सिडिओको आश्वासनपछि फाकफोकथुम गाउँपालिकाको ताला खुल्यो
१३ चैत्र २०७८
•
३ मिनेट पाठ
सिडिओको आश्वासनपछि फाकफोकथुम गाउँपालिकाको ताला खुल्यो
मौसमी कामदार छनोट विषयमा असन्तुष्ट भइ सिडिओ गुहार्न सदरमुकाम आएका फाकफोकथुमका युवा आइतबार पत्रकारहरूसँग गुनासो पोख्दै। तस्बिरः भीम/नागरिक
मौसमी कामदार कोरिया पठाउने विषयमा असन्तुष्ट युवाले फाकफोकथुम गाउँपालिका कार्यालयमा गरेको तालाबन्दी खुलेको छ। इलामका सिडिओ माधवप्रसाद ढुङ्गानाले गाउँपालिकाका जनप्रतिनिधिसमेतसँग बसेर छलफल गरी समस्या समाधान गर्ने आवश्वासन दिएपछि आज (आइतबार) दिउँसो तालाबन्दी खुलेको हो।  




असन्तुष्ट युवाहरू जिल्ला प्रशासन कार्यालयमा आएका थिए। सिडिओले समस्या समाधानमा पहल गर्ने र तालाबन्दी खोलिदिन आग्रह गरेपछि ताला खुलाइएको असन्तुष्ट युवक दीपक योङहाङले बताए। ‘हामीले सिडिओको आग्रहलाई ध्यानमा राखेर र स्थानीय सर्वसाधारणको सेवा पाउने कुरालाई हेरेर तत्काललाई ताला खुलाएका छौं,’ उनले सदरमुकाममा पत्रकारहरूसँग भने, ‘कामदार छनोटमा प्रक्रिया पुग्नुपर्ने हाम्रो माग हो, त्यो पूरा हुनुपर्छ।’  

गत सोमबार युवाले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेपछि ६ दिनदेखि गाउँपालिकाको काम ठप्प थियो। ‘हामीले सिडिओलाई जनप्रतिनिधिले प्रक्रियै नपुर्‍याई कामदार छनोट गरेको उजुरी यसअघि नै गरिसकेका थियौं,’ उनले आइतबार भने, ‘अस्ति उजुरी गर्न आउँदा उहाँ (सिडिओ)सँग भेट भएन, आज भेट भएर कुराकानी भएको छ।’  

सिडिओ ढुंगानाले कसैले उचित माग राख्न पाएपनि सरकारी कार्यालयमा तालाबन्दी गर्नु जायज नहुने भएकाले ताला खुलाउन भनेको बताए। ‘सम्भवतः पर्सि मंगलबार अध्यक्ष (फाकफोकथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ) र असन्तुष्ट युवासमेत बसेर छलफल गरिने छ,’ उनले भने, ‘हामीले दुवै पक्षलाई राखेर के गर्दा छनोटको प्रक्रिया पुग्छ भन्नेसम्म बाटो देखाउने हो, प्रशासनले सहजीकरण गरिदिने हो।’ तर, कोरियामा मौसमी कामदार पठाउने विषयमा विवाद भएका पालिकाको यो कार्यक्रम नै स्थगित हुने ‘हल्ला’ पनि आइरहेको सिडिओ ढुंगानाले सुनाए।  

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो। गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट फागुन आवेदन आह्वान गरेको थियो। जान चाहने व्यक्तिबाट योग्यताका अन्य प्रमाणसहित मेडिकल रिपोर्ट, प्रहरी रिपोर्ट, १० लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टीलगायत माग गरिएको थियो। सूचनाअनुसार ३० देखि ४५ वर्ष उमेरसमूहको व्यक्ति कामदारका लागि लैजान योग्य हुने भनिएको छ।  

कामदारका रूपमा कोरिया जान चाहने ५ सयभन्दा बढी युवाले गाउँपालिकामा आवेदन पेस गरेका थिए। तिनीहरूमध्ये १ सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो। तर, १ सय २२ हाराहारी युवालाई वैदेशिक रोजगारी व्यवसायीसँग बसेर सुटुक्क फोन गर्दै मेडिकल जाँचमा बोलाइएको भन्दै युवा आन्दोलित बनेका हुन्। उनीहरूले प्रक्रिया नै नपुर्‍याई पालिकाले आफूहरूलाई पाखा लगाएर ‘आफ्ना मान्छे’ छानेको आरोप लगाएका छन्।

आक्रोशित युवाले अघिल्लो शुक्रबार गाउँपालिका घेराउ र नाराबाजी गरेका थिए भने गत सोमबार कार्यालयमा तोडफोड गरी तालाबन्दीसमेत गरेका थिए। अध्यक्ष श्रेष्ठले भने समस्या समाधानमा पहल नगरेको असन्तुष्ट युवाको आरोप छ। उनीहरूले प्रहरी, जिल्ला प्रशासन, जिल्ला समन्वय समितिदेखि काठमाडौंस्थित कोरियाली दूतावास यसबारे उजुरी गरेका थिए।

यो पनि पढ्नुहोस्

जनप्रतिनिधिले गुहारे जिसस र प्रशासन, असन्तुष्ट युवा दूतावाससम्म

यो पनि पढ्नुहोस्

आफ्नै अध्यक्ष ‘झिकाउन’ सिडिओ गुहार्दै फाकफोकथुमका जनप्रतिनिधि

यो पनि पढ्नुहोस्

युवाले गरे गाउँपालिकामा तोडफोड, कोरिया पठाउने प्रक्रियाप्रति असन्तुष्टी
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२८ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस