तरकारी बोकेको भारतीय ट्रकको ठक्करबाट तौलिहवा–जितपुर सडक खण्ड अन्र्गत वाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारीमा एक जना स्थानीयको मृत्यु भएको छ।
आइतबार राति एमपी ०८ जिए ४०६८ नम्बरको भारतीय ट्रकको ठक्करबाट अटो चालक २६ वर्षिय अनिल गाहाको घटना स्थल मै मृत्यु भएको हो। आक्रोसित स्थानीयबासीले ट्रकमाथी आगजनी गर्न खोज्दा प्रहरीले रोकेको भन्दै ओदारी प्रहरी चौकीमा तोडफोड समेत गरेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।
आक्रोसित स्थानीयबासीहरु आन्दोलमा उत्रदै ओदारी प्रहरी चौकीमा तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३८ राउन्ड अश्रुग्यास र ५ राउन्ड हवाई फायर समेत गरेको कार्कीले बताए। ट्रक र चालक भारतको गोनडाका पर्वत सिंह भने ईलाका प्रहरी कार्यालय पिपरामा नियन्त्रणमा लिएर राखिएको छ।
‘प्रहरीलाई घेराबन्दी गरी तोडफोडमामा उत्रेपछि हामीले बाध्य भएर हवाई फायर गरेका हौ’ प्रहरी उपरीक्षक कार्कीले भने। घटनाका विषयमा वडाअध्यक्ष सोम अर्याल सहित स्थानीय बुद्धिजीवीसँग कुराकानी भइरहेको कार्कीले बताए।