कञ्चनपुरको बेदकोट नगरपालिका–६, मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउँदको धामी हेराउन गएका बखत मृत्यु भएको छ। पेट दुखेपछि जोखना हेराउन धामीकोमा गएकी उनको त्यही मृत्यु भएको हो।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँकै सार्वजनिक बाटो फिलिङ गर्ने काममा व्यस्त रहेकी रञ्चुला दिनहुँ झै चैत २७ गते बिहान खाना खाएर काममा गएकी थिइन्। साँझ घर फर्किदा उनको पेट दुख्यो। पेट दुखेपछि छिमेकी कमला भण्डारी साउँदको घरमा झारफुक गर्ने धामी आएको थाहा पाएकी उनी जोखना हेराउन गइन्। धामीले थारू भूत लागेको भन्दै कमलाकै घरमा राख्यो। उनलाई भण्डारीको घरभित्र एउटा कोठामा लगेर भूत भगाउने भन्दै राखेको स्रोतले बतायो।
रञ्चुलालाई राखिएको कोठामा कसैलाई पनि जान नदिएको बताउँदै उनकी छोरी सरिताले भनिन्,‘मैले मम्मीलाई राखेको कोठमा किन हामीलाई जान नदिएको? म गाउँका मान्छेलाई भन्छु भनेपछि धामीले काम्दै तेरो आमाले गाउँमा मेरो चुक्ली (कुरा लगाएको) गरेर यो बिरामी मैले नै गराएको हुँ, अझ तैले पनि कसैलाई मेरा बारेमा चुक्ली गरिस् भने तेरो पनि यहि हालत गर्दिन्छु भन्यो।’ त्यही डरले आफूले छिमेकीलाई पनि केही नभनेको उनले बताइन्। उनका अनुसार रञ्चुलाको २/३ दिनअघि नै मृत्यु भइसकेको रहेछ, तर उनीहरुलाई भने वैशाख २ गते मात्रै जानकारी दिइएको थियो। ‘मम्मीको मृत्यु भएको हामीलाई हिजो (शुक्रबार) मात्रै थाहा भयो,’ सरिताले भनिन्,‘मम्मीको शव हेर्दा शरीर भरी नील डाम, मुखबाट रगत आइरहेको र शव गन्हाइरहेको थियो।’
उनका अनुसार मम्मीको मृत्यु भइसकेपछि पनि धामीहरु काम्दै तेरो आमा ज्यूँदै छ, म मरेको मान्छेलाई पनि ज्यूँदो बनाउने धामी हुँ, तेरा घरको मूल मान्छेलाई बोला भन्दै काँपेको बताउँदै उनले भनिन्,‘धामीले त्यसो भनेपछि मैले बैतडीमा बस्ने मेरा काकालाई फोन गरेर बोलाएँ।’ भतिजीले फोन गरेपछि आफू पहाडबाट यहाँ आइपुगेको बताउँदै सरिताका काका पदम साउँदले भने,‘यहाँ धामीहरुले काँप्दै मलाई तेरो घरको लागू लागेर तेरी भाउजू बिरामी भएका हुन्, भोलि (वैशाख ३ गते) बिहान ४ बजेसम्म ठीक बनाउँछु भन्यो, धामीको विश्वास गरे पनि भाउजूको ३ दिन अगाडि नै मृत्यु भइसकेको रहेछ।’ शव गन्हाइरहेको देखेपछि आफूले शनिबार दिउँसो स्थानीय जनप्रतिनिधि र प्रहरीलाई खबर गरेको उनले बताए।
प्रहरीका अनुसार घटना भएको घरमा ५/६ वटा फलामका छड समेत फेला परेका छन्। घटनाबारे प्रहरीले जानकारी पाएपछि अहिले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार घटनाको अनुसन्धानका क्रममा पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१ बाह्रकुण्डा बस्ने ७२ वर्षीय धामी नारायणदत्त भट्ट, भीनपा–७, हल्दुखालको धर्मानन्द भट्ट, बेदकोट नगरपालिका–६, मुसेपानीकी कमला भण्डारी साउँद लगायत ७ जना रहेका छन्। ‘अहिले धामीसहित स्थानीय ७ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको डिएसपी शाहले बताए।
उनका अनुसार शव गन्हाइरहेको अवस्थामा बरामद गरिएको छ। ‘शव गन्हाएरहेको अवस्थामा फेला परेको छ,’ शाहले भने,‘पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप थाहा हुनेछ।’ शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।