गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानालाई अहिले चुनाव प्रचारको दौडधुप छ। २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हबाट उपाध्यक्षमा विजयी भएकी ढुंगाना एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीको चुनाव चिन्हको प्रचारमा गाउँगाउँमा खटिएकी हुन्।
पहिलो स्थानीय निर्वाचनबाट विजयी भएर स्थापित भएकाहरु अहिले फेरि नयाँ चुनाव चिन्हको प्रचार गर्नेमा अरु थुप्रै छन्। जो एमालेसँगको विद्रोहपछि बनेको नेकपा एकीकृत समाजवादीतिर लागेका छन्। ढुंगाना भन्छिन्, ‘हाम्रो पक्षमा रहेका आम मतदाता चुनाव चिन्हको अलमलमा नपरुन् भनेर कलम चिन्ह चिनाउँदै रातसाँझ नभनी घरघरै हिँडिरहेका छौँ।’ दिउँसोको समयमा मतदाताहरु आफ्नो काममा व्यस्त हुने र भेटघाट नहुने भएकोले ग्रामीण बस्तीहरुमा साँझपख कार्यक्रमहरु गरिरहेको उनले बताए।
गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ र धुनिवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य पनि समाजवादीको कलम चिन्हको प्रचारमा जुटेका छन्। मतदाता माझ यसअघिदेखि नै स्थापित अनुहारहरु अहिले नयाँ पार्टी निर्माणपछि नयाँ चुनाव चिन्हको प्रचारमा रातारात बत्ती बालेर पनि घरदैलो गरिरहेका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको क्षेत्रका रुपमा परिचित धादिङ क्षेत्र नं. २ मा पर्ने पृथ्वी राजमार्ग जोडिएको पालिकाहरुमा आसन्न निर्वाचनको लागि नेकपा समाजवादीको प्रचार निकै आक्रामक देखिएको छ। २०७४ को निर्वाचनमा एमाले बलियो देखिएको धुनिवेसी, थाक्रे, गल्छी, गजुरी र वेनिघाटरोराङमा एमाले विभाजनपछि समाजवादीले आफ्नो पकड जमाउने कसरत गरिरहेको छ।
धुनिबेसीमा एमाले, माओवादी र कांग्रेस सिंगल सिंगल चुनावमा उत्रिँदा एमालेका उम्मेदवार विजयी भएका थिए भने कांग्रेस र माओवादीसँगको गठबन्धनमा चुनाव भएको थाक्रे, गल्छी र गजुरीमा तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए। वेनिघाट रोराङमा भने कांग्रेस र माओवादीका उम्मेदवार विजयी भएका थिए। यो पटक गठबन्धन गरेरै भएपनि एमालेका उम्मेदवारलाई हराउने गरी समाजवादीका नेता कार्यकर्ताहरुले प्रचार गरिरहेका छन्।
आसन्न निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबीच समिकरणको नजिक पुगेका छन्। समिकरण हुँदा नेकपा एमालेलाई पुरानो विराशत जोगाउन हम्मेहम्मे छ।
तत्कालीन समयमा एमालेबाट जनप्रतिनिधि भएर अहिले समाजवादीमा लागेका धेरै अनुहार दोहोरिने आकांक्षा राखेका छन्। ‘एक पटक काम गरिसकेकाहरुले आउदा दिनमा काम राम्रो गर्न सक्छन् र जनताले पनि विश्वास गर्छन्,’ नेकपा एकीकृत समाजवादी धादिङका सचिव सुवास खतिवडा भन्छन्,‘अहिले हाम्रो चुनाव चिन्ह नयाँ भएकोले पनि जनतामाझ परिचित अनुहार नै उम्मेदवार बन्ने सम्भावना बढी रहन्छ।’
स्थानीय लोकप्रियता, कामको मुल्यांकन, समग्र राजनीतिक यात्रा र पारदर्शितालाई हेरेर उम्मेदवार अघि बढाउने खतिवडाले बताए। ‘केन्द्रीय तहबाट मापदण्ड बनेको छैन। नयाँको जोस् र पुरानाहरुको अनुभव मिश्रित गराएर जानेछौं,’ खतिवडाले भने।
समाजवादीको पूरै शक्ति राजमार्ग केन्द्रित पालिकाहरुको प्रचारमा लागिरहँदा एमाले, कांग्रेस र माओवादी पनि त्यतिकै दौडधुपमा छ। कांग्रेसले चुनावको मिति घोषणा हुनुअघिदेखि नै पार्टी प्रवेश र कार्यकर्ता प्रशिक्षण गरिरहेको छ। एमाले आफ्नो विराशत जोगाउन हरतरहले लागिरहेको छ। यो क्षेत्रमा पुरानो पार्टी कांग्रेस र एमालेमा युवापुस्ता बढी सक्रिय देखिएका छन्।
युवा पुस्ताले राजनीतिप्रति देखाएको चाँसो, सरोकार र सहभागिताले पनि यसपटकको निर्वाचनको रौनकता बेग्लै देखिएको छ। एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठी भन्छन्, ‘आम मतदाताले सुझबुझपूर्ण निर्णय गर्न सक्नुपर्छ, पुरानो परिचित अनुहारले बोकेको नयाँ चिन्ह रोज्ने की नयाँ अनुहारसँग भएको पुरानै चिन्ह रोज्ने? यो जिम्मा मतदाताकै हातमा छ।’
धादिङमा पहिलो स्थानीय निर्वाचनमा अधिकांश पालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन गरेर चुनाव लडेका थिए। नेकपा एमाले तत्कालित अवस्थामा एक्लै चुनाव लडेको थियो। नेकपा एमालेले एक्लै बहुमत पाएको थियो। जिल्ला समन्वय समिति समेत एमाले एक्लैले जित्न सफल भएको थियो।
अघिल्लो निर्वाचनमा जिल्लामा बहुमत पाएको एमालेले विभाजनपछि आफ्ना मतदाता रिजाउन गाउँ, टोल र पालिका स्तरमा प्रवेश प्रशिक्षणका गतिविधि गरिरहेको छ। एमालेले भातृ संगठनहरुलाई पनि चुनावी गतिविधिमा सक्रिय पारेको छ। आइतबार मात्रै पनि एमालेको भातृ संगठन युवा संघ नेपालले धादिङबेसीमा शक्ति प्रदर्शन गर्दै भेला आयोजना गरेको छ।