प्रहरी चौकीमा ढुंगामुढा र आगजनी प्रयासपछि रौतहटमा प्रहरीले गरे दर्जनौँ राउन्ड हवाई फायर
२९ फागुन २०७८
•
३ मिनेट पाठ
प्रहरी चौकीमा ढुंगामुढा र आगजनी प्रयासपछि रौतहटमा प्रहरीले गरे दर्जनौँ राउन्ड हवाई फायर
भारतीय नम्बर प्लेटको गाडीले एक महिलासहित आधा दर्जन बाख्रालाई ठहरै बनाएपछि रौतहटमा शनिबारदेखि देखिएको तनाव आइतबार साँझदेखि साम्य भएको छ।




रौतहटको गुजरा नगरपालिका ४ सिम्रिक गाउँ जाने बाटोको भित्री सडक खण्डमा जंगल क्षेत्रमा शनिबार दिउँसो भारतीय नम्बर प्लेटको गाडीले स्थानीय एक महिलालाई ठक्कर दिएको थियो। बिआर ०५ पिए ५००० नम्बरको स्कारपिओ गाडीले गुजरा नगरपालिका ६ की ४० वर्षीया गीता चौधरीलाई ठक्कर  दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। बाख्रा गोठालो गएकी चौधरीसँगै ६ वटा बाख्रा पनि गाडीले कुल्चिएर घटनास्थलमै मृत्यु भएको थियो।  

अत्यधिक मदिरा पिएर रौतहटको यमुनामाई गाउँपालिका ४ मलिनिया टोलका ४० वर्षीय नाजिर अन्सारीले जथाभावी गाडी चलाउँदा जनधनको क्षति भएको बताउँदै आक्रोशित स्थानीयवासीले भारतीय गाडीमा तोडफोड गर्दै आगजनी गरेका थिए। स्थानीयवासीले आइतबार पनि प्रहरी चौकी घेराउ गर्न पुगेका थिए।

सवारी चालकलाई उचित कारबाही गर्नुपर्ने तथा घटनाको क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आइतबार स्थानीय हरिनगर प्रहरी चौकीमा आक्रोशित स्थानीयवासीले नाराबाजी गर्दै ढुंगामुढा प्रहार गरेका छन्। करिब चार सयको संख्यामा रहेका आक्रोशित स्थानीयवासीले प्रहरी चौकीमा आगजनीको प्रयास पनि गरेको प्रहरीको भनाइ छ।  

प्रहरी र प्रहरी चौकीमाथि आक्रमण भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गर्नुका साथै हवाई फायर गरेको छ। मृतक महिलाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेको समूहले प्रहरी चौकीमाथि आक्रमण गर्नुका साथै आक्रोशित समूहले प्रहरी चौकीलाई चारैतिरबाट घेरा हाली आगजनीको प्रयास गरेपछि भीडलाई तितरबितर पार्न बाध्य भएर प्रहरीले फायर खोल्नु परेको प्रहरीको भनाइ छ।  

प्रहरीको सामान्य बल प्रयोगले स्थिति नियन्त्रणमा आउन नसक्दा फायर खोलेर सर्वसाधारणलाई कुनै क्षति हुन नदिई स्थितिलाई आइतबार साँझ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपि लिलाराज लामिछानेले जानकारी गराएका छन्।  

भीडलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले ४ राउन्ड हवाई फायर र ५ राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ। यसैगरी, सशस्त्र प्रहरीले ७ राउन्ड हवाई फायर र ५ राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ। आइतबार साँझदेखि स्थिति पूर्णतया नियन्त्रणमा आइसकेको डिएसपि लामिछानेको भनाइ छ।  

आक्रोशित स्थानीवासीले प्रहार गरेको ढुंगा लागेर नेपाल प्रहरीका सई प्रभु साहको टाउकोमा सामान्य चोट लागेको र असई राजेन्द्रप्रसाद मण्डलको खुट्टामा सामान्य चोट लागेको डिएसपि लामिछानेले बताए। घट्नामा प्रहरी हवल्दार सरोज कुर्मीको हात र खुट्टामा चोट लाग्नुका साथै प्रहरी जवानहरु रामकुमार यादव र शसीकुमार चौधरी पनि घाइते भएका छन्। यसैगरी, सशस्त्र प्रहरीतर्फ हवल्दार सुकबहादुर गोले र जवानबिक्रम श्रेष्ठ घाइते भएका छन्।

आक्रोशित स्थानीयले प्रहरी चौकीको कम्पाउण्डभित्र रहेको प्रतिक्षालयको टालीको छानोमा आगो लगाएका थिए। स्थानीयले प्रहार गरेको ढुंगा लागेर चौकीको झ्यालको सिसा फुटेको छ। काठको कुर्सी, चौकीको बोर्ड, शौचालयको ठूलो पाइपमा क्षति पुगेको छ। यसैगरी, इलाका प्रहरी कार्यालय देबाहीको ना १ झ ६५३ नम्बरको गाडीमा पनि क्षति पुगेको छ। स्थानीयले सशस्त्र प्रहरीको ना १ झ७२६ नम्बरको गाडीको साइडलाइट र पछाडिको बत्ती पनि फुटाएका छन्।  

यसैबीच आन्दोलनकारी र प्रहरीबीच सहमति भएको खबर छ। गाडी चालक अन्सारीलाई उचित कारबाही गर्ने तथा पीडितलाई उचित क्षतिपूर्ति दिने सहमति भएको बुझिएको छ। सहमतिपछि आन्दोलन साम्य भएको हो।

घट्नास्थलमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र जिल्ला प्रहरी प्रमुख एसपि बिनोद घिमिरे समेत पुगेका छन्।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३१ मिनेट अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस