मानव बस्ती नै जोखिममा पार्ने गरी सिरहाको धनगढीमाई नगरपालिका –१३ र गोलबजार नगरपालिका-१ मा भैरहेको खानीजन्य पदार्थ उत्खन्न प्रशासनले हस्तक्षेप गरेर रोकेको छ।
सिरहाको धनगढीमाई नगरपालिका–१३ स्थित भोर्लेनी र खजनपुरिया गाउँको मानव बस्ती जोखिममा पार्नेगरी गत्त वर्षदेखि नगरपालिकाको संरक्षणमा ढुंगागिट्टी,ग्राभेल उत्खनन हुँदै आएको थियो ।
स्थानीय बुद्धिजीबी जयनगरायण यादवकाअनुसार ग्राभेल उत्खननमा दैनिक तीन वटा जेसीबी प्रयोग हुँदै आएको थियो । दैनिक एक सय भन्दा बढी टिपरमा ती सामग्री ओसार्ने गरिन्थ्यो । नगरपालिका क्षेत्रमा भैरहेको उत्खनन रोक्न नगरपालिका कुनै पहल गरेनन्। यादवका अनुसार नगरपालिकामा मेयरदेखि प्रमुख प्रशासकिय अधिकृतलाई गुहार्दा समेत सुनवाई भएन्।
तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल उत्खनन स्थल नजीकै एक कार्यक्रममा आउँदा समेत स्थानीयले नियन्त्रणका लागि गुहारेका थिए। तर उनले पनि स्थानीयको पीडा सुनिदिएनन्। यादव भन्छन् जथाभावी उत्खननले यो क्षेत्र खण्डहर बनेको छ। खाल्डोको डिलमा बस्ती उभिएको छ।
बस्ती नै टापु जस्तो हुन थालेको छ । टिपरको धूलो र आवाजले बस्तीमा बस्न बाध्य स्थानीयको पीडाबारे समाचार सार्वजनिक भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले तत्काल हस्तक्षेप गरे। र, मानव बस्तीमा जारी अवैध उत्खनन रोक्न प्रहरी परिचालन गरेका छन्। उत्खनन स्थलमै प्रहरीले पहरा दिन थालेपछि रोकिएको यादवले बताए। प्रजिअले हस्तक्षेप गरेर उत्खनन नरोकाइदिएको भए हामी गाउँबासी विस्थापित हुनुको बिकल्प थिएन यादवले भने।
पहिला हामीले उत्खनन रोक्न खोज्दा यसमा संलग्न गिरोहले उल्टै बस्तीमा आएर धम्क्याउने गरेका थिए यादवले भने,‘अहिले त्यो अवस्था छैन्, हामीलाई धम्क्याउन कोहि आएका छैनन्। प्रशासन इमान्दार भएपछि माफियाको मनोबल गिर्दो रहेछ यादव भन्छन्,‘हामीले भोट दिएर निर्वाचित गरेका जनप्रतिनिधिले बिस्थापित नै गर्ने गरी बस्तीमा उत्खनन सुरु गरेका थिए। सिडिओ सक्रिय भइदिँदा हाम्रो बस्ती उजाडिनबाट जोगियो, उनले भने।’
धनगढीमाई–१३ का वडाध्यक्ष सूर्यमान तामाङले आफ्नो कार्यालयमा कुनै खानी दर्ता नरहेको बताए । ‘मेरो वडामा खानी दर्ता भएको मलाई जानकारी छैन,’ उनले भने, ‘तर, नगरपालिकाले कसरी निकाल्ने अनुमति दिएको हो त्यो मलाई थाहा भएन।’ माटो तथा ग्राभेल उत्खनन कार्यविधिअनुसार आफ्नो निजी जग्गामा समेत पोखरी खन्दा पनि ६ फिटभन्दा बढी गहिरो गर्न नपाउने व्यवस्था छ। तर यस क्षेत्रमा पोखरी होइन एक सय फिटसम्म गहिरो खनेर ग्राभेल माटो उत्खनन गरिएको छ। वडा अध्यक्ष तामाङले पनि बस्तीमा मापदण्ड विपरीत उत्खनन गरिएको बताउँछन्।
गोलबजार नगरपालिका–१ मुक्सारमा भैरहेको अवैध उत्खनन पनि सिडिओको हस्तक्षेपछि रोकिएको छ। सिडिओको आदेशमा प्रहरीले अवैध उत्खननमा संलग्न सवारी साधन समेत नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले ना ३ ख ६८१२, प्र २–०१–००१ ख ०२४३, ना ३ ख ८७७७, प्र २ –०१–००१ ख ०१०१ र रा १ ख २०८८ नम्बरको गरी पाँच वटा टिपर र नम्बर उल्लेख नभएको एक थान एक्स्काभेटर नियन्त्रणमा लिएको थियो।
गोलबजार नगरपालिकामा हालसम्म दर्ता भएका खानीले पनि अनुमति नलिएको र अनुमतिविनै दर्जनौं स्थानबाट ग्राभेल निकाल्ने गरेको बताइन्छ। गोलबजार नगरपालिकाका सूचना अधिकारी दिनेश सहनीले खानी दर्ता नभएको जानकारी दिए। दर्ता बिना नै नगरपालिकाको संरक्षणमा भैरहेको उत्खनन धन्दा प्रशासनको सक्रियतामा रोकिएको छ।
जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुरले नदीजन्य पदार्थसम्बन्धी कार्यविधि २०७८ ले समितिलाई अनुगमनको जिम्मेवारी तोकेको जानकारी दिए। उनका अनुसार ढुंगा, गिट्टी, बालुवा, नुन, माटो, खरीढुंगा तथा स्लेटजस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन स्थानीय तहले गर्ने प्रावधान छ।
‘हाम्रो जिम्मेवारी भनेको अनुगमन गर्ने हो,’ ठाकुरले भने, ‘अनुगमन गर्न जाँदा स्थानीय तहको असहयोग भयो भने हामीले केही गर्न सक्दैनौं।’ धनगढीमाईका प्रमुख हरिनारायण चौधरीले खानीजन्य वस्तुको उत्खननका लागि नगरपालिकाबाट अनुमति लिनुपर्ने प्रावधान भए पनि पालिकामा हालसम्म तीन वटा फर्मले मात्र अनुमति लिएको जानकारी दिए।