श्रम गरी जीविका चलाउँदै झलारीका मुक्तकमैया
०८ चैत्र २०७८
•
२ मिनेट पाठ
श्रम गरी जीविका चलाउँदै झलारीका मुक्तकमैया
शुक्लाफाँटा नगरपालिका–१० झलारीका वीरेन्द्र चौधरीले मजदुरी नगरे परिवारको खर्च चल्दैन। तीन वर्षदेखि उनले झलारी बजारमा सिमेन्ट, सरिया लोड अनलोडको कार्य गर्दै आएका छन्। लोड अनलोडको कार्य गरेबापत आउने रकमले घर खर्च चल्दै आएको उनले बताए।  




'दैनिक व्यापारीले ट्रकमार्फत ल्याउने सिमेन्ट झार्ने राख्ने कार्य गर्दै आएका छौँ' उनले भने, 'यस कार्यमा दश जना संलग्न छौँ।' संलग्न दश जना सबै पूर्वमुक्तकमैया परिवारका हुन्। आर्थिकरुपमा विपन्न भएकै कारण जीविका चलाउनका लागि युवाले सो कार्य गर्दै आएका छन्।  

'कुन गाडीमा कति सिमेन्ट आउँछ त्यहीअनुसार कमाइ हुन्छ', जितराम चौधरीले भने, 'औसतमा एक जनाले दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म कमाइ गर्दै आएका छौँ। सामान नआएका बेला कमाइ हुँदैन।' ढुवानीका साधनमा सिमेन्ट राख्दा प्रतिबोरा रु १० पाउने गरेका छन्। झार्दा भने प्रतिबोरा रु आठ मात्रै पाउने गरेका छन्।

सिमेन्ट सरिया राख्ने झार्ने कार्य गर्नु निकै जोखिमपूर्ण भएकाले श्रमको मूल्य बढाउन माग गर्दै आए पनि व्यापारीले नबढाउँदा थोरै रकममा काम गर्नुपरेको उनीहरुको भनाइ रहेको छ। 'सिमेन्ट लोड अनलोड गर्दा धुलो पूरै नाक, आँखा र मुखभित्र पस्ने गरेको छ। शरीर पूरै धुलोका कारण ढाकिने गरेको छ। यस्तो जोखिम हुँदाहँदै पनि परिवार पाल्ने अर्को माध्यम नहुँदा यस कार्यलाई निरन्तरता दिँदै आएका छौँ', सन्तोष रानाले भने, 'यस कार्य गरेबापत पाइने पारिश्रमिकले परिवाका लागि आवश्यक पर्ने नुन, तेल, चामल, तरकारी, लत्ताकपडासहित घरको सबै खर्च बेहोर्नुपर्ने हुन्छ। बालबालिकाको विद्यालयको खर्चसमेत यसबाटै चल्ने गरेको छ। 

जोखिमको कार्य भए पनि व्यापारीले सुरक्षाका साधन उपलब्ध नगराएको उनीहरुको गुनासो छ। उनले भने, 'आफ्नातर्फबाट मुख छोप्ने, मास्क लगाउने गरे पनि सिमेन्ट मुखभित्र पस्छ। त्यसबाट खोकीलगायत श्वासप्र्रश्वासको समस्या बेला बखत देखिने गरेको छ। पारिश्रमिकका रुपमा पाइने थोरै कामले सुरक्षाका साधन खरिद गरेर ल्याउने क्षमता पनि छैन', उनले भने। थारै पाइने रकमले पौष्टिक खानेकुराको जोहो मिलाउन नसक्दा धेरैले यस कार्य छाड्दै जान थालेको उनीहरुको भनाइ रहेको छ। सरिया सिमेन्ट लोड अनलोडको कार्य पहिला भारतीय मजदुरले मात्रै गर्दै आएका थिए।

त्यस कार्यलाई यहाँका युवाले अपनाउन थालेपछि भारतीय मजदुर विस्थापित भएका छन्। यस कार्यमा संलग्न युवा भन्छन्, 'निकै जोखिमको कार्य छ। मजदुरको सरकारले बीमा गर्ने व्यवस्था गरिदिए यस कार्यलाई निरन्तरता दिन सकिन्छ।' झलारीका सो कार्य गर्दै आएका युवाले आफैँले कोष स्थापना गरी आपत्विपत् परेका बेला रकम परिचालन गर्दै आएका छन्। 

कोषमा रु एक लाख जम्मा गरेका छन्। बिरामी परे, चोटपटक लागे, घरमा अन्य आकस्मिक कार्य गर्नुपरे कोषबाट निश्चित समयका लागि न्यूनतम ब्याजमा रकम उपलब्ध गराइने गरिएको छ। सो काम गर्दा बाँड्नबाट बचेको रकम युवाले कोषमा राख्ने गरेका छन्। रासस
अर्को समाचार
चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान
१२ माघ २०७८
•
१ मिनेट पाठ
चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान
चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ।




चितुवामाथि निगरानी राख्नका लागि दुई वटा स्वचालित क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए। 'चितुवाको बासस्थान र प्रजाती पत्ता लगाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा क्यामेरा जडान गरेका छौं', उनले भने, 'चितुवा कुन ठाउँबाट बस्ती पस्छ, त्यस बारेमासमेत जानकारी हुन्छ, चितुवाको प्रजाती पत्ता लागेपछि विशेषज्ञ बोलाएर नियन्त्रण गर्न सहज हुन्छ।'

निकुञ्ज कार्यालयबाट अरू क्यामेरासमेत ल्याएर चितुवा बस्ती छिर्ने ठाउँको पहिचान गरी जडान गर्ने कार्य हुने उनले बताए। चितुवाले दुई सातादेखि सो नगरपालिकाका वडा नं १ र २ मा गरी स्थानीय किसानले पालेका दुई दर्जन बढी बाख्रा र त्यही सङ्ख्याका गाईका बाच्छाबाच्छी मार्ने र खाने गरेको छ।

गएराति मात्रै वडा नं १ का हर्के सार्कीका चार गोठमा बाँधेका बाख्रा चितुवाले मारेर नोक्सानी पुर्‍याएको छ । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत, प्रहरी उपरीक्षक, जनप्रतिनिधिलगायतको टोलीले चितुवाले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन समेत गरेका छन।

'चितुवाले भविष्यमा एक खालको दुर्घटना निम्त्याउने खतरा रहेको छ', प्रहरी निरीक्षक बोहराले भने, 'नियन्त्रण गर्नु बाहेक अर्को विकल्प छैन, त्यसै कुरालाई मध्यनजर गरी स्थानीय बासिन्दालाई सचेत पार्ने कार्य गरेका छौं।' प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी विद्यमान साधनस्रोतको प्रयोग गरी चितुवा नियन्त्रणका लागि कार्य अगाडि बढाइने उनको भनाइ छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस