सर्लाही प्रहरीले तस्करीको मलखादसहित अन्य सामग्री नियन्त्रणमा लिएको छ। सर्लाहीबाट सिन्धुलीतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट सर्लाही प्रहरीले तस्करीको मलखाद तथा कपडा बरामद गरेको हो।
सर्लाहीको लालबन्दी नगरपालिका ६ मा रहेको पूर्व पश्चिम लोकमार्गमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीको टोलीले सर्लाहीबाट सिन्धुलीको मरिनतर्फ जाँदै गरेको ना ४ ख १०८६ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा अवैध सामान बरामद गरेको थियो।
बसलाई चेकजाँच गर्दा बसभित्र ५० किलो तौलको युरिया बोला ४९ ओटा, विभिन्न रंगको साडी २२ ओटा, कुर्ता २७ ओटा, झुल तीन ओटा बरामद भएको छ। बरामद गरिएको सामानको मूल्य एक लाख १५ हजार पाँच सय रुपैयाँ भएको प्रहरीले जनाएको छ।
बरामद सबै सामानलाई प्रहरीले आवश्यक कारबाहीको लागि मलंगवा भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।