धादिङको उत्तरी क्षेत्रमा पर्ने रुविभ्याली गाउँपालिका–१ तिप्लिङको लिङ्जोमा सडक खन्ने क्रममा पहिरोले डोजरसहित पुरिएका दुई जनाको शव तीन महिनापछि फेला परेको छ।
सडक खन्दै गर्दा माथीबाट चट्टान खसेर डोजरसहित पुरिएका डोजर चालक मकवानपुरको बकैया–२ का पूर्ण बहादुर रुम्बा र रुविभ्याली–१ लिङ्जोका स्थानीय धन भनिने अनिष तामाङको कंकाल मात्रै भेटिएको हो। उनीहरुले लगाएको कपडाको आधारमा शव पहिचान गर्न सकिने स्थानीय शिक्षक टेक बहादुर घलेले बताए।
गत पुष २९ गतेको एउटै पहिरोमा पुरिएका सहचालक राजु तामाङको २ दिनपछि नै शव भेटिए पनि डोजर चालक रुम्बा र स्थानीय तामाङ बेपत्ता नै थिए। पहिरोबाट डोजरको पाटपुर्जा निकाल्ने क्रममा दुबै शवको कंकाल मात्रै भेटिएको हो।
‘ढुंगामाटो पन्छाउँदै डोजरका सामानहरु निकाल्ने क्रममा कुहिएको जस्तो गन्ध आउन थाल्यो, त्यसपछि आफन्त र गाउँलेहरु मिलेर खोतल्दै जाँदा टाउँको हड्डी, मेरुदण्ड र हात खुट्टाका हड्डीहरु भेटियो’, शिक्षक घलेले भने–‘मासुजति कुहिएर सकिएछ, उनीहरुले लगाएको कपडा र शरीरको कंकाल मात्रै भेटियो।’
पहिरोमा गुल्टिएर खन्दै गरेको सडक भन्दा तल खोलामा पुरिएको डोजरसँगै दुबै जनाको सडेगलेको शव ‘कंकाल’ एकै ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका फोकल पर्सन (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए। चालक रुम्बाको शव आफन्तलाई जिम्मा लगाइने उनले बताए।
घटना भएको तीनदिनसम्म सदरमुकामबाट गएको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी गरेका थिए। विकट ठाउँमा काहालिलाग्दो भीर र चट्टान भएकाले बेपत्ताको पत्ता लगाउन सकेको थिएन। फान्तहरुले पनि पहिरोमै पुरिएर मृत्यु भइसकेको एकिन गर्दै काजकिरिया गरिसकेका छन्।