सडकमै पार्किङ:बौद्ध–जोरपाटी खण्ड अस्तव्यस्त
२९ फागुन २०७८
•
३ मिनेट पाठ
सडकमै पार्किङ:बौद्ध–जोरपाटी खण्ड अस्तव्यस्त
काठमाडौंको बौद्ध–जोरपाटी सडक खण्डको पिपलबोट क्षेत्रमा पसल खोलेर बसेका लक्ष्मण तिम्सिनाले सडक दुर्घटना नदेखेको दिन बिरलै हुन्छ। उनका स्मृतिमा आँखै अगाडि दैनिक रूपमा भएका दुर्घटना र कैयौं मानिसले ठाउँको ठाउँ ज्यान गुमाएका दृश्य अटेसमटेस बनेर रहेका छन्। 




‘एउटादुइटा दुर्घटना नदेखेको त दिन नै हुन्न। कैयौं मानिसले आँखैअगाडि प्राण त्यागेको देखेको छु,’ उनी भन्छन्, ‘सवारीसधान आपसमा ठोक्किने, हिँडिरहेका मानिसलाई ठक्कर दिने घटना त यो क्षेत्रका लागि सामान्यजस्तै बनिसक्यो।’

उनको बुझाइमा त्यस क्षेत्रमा दुर्घटनाको मुख्य कारण अव्यवस्थित पार्किङ हो। ‘ट्राफिक प्रहरीले कडाइ गर्दा सडकको एक छेउमा मात्र पार्किङ हुन्छ। अरू बेला दोहोरै पार्किङ हुन्छ। पार्किङले साँघुरिएको सडकमा तीव्र गतिमा गाडी गुड्दा दुर्घटना त हुने नै भो नि!’ उनी भन्छन्।

व्यवसायी तिम्सिनाले भनेजस्तै बौद्धदेखि जोरपाटीसम्म जाँदा सडकभरि जथाभाबी पार्किङ देख्न सकिन्छ। ट्राफिक प्रहरीका अनुसार त्यो क्षेत्रमा एकोहोरो पार्किङ त सामान्य नै भएको छ। त्यसलाई ट्राफिक प्रहरीले हटाउन पनि छाडेको छ।

‘एकोहोरो पार्किङको के कुरा भो र, त्यो त बाध्यता नै छ। त्यो पनि गर्न नदिए ट्राफिक व्यवस्थापनमै समस्या छ यो क्षेत्रमा,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाको बौद्ध ट्राफिक एकाइ इन्चार्ज प्रहरी निरीक्षक सुरज खड्का भन्छन्, ‘यहाँ दोहोरै पार्किङ गर्ने चलन थियो। अहिले धन्न एकोहोरो नै भए पनि व्यवस्थापन गर्न सकेका छौं।’

उनको भनाइमा महागरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दास पनि सहमत छन्। ‘यो अव्यवस्थित पार्किङबारे वडालाई सोध्नुस्। वडाले नै सडकमा सवारीसाधन राख्न दिने भनेपछि हामीले के भन्ने?’ उनले भने, ‘हामीले त सकेसम्म व्यवस्थापन गर्ने कोसिस गर्ने हो। जब जनप्रतिनिधिमूलक संस्थाले नै व्यवस्थापनको विकल्प नदिएपछि के गर्ने?’

प्रहरी निरीक्षक खड्काका अनुसार सो क्षेत्रभरि पर्याप्त मात्रामा ‘पेइङ पार्किङ’को व्यवस्था छैन। यहाँका व्यावसायिक भवनहरूमा पनि पार्किङ छैन। जसले गर्दा सडकमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। ‘सडकमै जोडिएका धेरै व्यावसायिक भवनमा समेत पार्किङ छैन। अर्को विकल्प नभएपछि सडकमा पार्किङ नगरेर के गर्ने?’ उनी भन्छन्।

सो क्षेत्रमा पुराना घरको बाहुल्य रहेकाले पनि पार्किङको समस्या देखिएको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे बताउँछन्। ‘४०–५० वर्षयता सडकछेमा घर बनिरहेका छन्। ती प्रायः घरमा पार्किङको व्यवस्था भने गरिएको छैन,’ उनले भने, ‘अब घरै हटाउन मिलेन। जस्तो छ, त्यसैमा काम चलाउने हो।’

नयाँ बन्ने घरका हकमा भने नक्सा पास हुँदा नै पार्किङ अनिवार्य गरिएको उनले बताए। सो क्षेत्रको सडकमा पार्किङ समस्याको मुख्य कारण सडक क्षेत्रमै भएका सयौं कार्यालय पनि हुन्। ‘यहाँ सडक क्षेत्रमै कैयौं बैंक शाखा छन्। धेरैवटा सरकारी कार्यालय पनि यहीँ नै छन्। तिनका आफ्नै पार्किङ छैनन्। ती बैंक तथा सरकारी कार्यालयमा आउने सेवाग्राही सडकमै पार्किङ गर्छन्,’ उनले भने।

यो समस्या समाधानका लागि तत्काल अपनाउन सक्ने उपाय आफूहरूसँग केही नभएको उनले बताए। त्यस क्षेत्रमा पार्किङको मात्रै समस्या छैन, साँझ पर्न थालेपछि सडकछेउछाउमा ‘हाटबजार’कै आभास दिनेगरी ठेला व्यवसायीको भिड लाग्छ। त्यसले पनि सडक सुरक्षामा चुनौती थपिदिएको स्थानीय बताउँछन्।

‘साँझ त हाटबजारै लाग्छ नि,’ स्थानीय कृष्णबहादुर तामाङ भन्छन्, ‘सडकका दोहोरै ठेला पसलको लाम, त्यसैमा पनि पार्किङ। साँझ परेपछि त सडकको नामनिसानै भेटिन गाह्रो पर्छ।’ ठेलाहरू हटाउन नगरपालिकाले प्रयास गर्दै आए पनि सफल हुन नसकेको गोकर्णेश्वरका नगरप्रमुख चालिसे बताउँछन्।

उनी भन्छन्, ‘सडकका गाडा हटाएर तीन रोपनी जमिन व्यवस्था गरी त्यतै चलाउन भनेका थियौं तर मानेनन्।’ ठेला हटाए आत्महत्या गर्नेसम्मको धम्की आएपछि नगरपालिका पछाडि हटेको उनको भनाइ छ। स्थानीय बासिन्दाहरू पनि सडकमै भइरहेको पार्किङको समस्याबारे आवाज उठाइरहेका छन्।

‘सडकमा यसरी पार्किङ गर्नुभएन, वैकल्पिक व्यवस्था गर्नुपर्‍यो भनेर हामी त रातदिन लागेकै छौं,’ स्थानीय तामाङ भन्छन्, ‘ट्राफिक प्रहरी, स्थानीय सरकार र गृह मन्त्रालयसम्म पुग्दा पनि यसको निरूपण दिगो उपायबारे सुनुवाइ हुन्न।’ कहिलेकाहीँ ट्राफिक प्रहरी सक्रिय हुने, एकोहोरो पार्किङ हटाउने र केही दिनपछि सेलाउने अनि पुरानै अवस्था दोहोरिने गरेको उनको भनाइ छ।
अर्को समाचार
अव्यवस्थित पार्किङले समस्या
०१ फागुन २०७७
•
२ मिनेट पाठ
अव्यवस्थित पार्किङले समस्या
सदरमुकाम सिलगढी र तत्कालीन क्षेत्रीय सदरमुकाम रहेको दिपायल बजारमा अस्तव्यस्त पार्किङले दुर्घटना निम्त्याउने खतरा बढेको छ। दिपायल बजारको मुख्य सडकखण्डमा अव्यवस्थित रूपमा पार्किङ गरिँदा सडक साँघुरो हुनुका साथै ट्राफिक जामको समस्या निम्तिन थालेको छ।




वर्षौंदेखि पसलअगाडि सडकमै सवारीसाधन राखिँदा दिपायल बजारको ट्राफिक अस्तव्यस्त देखिँदै आएको स्थानीय व्यापारी खड्कविक्रम शाहीले बताए। ‘स्थानीय तहले व्यवस्थित पार्किङस्थल नबनाइदिँदा सडकमै गाडी रोक्दा ट्राफिक अव्यवस्थित हुने गरेको छ,’ उनले भने।

सडकमै अव्यवस्थित पार्किङ गरिँदा दुर्घटनाको भय निम्तने गरेको बताउँदै पर्यटन व्यवसायी दीपकबहादुर खड्काले भने। दिपायल सिलगढी नगरपालिकाले व्यवस्थित पार्किङ स्थल नबाउँदा बाहिरबाट आएका सवारीसाधन राख्न समस्या पर्ने गरेको उनले बताए।

पछिल्ला वर्षहरूमा दीपायल बजार परिवर्तन हुन थाले पनि पार्किङ व्यवस्थापनका लागि भने उस्तै रहेको अर्का स्थानीय महेश कठायतले बताए। ‘दिपायलमा व्यवस्थित पार्किङ स्थल नहुँदा सडकछेउमै पार्किङ गरिनुपर्ने बाध्यता सवारी चालकलाई छ,’ उनले भने। सडक किनारमै लहरै सवारीसाधन पार्किङ गरिँदा ठूला बस तथा सवारीसाधनलाई ओहोरदोहोर गर्न समस्या पर्ने गरेको हो।

व्यवस्थित पार्किङ स्थल नभएका कारण सवारीसाधन सडककिनारमै रोकिँदै आएको जिल्ला ट्राफिक कार्यालय डोटीका प्रमुख सई अशोक खड्काले बताए। ‘हामी सडक खाली गराउँदै व्यवस्थापन गर्दै आएका छौं,’ उनले भने, ‘अहिले सडक विस्तार भइरहेकाले पनि सडक साँघुरो देखिएको हो।

त्यसलाई पनि व्यवस्थित गर्न हामीले बसपार्कमा पार्किङ गरिदिन अनुरोध गर्दै आएका छौं।’ बसपार्क पनि सानो भएका कारण पार्किङका लागि लगिएका सवारीसाधन नअट्ने उनले बताए। ‘एक त बसपार्क पनि सानो छ, त्यसमा सबै सवारीसाधन एकैपटक पार्किङ गरिँदा नअट्न सक्छ,’ उनले भने, ‘यसका लागि स्थानीय तहले व्यवस्थित पार्किङ स्थल निर्माण गरिदिए दीपायल बजारको सडक किनारमै राखिने सवारीसाधन हटाउन सहज हुने थियो।’
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस