पालुङटारमा शुक्रवार बिहान दुईवटा पसल घरमा आगलागी भएको छ। वडा नम्बर ५ मा रहेको शम्भुलाल परियारको सन्देश टेलर्सबाट आगलागी भएको हो। विद्यूत सर्ट भएर सुरु भएको आगोले सँगै रहेको शास्किय सेनेटरी सप्लायर्स पूर्ण रुपमा ध्वस्त भएको छ। सेनेटरी सप्लायर्समा मात्रै करिब ९० लाख भन्दाबढिको क्षति भएको छ। टेलर्समा पनि पूर्ण क्षति छ।
‘टेलर्स र सेनेटरीमा गरेर करिब एक करोडको क्षति भएको अनुमान गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले भने। शुक्रवार बिहान साढे चार बजे आगलागी भएको प्रहरीले जनाएको छ। टेलर्सबाट सल्किएको आगोले एक घण्टा भित्रै दुबै पसल ध्वस्त बनाएको सेनेटरी पसलका संचालक सुरज श्रेष्ठले बताए।
‘मैले बिहान थाहा पाउँदा आगो दन्किरहेको थियो, निभाउन प्रयास भयो तर सकिएन, सबै ध्वस्त भयो,’ सेनेटरीका संचालक सुरज श्रेष्ठले भने। कसरी आगालगी भयो भन्ने बारे थाहा नभएको उनले बताए। पालुङटारका स्थानीयले पानी, माटो हालेर आगो निभाएका थिए। बिहान करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो।
पालुङटारमा दमकल छैन। ब्यास नगरपालिकाबाट मगाइएको दमकल ठाँटीपोखरी एरपोर्ट आईपुग्दा स्थानीयले आगो निभाई सकेका थिए। पसलमा रहेका सबै सामग्री जलेर ध्वस्त भएको संचालक श्रेष्ठले बताए।