‘एक, डेढ महिना भएपनि जागिर पाईन्छ कि भनेर म्यादी प्रहरीमा भर्ना हुन आएको’ आईतवार जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको फारम भर्न लाईन बसेकी ४१ वर्षीया रमा सार्कीले भनिन्। उनी ठेलमठेल घण्टौँ लाईन बसेर फारम भरेर बुझाईन्।
उनी भर्ना हुन्छिन् हुन्नन् त पक्का छैन तर पनि उनलाई ४० दिने जागिरको ठुलो आशा छ। ढुङ्गा माटोको काम गरेर गुजारा गर्दै आएकी उनलाई त्यो भन्दा म्यादी प्रहरीमा केही दिन भएपनि सजिलो जागिर मिल्थ्यो कि भन्ने लागेको छ। ‘सबै म्यादीमा जाने भनेका छन्, मलाई पनि एक पटक रहर लागेर आएको हुँ’ उनले भनिन्।
छोप्राकका बाबुराम बराम आफु बेरोजगार भएको र कामका लागि म्यादी प्रहरीमा भर्ना हुन आएको बताउँछन्। म्यादी प्रहरीमा भर्ना भएपछि पाउने पैसाले केही महिना भएपनि घरको गुजारा चल्ने उनी बताउँछन्। ‘कोरोनापछि देशमा आर्थिक मन्दी लागेको छ, जताततै समस्या छ, काम केही छैन, दुई चार पैसा हुन्छ कि भनेर आएको हुँ’ उनले भने। चुनावमा भोट हाल्ने भन्दा आफ्नो पेट पाल्ने कुरा प्राथमिकतामा रहेको उनले बताए।
गोरखा प्रहरीले आईतवारदेखि म्यादी प्रहरीमा भर्ना हुन चाहानेलाई फारम भर्न सुरु गराएपछि जिल्ला प्रहरी कार्यालयमा युवाहरुको लर्को लागेको छ। गाउँगाउँबाट सदरमुकाममा आएर फारम भर्नेहरुको दिनभर जसो जिप्रका कार्यालयअघि भिडभाड थियो। त्यहाँको भिडले कति युवा बेरोजगार रहेछन् भन्ने प्रष्ट झल्किन्थ्यो। म्यादीमा भर्ना हुँदा मतदान गर्न नपाउने बारे अधिकासं जानकार छन् तर पनि उनीहरु आफ्नो बेरोजगारीलाई पहिलो मुद्दा बनाएर जागिरकालागि बल गरिरहेका थिए।
बोर्लाङका रोशन बानियाँलाई म्यादी प्रहरीमा भर्ना हुन गएपछि आफ्ना गाउँठाउँका नेता चुन्न पाउने मतदान प्रक्रियाबाट बञ्चित हुनुपर्छ भन्ने थाहा छ। तर पनि उनी म्यादीमा जागिरे हुने रहर गर्छन। ‘भोट हालेर के गर्नु, म्यादी भईयो भने दुईचार पैसा कमाई हुन्छ’ उनले भने ‘नेताको भन्दा हामीलाई हाम्रो चिन्ता छ।’ कतिपय यस अघि पनि म्यादी प्रहरीमा भर्ना भएका, सेवा निवृत्त राष्ट्रसेवक पनि थिए। उनीहरुलाई पनि चुनावमा भन्दा जागिरमा चासो छ।
जिल्ला प्रहरी कार्यालय गोरखाले स्थानीय चुनाव लक्षित गरेर गोरखामा १८ सय ६८ जना म्यादी प्रहरी भर्ना गर्दैछ। त्यसका लागि चैत ११ गतेसम्म आवेदन फारम भर्ने म्याद रहेको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए। आईतवार पाँच सय जनाले आवेदन दिने अनुमान जिप्रकाले गरेको छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...