गोरखाको लेकमा सुनाखरी, उपयोग कसोगरी!
१३ चैत्र २०७८
•
४ मिनेट पाठ
गोरखाको लेकमा सुनाखरी, उपयोग कसोगरी!
गोरखाको जंगलमा भेटिएको सुनाखरी। गोरखाको जंगलवमा सुनाखरीको अवस्थाबारे बताउँदै अध्ययन टोली।
उत्तरी गोरखाको उच्च पहाडी र हिमाली जंगलमा सुनाखरी छपक्कै छ। थरिथरिका खुनाखरी पाईने त्यहाँ उपयोग कसरी गर्ने वा कुन सुनाखरीको महत्व कति छ, उपयोग कसरी गर्ने भन्नेमा स्थानीय अनविज्ञ छन्।




पाँच औँले, पानी अमला जस्ता नामले चिनिने सुनाखरी प्रजाती केही संकलन गर्ने गरिएपनि बहुमूल्य सुनाखरी जंगलमा यसै कुहिएर गएको छ। स्थानीयले कुन सुनाखरीको महत्व कति छ भन्ने नजान्दा र संकलन गर्ने विधी थाहा नहुँदा जंगलमा सडेर गएको हो।  

गोरखाको लाप्राकमा सुनाखरीको अध्ययन गरेकी ग्रिनउड नेपालकी परियोजना संयोजक रेशु बस्याल भन्छिन् ‘व्यवस्थित रुपमा संकलन गर्ने र स्थानीयलाई संरक्षणको तरिका सिकाउने हो भने उत्तरी गोरखाबासीले सुनाखरीबाट धेरै आम्दानी लिन सक्छन्।’ धार्चे ४ लाप्राकमा जडिवुटी संकलनमा महिलाहरु धेरै सक्रिय देखिएका छन्। ‘यसले महिलाहरुलाई आत्मनिर्भर बनाउन पनि मद्धत पुग्ने देखिन्छ।’

सुनाखरीको संकलन र बिक्रीका लागि भने कानुनी अड्चन छ। कुन प्रजातीको सुनाखरीको मूल्य कति ? कुन कुन औषधीको लागि प्रयोग हुन्छ भन्ने ज्ञान स्थानीयलाई छैन। त्यो विषयमा जानेका बिज्ञ पनि त्यहाँ छैनन्। नेपालमा पाईने करिब पाँच सय ५० प्रजाती मध्ये एक सय १० प्रजाती औषधीका लागि प्रयोग हुन्छ। परापूर्वक कालदेखि गाउँघरमा प्रयोग हुँदै आएका सुनाखरी स्थानीयले संकलन गर्छन भने अन्य यसै मिल्किएको छ, कुहिएको छ।

‘अन्यत्र ब्यापार भएका सुनाखरी गोरखाको जंगलमा यसै छ’  ग्रिनउड नेपालका निर्देशक कुमार पौडेलले भने ‘स्थानीयलाई जानकारी मात्रै दिएर भएन राज्यले नितीगत तहमा पनि यसलाई सहज बनाउनुपर्छ।’ संरक्षण प्रजातीमा सुनाखरी राखिएकै कारण कुनैपनि सुनाखरी बिक्री बितरण गर्न, संकलन गर्न पाईन्न भन्ने बुझाई सर्वसाधारणमा छ। 

मातहतका कार्यालयले सरकारी अनुमती लिएर राजस्व तिरेर संकलन गर्न, बिक्री बितरण गर्न पाउने प्रावधान बारे बुझाउन नसकेको उनी बताउँछन्।  सबैभन्दा धेरै राजस्व चुवावट जडिवुटीबाट भएको डिभिजन बन कार्यालयका सहकाय बन अधिकृत महेश पौडेल बताउँछन्। नीतिगत समस्याका कारण धेरै समस्या सिर्जना भएको बताउँदै उनले भने ‘संरक्षण सँगै सुनाखरीलाई उपयोग गर्ने नीति लिनुपर्छ।’  

डिभिजन बन कार्यालयको समन्वयमा गोरखामा सुनाखरी प्रजातीको अनुसन्धान सम्ंबन्धी ग्रिन उड नेपालले अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो। कास्की, मकवानपुर र गोरखामा अनुसन्धान गरिरहेको संस्थाले यहाँको हिमाली भेगमा भने फरक प्रकारको सुनाखरी पाएको जनाएको छ। अध्ययनमा सहभागी प्रकाश पौडेलले भने ‘उचाई अनुसार फरक प्रजाती पाइएको छ, ठाउँ अनुसार ब्यापार हुने प्रजाती पनि फरक देखियो।’

सुनाखरीको सक्रिय ब्यापार गोरखामा कम छ। अध्ययन टोलीका अनुसार गोरखामा घरायसी र औषधीजन्य प्रयोजनका लागि जडिवुटी संकलन गर्नेहरुले पुन उत्पादन लिनुपर्ने ठानेर संकलन गर्दा ध्यान दिने गरेका छन्। यसले पुन उत्पदनमा मद्धत पुगेका छ। सन् २०२०को अक्टोवरदेखि गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकमा सुनाखरीको अध्ययन सुरु भएको हो। २०२२ को सेप्टेम्बर सम्म अध्ययन सक्ने तयारी रहेको ग्रिनउडका निर्देशक कुमार पौडेलले बताए।

सुनाखरीको संरक्षण, ब्यापार, प्रयोगकर्ताको अवस्था र चुनौतीका बारेमा बुधवार सरोकारवाला बिच भएको छलफलमा डिभिजन बन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले बनस्पती बिभागले कुन प्रजाती बिक्री गर्ने, कुन संरक्षण गर्ने, कसरी गर्ने भन्ने निती बनाउनुपर्ने बताए। संरक्षण ऐनले उत्पादनको १० प्रतिशत मात्रै प्रयोग गर्न पाउने प्रावधान राखेकाले पनि समस्या भएको उनले बताए।  

गोरखाका प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्यले हाम्रो जंगलमा भएको सुनाखरीको बारेमा हामीले थाहा नपाएको र जनताले पनि कुनै पत्तो नपाएको बताए। ‘हामीले अन्तराष्ट्रिय स्तरमा ट्रेड बनाउनुपर्छ’ उनले भने ‘यसलाई संरक्षण सँगै उपभोग गर्ने विधी जान्ने हो भने जिविकोपार्जनमा पनि मद्धत पुग्छ।’ राज्यको आम्दानी बढ्ने, ब्यापार घाटा कम हुने हुँदा प्रचार प्रसार सँगै स्थानीय पाठ्यक्रममा पनि यसलाई समेट्नुपर्ने उनले बताए।  

सामुदायिक बन उभपोक्ता महासंघका अध्यक्ष कमल लामिछानेले कति प्रजाती छन्, कुन प्रजातीको महत्व कति छ भन्ने बारे समुदायमा जानकारी गराउनुपर्ने बताए। ‘थाहा भयो भने स्थानीयले संकलन गर्छन, तर त्यसका लागि कानुनी अड्चन बाधक बन्नु हुँदैन, संरक्षण गर्दै उपभोग गर्ने नीति लिनुपर्छ, नियन्त्रण होईन’ उनले भने। सुनाखरीको संरक्षण गर्न र त्यसबाट आम्दानी लिन सकिन्छ भने खेतीको रुपमा बिस्तार गर्न बाँझो जग्गा राखेकालाई प्रेरित गर्नुपर्ने उनले बताए।  

सरकारले सुनाखरीलाई संरक्षित प्रजातीमा राखेको छ। तर यसको संरक्षण गर्दै अनुमती लिएर प्रयोग गर्न पाईन्छ। गोरखामा घरायशी प्रयोग केही भएपनि ब्यवशायीक प्रयोग कम भएको देखिन्छ। अन्तराष्ट्रिय बजारमा निकासी गर्न भने समस्या छ। 

धार्चेका अधिकासं स्थानीयको आम्दानीको स्रोत जडिवुटी हो। उनीहरुलाई सुनाखरीको महत्व बुझाउने, कानुनी प्रावधानको बारेमा ज्ञान दिने, कुन संकलन गर्दा के मा प्रयोग हुन्छ भन्ने ज्ञान दिने हो भने त्यहाँका महिलाहरु आत्मानिर्भर बन्नेछन्। जंगलमा कुहिएर गएको सुनाखरीको महत्व बुझाउने माध्याम नहुँदा र स्थानीयले नबुझ्दा अहिले खेर गईरहेको छ।  

गोरखामा सुनाखरीको अवस्था के छ, हिमाली भेगमा कस्ता खालका पाईन्छन, त्यहाँ उपभोग वा संरक्षणको अवस्था कस्तो छ भन्ने पहिचान गर्न अध्ययन गरिएको उनले बताए। गोरखाका सरोकारवालाहरुले सुनाखरीको संरक्षण गर्दै यसको उपभोग, प्रयोग गर्न तर्फ पनि अग्रसर हुनुपर्ने र मूल्य लिनुपर्ने बताएका छन्।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
४२ मिनेट अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस