पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। आयोगको हेटौडास्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले मङ्गलबार दिउँसो गाउँपालिकाको कार्यालयमा पुगेर छापा मारेको हो।
गत वर्ष कोरोना संक्रमणका बेला प्रभावित विपन्न परिवारको राहतका लागि संघीय सरकारले पठाएको अनुदानको रकम हिनामिना भएको खबर सार्वजनिक भएपछि उक्त विषयमा छानबिन गर्न अख्तियारको टोलीले गाउँपालिकाको कार्यालयमा छापा मारेको बताइएको छ। प्रहरी नायव उपरीक्षक गणेश बराल नेतृत्वमा आएको टोलीले पोहोर पुसको अन्तिम सातामा संघीय सरकारबाट अनुदान आएको रकमको हरहिसाब लगायत विषयमा आवश्यक अनुसन्धान सुरु गरेको हो। कोभिड प्रभावित परिवारलाई दश हजार रुपैयाँका दरले राहत वितरण गर्न लागि केन्द्र सरकारले गत पुसमा गाउँपालिकाको कार्यालयमा अट्ठासी लाख रुपैयाँ पठाएको थियो।
अनुदानको रकम हिनामिना गरिएको विषयमैं जगरनाथपुर गाउँपालिकाको कार्यालयमा टोलीले छापा मारेको आयोगको क्षेत्रीय कार्यालय हेटौडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताएका छन्। क्षेत्रीय कार्यालयबाट प्राप्त जानकरी अनुसार गाउँपालिकाको कार्यालयमै पुगेको टोलीले अनुदानको रकम सम्बन्धी कागजात र त्यससम्बन्धी फाइलहरु अनुसन्धानका लागि संकलन गरेको छ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले अनुदानको रकम लक्ष्य अनुसार कोभिड प्रभावितलाई वितरण नगरी अन्य प्रयोजनमा खर्च तथा हिनामिना गरेको आरोप छ। गाउँपालिका कार्यालयले भने उक्त रकम, लक्षित वर्ग अर्थात कोभिड प्रभावित परिवारलाई वितरण गरिसकेको प्रतिवेदन पेश गरिसकेको छ। स्थानीयका अनुसार त्यहाँका कोभिड प्रभावित रकम भने पाएका छैनन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहले अनुदानको रकममध्ये चौबिस लाख रुपैयाँ गाउँपालिकाका तत्कालीन स्वास्थ्य शाखा संयोजक रामसकिल साहलाई सापटी दिएको बताएका छन्। सापटी लिने कर्मचारीको भने कोरोना कालमैं निधन भइसकेको छ। अनुदानका लागि कसैको आवेदन नै नआएको कुशवाहाको भनाइ छ। जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले जनतालाई राहत बाड्न आएको अनुदानको रकम अन्यत्र खर्च भए नभएको जानकरी नभएको बताउँदै रकम दुरुपयोग भएको भए प्रमुख प्रशासकीय अधिकृत जवाफदेही हुनुपर्ने प्रतिक्रिया दिएका छन्।