अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको कौडेना गाउँपालिकाको कार्यालयमा छापामारी कागजपत्र नियन्त्रणमा लिएको छ। गत वर्ष कोभिड १९ को समयमा सर्वसाधारणलाई दिनुपर्ने रकम पालिकाले नदिई हिनामिना गरेको उजुरीको आधारमा अनुसन्धान गर्न अख्तियारले गापा कार्यालयमा मंगलबार छापामारी गरेको हो।
कोभिड १९ को चरम आतंक रहेको समय अति विपन्न परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारले कौडेना गापालाई ७४ लाख २० हजार रुपैयाँ उपलब्ध गराएको थियो। निर्देशिकाअनुसार अति विपन्न, दलित तथा असहाय कोभिड प्रभावित ७४२ परिवारलाई जनही १० हजारको दरले नगदै उपलब्ध गराउनु पर्ने थियो।
सरकारले कोभिड प्रभावितको लागि उपलब्ध गराएको रकम सम्बन्धित सेवाग्राहीलाई उपलब्ध नगराई कर्मचारीलाई तलब खुवाएको र नक्कली बिल भरपाई बनाएर हिनामिना गरेको भनी अख्तियारमा उजुरी परेको थियो।
अख्तियारमा उजुरी परेपछि छानबिनको लागि कौडेना गापाका तत्कालीन कार्यालय प्रमुख सुरेश साह र लेखापाल हरिनारायण साहलाई उपस्थित भएर अख्तियारको कार्यालय बर्दिबासमा कागजपत्र उपलब्ध गराउन पत्राचार गरेर बोलाएको थियो। अख्तियारको पटकपटकको पत्राचारलाई बेवास्ता गरेपछि अख्तियारको बर्दिबास कार्यालयका इन्जिनियर हनुमत मिश्रको नेतृत्वमा मंगलबार गएको टोलीले कौडेना गापा कार्यालयमा छापामारी गरेको हो।
गाउँपालिकामा क्षमताभन्दा धेरै कर्मचारी रहेको बुझिएको छ। सरुवा भएर गएका कर्मचारीलाई पनि रवाना नदिई गापामै राखेको तथा करारमा जथाभावी कर्मचारी भर्ना गरेका कारण कर्मचारीलाई तलब अपुग भएकोले कोभिड १९ को समयमा सरकारले उपलब्ध गराएको रकम नै कर्मचारीमा खर्च गरेको पालिका स्रोतको दाबी छ।
कोभिडको रकमको सम्बन्धमा उजुरी परेपछि जाँचबुझको लागि अख्तियारको बर्दिबास कार्यालयबाट कौडेना गाउँपालिका कार्यालयमा टोली आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका सूचना विजयकुमार शर्माले जानकारी गराएका छन्।
अख्तियारको टोलीले गापाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव र लेखापाल हरिनारायण साहसित अनियमितताबारे सोधपुछ गरेको छ। अख्तियारको टोलीले कोभिड १९ को रकम खर्च भएको सम्बन्धका ३४ ओटा भाउचर बरामद गरेको छ।
सर्लाहीको कौडेना गाउँपालिकाको प्रमुखमा रामप्रसाद यादव निर्वाचित भएदेखि नै गापामा व्यापक भ्रष्टाचार मौलाएको स्थानीयबासीले बताएका छन्। गापाको सबै काममा भ्रष्टाचार नै भ्रष्टाचार रहेको तथा लेखापाल हरिनारायण साहको मिलोमतोमा गापामा भ्रष्टाचारले सीमा नाघेको आरोप स्थानीयबासीको छ।
स्थानीयले दिएको उजुरीलाई छानबिन गर्न अख्तियारले छापामारी गरेपछि स्थानीयमा अब भ्रष्टाचार केही कम हुने आशा पलाएको छ।