दुई वर्षको कोरोना कालपछि मधेसमा शुक्रबार होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिजो यो पर्व हिमाली र पहाडी जिल्लामा मनाइएको थियो। मधेसी समाजमा जिल्लामा होलीलाई ‘होरी’ भन्ने चलन छ।
मधेस प्रदेसको राजधानी जनकपुरधाममा भने शनिबार मात्र होली मानाइन्छ। मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तःगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट ‘होली’ मनाउने परम्परा छ। आज अन्तःगृह परिक्रममा सम्पन्न भएको छ। यसपालि मधेस प्रदेशमा लगातार तीन दिन होली पर्व मनाइदै छ। प्रदेश १ मा हिजो र आज दुई दिन होली मनाइएको छ।
असत्यमाथि सत्यको विजयोत्सवको रुपमा होली मनाइन्छ। असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउँदै आएको धार्मिक मिथक छ।
होलीमा रंग/अबिर लगाउने, फगुवा गीत गाउने र जोगिराहरू गाउने चलन छ। पहिले–पहिले वसन्तपञ्चमीपछि गाउँघरमा आउने पाहुनाहरूलाई रंग छ्यापेर रंगीएको धोती बिदाई दिने चलन थियो। यो चलन मधेसका गाउँबाट पनि हराउँदै गएको छ। मधेसमाा होलीमा पहले कुल देउताको आराधना गरेपछि मात्र होली खेल्ने चलन छ। होलीमा पहिले कुल देउतालाई रंग/अबिर प्रसाद(मालपुवा, लड्डुचढाएपछि पर्वको सुरुवात हुन्छ। त्यसपछि आफ्ना परिवारका सदस्यहरूलाई रंग/अबिर लगाइन्छ। त्यसपछि मात्र आफन्त र छरछिमेकमा गई होली चेल्ने परम्परा छ। होली खेल्दा परिवारमा वरिष्ठता र कनिष्ठताको खुबै ख्याल गरिन्छ। परिवार वा आफन्तजनमा वरिष्ठ (आफूभन्दा उमेरमा पाको) ले आफूभन्दा कनिष्ठ (उमेरमा कान्छो) लाई निधारमा रंग/अबिर लगाई आशीर्वाद दिन्छन्। कनिष्ठ सदस्यहरूले भने वरिष्ठलाई खुट्टामा रंग/अबिर लगाई ढोग्ने परम्परा छ।
होलीका दिन टोल–टोलमा परम्परागत बाजाहरू डम्फा, झुनझुना, झ्यालीसहित समूह–समूहमा फगुवा गीत र जोगिरा गाउने चलन छ। समूहहरू स्थानीयको घर–घरमा गई यो संस्कृति प्रदर्शन गर्छन्। यस दिन महिलाहरू अन्य दिनको तुलनामा बढी नै व्यस्त हुन्छन् । उनीहरूले तयार पार्ने मौलिक परिकारहरूमा मालपुवा, दालपुरी, खीर आदि हुन्। यी परिकारहरू बाँडीचुँडी खाने चलन छ। यो पर्वलाई विशुद्ध शाकाहारी भने पनि केही वर्षयता माछा–मासु र मादकपदार्थको सेवन गर्नेहरू बढेका छन्। मधेसमा दिउँसोबाट रंग अबिरले होली खेल्ने चलन छ।