हुन पाउने छन्।’

शाखा अधिकृत शिला सापकोटाद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ–ध्यानयोग र अध्यात्मका माध्यमबाट व्यक्तिभित्र नैसर्गिक रुपमा रहेको स्वास्थ्य, खुसी, आत्मविश्वास, प्रेम, ज्ञान, संकल्प र आनन्दजस्ता अद्भुत क्षमता जगाउने उद्देश्यले जीवन विज्ञान प्रतिष्ठानद्वारा चैत १७ देखि २३ गतेसम्म लुम्बिनीकाे अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा सञ्चालन हुने विराट् चक्र साधनामा पालिकाहरूले आफ्ना पदाधिकारी तथा कर्मचारीलाई सहभागी गराउन सक्नेछन्।’
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस