इलामका १० स्थानीय तहमध्ये इलाम नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पहिलो भएको छ। विभिन्न मुख्य १० सूचकमा गरिएको स्वमूल्यांकनमा ८६ प्रतिशत अंकसहित इलाम नगर पहिलो भएको हो।
इलाम नगरले शासकीय प्रवन्धमा ९४.४४, संगठन प्रथा प्रशासनमा ९३.७५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ८६.३६, वित्तीय तथा आर्थिक व्यवस्थापनमा शतप्रतिशत, सेवाप्रवाहमा ९६.८८, न्यायिक कार्यसम्पादनमा शतप्रतिशत, भौतिक पूर्वाधारमा ८४.६२, सामाजिक समावेशीकरणमा ६०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६६.६७ तथा सहकार्य र समन्वयमा ६६.६७ अंक ल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
मन्त्रालयका अनुसार जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरको समग्र स्थिति ९०.४८, प्रक्रियागत स्थित ९६.४७ र परिमाणात्मक स्थिति ९१.११ छ। आर्थिक वर्ष २०७६/०७७ मा इलाम नगरले यही मूल्यांकनमा ७७.५ प्रतिशत अंक ल्याएको थियो।
सूर्याेदय नगरपालिका ८१.२५ प्रतिशत अंकसहित दोस्रो र चुलाचुली गाउँपालिका ६९.३ प्रतिशत अंकसहित तेस्रो भएका छन्। माइजोगमाई गाउँपालिका ६४.७५ अंक ल्याएर चौथो, देउमाई नगरपालिका ६४.२५ अंक ल्याएर पाँचौं र सन्दकपुर गाउँपालिका ५६.७५ अंकसहित छैटौं स्थानमा छन्।
माङ्सेबुङ गाउँपालिका ५१ प्रतिशत अंकसहित सातौंमा छ। आठौं भएको माई नगरपालिकाले ४८.५ अंक ल्याएको छ भने रोङ गाउँपालिका ४८.२५ अंक ल्याएर नवौंमा छ। फाकफोकथुम गाउँपालिका भने ३३ प्रतिशत अंकसाथ जिल्लाका स्थानीय तहको स्वमूल्यांकनमा सबैभन्दा पछाडि देखिएको मन्त्रालयको विवरणमा छ।
आर्थिक वर्ष २०७६/०७७ मा सूर्याेदयको यो स्वमूल्यांंकनको प्रतिशत ५०.२५ थियो। त्यो वर्ष चुलाचुलीको ४९.७५, देउमाईको ४६.७५, फाकफोकथुमको ५५.७५, माईको ३७.२५, माइजोगमाईको ५७.२५, माङ्सेबुङको ३५.७५, रोङको ४१.५ र सन्दकपुरको ३७.७५ प्रतिशत अंक थियो।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि–२०७७ अनुसार स्थानीय तहको स्वमूल्यांकन गरिएको हो। यसमा देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ९८ ले मूल्यांकनको नतिजा सार्वजनिक गरेका छन्। मन्त्रालयले स्वमूल्यांकन नतिजा अनलाइनमा प्रविष्ट गर्न स्थानीय तहलाई सूचना गरेको थियो।
गत १० गतेदेखि अनलाइन प्रविष्टि बन्द भएको र यो नतिजा आएको मन्त्रालयले जनाएको छ। सबै विषय र क्षेत्रका सूचकलाई समग्र, प्रक्रियागत र परिमाणात्मक स्थितिमा वर्गीकरण गरी सय अंकभार राखेर मूल्यांकन गर्ने व्यवस्था कार्यविधिमा छ।
‘स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन जनप्रतिनिधि निर्वाचित भएर आएपछिका असल अभ्यासलाई संस्थागत गरी प्रवर्धन गर्न, कमी–कमजोरीबाट पाठ सिकेर आगामी दिनमा नागरिककेन्द्रित सरकारको अवधारणामा सहयोग गर्नेगरी मन्त्रालयबाट कार्यविधि जारी गरी कार्यान्वयनमा आएको हो,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।
स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धि लेखाजोखा गरी सबल र दुर्बल पक्ष पहिचान गर्न मन्त्रालयले स्वमूल्यांकनको अवधारणा ल्याएको हो। स्थानीय तहमा जनप्रतिनिधि आएको करिब ५ वर्ष भएको छ ।
यसबीचमा विकास तथा सुशासनमा रहेका कमी–कमजोरीबारे जानकारी लिन, आवधिक समीक्षाको आधार पत्ता लगाउन र गाउँपालिका तथा नगरपालिकाको बीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराउन प्रयत्न गरिएको मन्त्रालयले जनाएको छ।