काठ तस्करको आक्रमणमा परेर रौतहटमा दुई वन रक्षक घाइते भएका छन्। बिहीबार राति वनको गतिविधि हेर्न गएका फरेस्टर शम्भु महतो र सशस्त्र वन रक्षक रत्नबहादुर बुढाथोकी काठ तस्करहरुको आक्रमणमा परी घाइते भएका हुन्।
सिमरी गाउँतर्फ गस्ती गर्न गएको समयमा राति १२ बजे गाउँको छेउमा दुई जना काठ तस्करले जंगलबाट काठ चोरेर मोटरसाइकलमा गइरहेको अवस्थामा महतो र बुढाथोकीले देखेका थिए। वनको कर्मचारीलाई देखेपछि दुवै तस्करहरु मोटरसाइकल र काठ छाडेर फरार भएका थिए तर वन गस्ती टोलीमा दुई जना मात्र रहेको यकिन भएपछि काठ तस्करहरुले गाउँबाट थप मानिस बोलाएका थिए। गाउँबाट थप मानिस आएपछि तस्करहरुले वन कर्मचारीमाथि आक्रमण गरेको डिभिजन वन कार्यालयले जनाएको छ।
आक्रमणबाट दुवै वन कर्मचारीहरु महतो र बुढाथोकी घाइते भएको र दुवै जनाको उपचार भइरहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेव यादवले जानकारी गराएका छन्।
वन कर्मचारीमाथि काठ तस्कर र स्थानीयले आक्रमण गरेको खबर थाहा पाउनासाथ वन कार्यालयले थप सुरक्षा टोली परिचालन गरेको थियो। सशस्त्र प्रहरीसहितको टोली राति नै पुगेर दुवै बन कर्मचारीको उद्धार गरेको थियो।
काठ तस्करको आक्रमणबाट फरेस्टर महतोको टाउकोमा गहिरो चोट लागेको छ। महतोको उपचार चन्द्रपुर अस्पतालमा भइरहेको छ। वन रक्षक बुढाथोकीलाई जीउभरि चोटपटक लागेको र सामान्य उपचारपछि कार्यालयमा नै बोलाइएको वन कार्यालयको दाबी छ।
घटनास्थलबाट वन गस्ती टोलीले तस्करहरुले प्रयोग गरेको बा २६ प ४४१२ नम्बरको पल्सर मोटरसाइकल तथा काठ बरामद गरेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको वन कार्यालयको भनाइ छ।
चुनावको समय नजिकिँदै जाँदा वनमा तस्करी फस्टाउने अनुमान गरिएको छ।