विश्व रामशार सूचिमा घोडाघोडी सिमसार क्षेत्रलाई नेपालकै पहिलो बर्ड स्याङचुयरी (चरा अभय आरण्य क्षेत्र) घोषणा गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशकै पहिलो बर्ड स्याङचुयरी घोषणा गरेका हुन्। मुख्यमन्त्री भट्टले नेपालकै पहिलो बर्ड स्याङचुयरी (चरा) क्षेत्र भनेर घोडाघोडी रहेको बताए। उनले यसलाई सबैले मिलेर व्यवस्थित तरिकाले अगाडि बढाउनुपर्ने बताउँदै भने, ‘प्रदेश सरकार अन्तरगत पर्ने योजनामा जति लगानी लागे पनि यसमा चरा हेर्नका लागि भ्यु–टावर बनाइने छ।’
पर्यटनको विकाससँगै संरक्षण गर्नु सबैको उत्तरदायित्व रहेको र पर्यावरण पर्यटनको विकास तीव्र गतिमा अगाडि बढाउन बताउँदै उनले भने, ‘यहाँका स्थानीयलाई स्वरोजगारसँगै रोजगारीको पनि विकास हुनेछ।’ सुदूरपश्चिम प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्क कुँवरले कार्यक्रममा बोल्दै घोडाघोडी तालसँगै रहेका वनजंगल, ताल तलैया संरक्षण र सम्वर्द्धन गर्नुपर्ने बताए। उनले भने, ‘वन्यजन्तुसँगै चराचुरुङ्गीका माध्यमबाट पर्यापर्यटन विकास गर्दै संरक्षण गरियो भने मात्र यो घोषणाले सार्थकता पाउने छ, यसका लागि यहाँको स्थानीय सरकार र स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका रहने छ।’
कार्यक्रममा बोल्दै जुलोजिकल सोसाइटी अफ लण्डनका राष्ट्रिय सयोजक एवम् चराविद् डा. हेमसागर बरालले विश्व रामसार क्षेत्रमा सूचीकृत सूचिकृत घोडाघोडी सिमसारमा ३६० प्रजातिको चराचुरुंगी पाइने गरेको बताए। उनले भने, ‘यो सिमसारमा साइबेरिया, मंगोलियालगायत विभिन्न ठाउँबाट हिउँदे आगन्तुक चरा पनि आउने गरेका छन्। यहाँ पाइने चरामध्ये ६४ प्रजातिका जलपंक्षी रहेका छन्। यसैगरी, १२ प्रजातिका विश्वमै दुर्लभ चरा पनि घोडाघोडी सिमसारमा पाइन्छन्।’ कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसेफिस्टो, लघु महाचिल लगायतका विश्वमै दुर्लभ चरा यो सिमसारमा पाइने गरेको चराविद् डा. बरालले बताए। विभिन्न प्रजातिका चरा पाइने घोडाघोडी सिमसारलाई बर्ड सेन्चुरी बनाइएपछि चरा र उनीहरूको बासस्थान संरक्षणमा थप टेवा पुग्ने विश्वास उनले व्यक्त गरे।
सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र घोडाघोडी नगरपालिकाको संयुक्त आयोजनामा बर्ड सेन्चुरी घोषणा गरिएको हो। चरा अभय आरण्य क्षेत्र भनेको भयरहीत वातावरणमा चराले स्वतन्त्रपूर्वक आहारविहार गर्न पाउने क्षेत्र भन्ने बुझिन्छ। चरा अभय आरण्य क्षेत्र घोषणा भए पनि राष्ट्रिय निकुञ्जको जस्तो कडाइ हुँदैन। मान्छेले बर्ड सेन्चुरी घोषित क्षेत्रमा जान पाउने तर, चराको संसारलाई हस्तक्षेप गर्न नपाइने जनाइएको छ।
घोडाघोडी सिमसारमा रैथाने प्रजातिका साथै चरा प्रजातिको संख्या बढ्दै गएको छ। घोडाघोडी सिमसारमा सबैभन्दा बढी संख्यामा हरिहाँस पाइन्छन्। हरिहाँस यो सिमसारको सूचक प्रजाति हो। यसैगरी, भारतको केरलामा पाइने नाउदुन हाँसले सन २०१४ देखि घोडाघोडीमा पनि ‘ब्रिडिङ’ गर्दै आएका छन्। पहिले पाहुना चराको रूपमा केरलाबाट घोडाघोडी पुग्ने नादुल हाँस अब यहाँको रैथाने भइसकेका छन्।
बर्ड सेङचुरी बनेपछि चरालाई पहिलो प्राथमिकतामा राखेर वनजंगल, सिमसार, जलाधार क्षेत्रको संरक्षण घोडाघोडी नगरपालिकाका प्रमुख ममता चौधरीले बताए। ‘संरक्षण र पर्यापर्यटनलाई सँगसँगै अगाडि बढाउने उद्देश्यका साथ यो गौरवको विषय अगाडि बढाइएको हो,’ उनले भने, ‘बर्ड सेन्चुरी यस प्रदेशको एउटा ब्राण्ड नै हुनेछ।’