आगामी वैशाख ३० मा हुने स्थानीयतह निर्वाचनका लागि म्यादी प्रहरीको माग भएसँगै सर्लाही र रौतहटमा आवेदन लिने र दिनेको व्यापक भीड देखिएको छ।
म्यादी प्रहरीमा भर्ना हुन चाहने युवाहरु म्यादी प्रहरीको लागि आवेदन फारम लिने र फारम भरेपछि बुझाउनेको भीड देखिएको हो। सर्लाही र रौतहटमा जिल्ला प्रहरी कार्यालयले फारम लिने र फारम भरेर बुझाउने व्यवस्था गरेको ठाउँमा युवाहरुको असाध्यै भीड देखिएको हो।
चैत महिना गर्मी बढेसँगै चर्को घामको परवाह नगरी हजारौँ युवाहरु म्यादी प्रहरीमा भर्ना हुने उत्साहका साथ सदरमुकाम पुगिरहेका छन्। हरेक दिन हजारौँ युवाहरु सर्लाही र रौतहटको सदरमुकाम पुगेर म्यादी प्रहरीमा भर्ना हुने दरखास्त दिइरहेका छन्।
जनसंख्या पनि धेरै भएको मधेसका जिल्लामा बेरोजगारी अत्यधिक रहेको छ। अल्प समयको लागि भएपनि रोजगारी पाइने र एकैचोटि थोक रकम पाउने आशामा युवाहरु म्यादी प्रहरीमा भर्ना हुन तम्सिएका हुन्। म्यादी प्रहरीमा भर्ना हुन युवाहरुको तत्परता देखेर पालिका चुनाव प्रति सकारात्मक भावनाको संचार भएको बुद्धिजीवीहरु बताउँछन्।
सर्लाही सदरमुकाम मलंगवाका बुद्धिजीवी रामचन्द्र कुशवाहाले भने, युवाहरुमा देखिएको उत्साहले चुनाव प्रति सकारात्मक सोचाइ सबैमा पुगेको बुझ्नु उचित हुन्छ। अपेक्षा भन्दा बढी युवाले दरखास्त दिन थालेको सामाजिक अभियन्ताहरुको भनाइ छ।
समाजमा बेरोजगारी रहेको दर्शाउने एउटा ऐनाको रुपमा म्यादी प्रहरीमा भर्ना हुन चाहने युवाको लाम हेर्दा थाहा हुन्छ, रौतहट सदरमुकाम गौरका विक्रान्त विक्रम नेपालको भनाइ छ। सर्लाही र रौतहटमा गरिबी र युवा बेरोजगारी अत्यधिक रहेको तथ्यांकहरुले देखाएका छन्।