सर्लाहीमा करेन्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ। सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ४ रिंगरोडमा बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु भएको हो।
बिजुलीको पोल गाड्ने क्रममा पोलको टुप्पो माथितिर रहेको ११ हजार भोल्टको तारमा छोएको थियो। करेन्ट भएको तारमा पोलको टुप्पो छोएपछि करेन्ट लागेर गम्भीर घाइते भएका विद्युत कर्मचारी बारा जिल्लाको फेटा गाउँपालिका १ त्रिवेणी टोलका २५ वर्षीय शिवकुमार बछारलाई मलंगवा अस्पताल पुर्याइएको थियो।
मलंगवा अस्पतालका चिकित्सकले विद्युत कर्मचारी बछारलाई मृत घोषित गरेका थिए। बछार नेपाल विद्युत प्राधिकरणको मलंगवामा करार सेवामा कार्यरत विद्युत मजदुर भएको बताइएको छ।