रौतहटको देवाही गोनाही नगरपालिकाको प्रमुखको कार्यभार उपप्रमुख परनियादेवी पटेलले सम्हालेकी छन्। करिब चार हप्तादेखि निमित्त नगर प्रमुखको जिम्मेवारीमा रहेकी उपप्रमुख पटेलले सोमबारदेखि औपचारिक रुपमा कार्यवाहक नगर प्रमुखको पद सम्हालेकी हुन्।
नगर प्रमुखमा निर्वाचित धर्मेन्द्रप्रसाद पटेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयद्वारा पाँच लाख रुपैयाँ नगद र चेकसहित घुस लिँदालिँदै पक्राउ परेर निलम्बन भएपछि उपप्रमुख पटेलले निमित्तको जिम्मेवारी सम्हाल्न थालेकी थिइन्। अख्तियारले नगर प्रमुख पटेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि औपचारिक रुपमा उपप्रमुख पटेल सोमबारदेखि कार्यवाहक नगर प्रमुख बनेकी हुन्।
रौतहटको मौलापुरमा मधेस प्रदेशको एक मात्र महिला नगर प्रमुखमा रिनाकुमारी साह निर्वाचित भएकी थिइन्। केही दिनको लागि भए पनि जिल्लामा दुई महिला नगर प्रमुखको रुपमा भएको यो पहिलोपटक हो।