मोरङको लेटाङ नगरपालिका–८ की १२ वर्षीय एक बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पत्रकार सम्मेलन गर्दै बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा लेटाङ–८ का ६४ वर्षीय दीपक गिरी सार्वजनिक गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीका अनुसार पक्राउ परेका गिरीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दाका लागि आदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
सोही वडामा रहेको जाँते माध्यमिक विद्यालयको कक्षा–६ मा अध्ययनरत बालिका करुणा राई बुधबार विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी थिइन्। घर फर्कंदै गरेकी बालिकालाई एक्कलै भएको मौकामा गिरीले बलात्कारपछि हत्या गरेर लालहीरा सामुदायिक वनको खोँचमा निवस्त्र फ्यालेर माथिबाट ढुंगाले छोपको अवस्थामा शव शुक्रबार फेला परेको थियो। बालिकाको घरदेखि शव फ्लालेको स्थान ३ किलोमिटर दक्षिणमा रहेको छ।
प्रहरीका अनुसार बालिकाको घरबाट विद्यालयसम्म पुग्न करिब डेढ घण्टा पैदल हिँड्नु पर्ने र त्यसबीचमा घना जंगलसमेत पार गर्नु पर्छ। विद्यालयको पोसाक लगाएर पढ्न गएकी बालिका घर नफर्किएपछि खोजी जारी राखिएको थियो। ‘बालिका बेपत्ता भएपछि खोजी गर्दै जाँदा सोधखोज गर्ने क्रममा गिरीको घरदेखि नजिकै रहेको भज्याङ (चोक)मा विद्यालयबाट बालिका फर्कंदै गरेकोसम्म देखेको बताए,’ एसपी जिसीले भने, ‘अन्तिम पटक गिरीको घर नजिक देखिएकी बालिका त्यसभन्दा अगाडि कही कसैले नदेखेको बताएपछि बालिका त्यसबीचबाट हराएको अनुमानका साथ अनुसन्धान थालेका थियौं।’
अनुसन्धान टोलीले खोजी गर्ने क्रममा गिरीको घर पछाडि रहेको खोल्सामा खरानीको थुप्रो फेला परेको थियो। विद्यालयको लोगो रहेको पेटीको बक्कल र कडी, जुत्ताको आधा सोलको भाग, ज्याकेटका बटम, फरकका खिप डढेको अवस्थामा खरानीको थुप्रोमा फेला परेको थियो। थुप्रो नजिकै बालिकाले बोक्ने गरेको मोबाइल कालो रंगको स्क्रिन फुटेको र लाइटरसमेत फेला परे एसपी जिसीले बताए।
घर फर्कंदा जंगलको बाटोमा एक्लै देखेपछि पछाउँदै गई बालिकालाई फकाएर जंगलबीच भित्रको अर्को बाटो जाँदा छोटो पर्छ भनेपछि बालिका उनको पछि लाग्दै गएको देखिन्छ, एसपी जिसीले भने, ‘केही पर पुगेपछि शारीरिक सम्पर्कको प्रस्ताव गर्दा अस्वीकार गरेपछि जबरजस्ती नियन्त्रणमा लिएर बलात्कार गरेको र बुवालाई भन्दिन्छु भनेर दौडिएकाले पोल खुल्ने डरले नियन्त्रणमा लिँदै घाँटी थिच्दै मुख थुनेर हत्या गरी नजिकै रहेको खोल्सामा शव फ्यालेर ढुंगाले छोपेर घर आइ बसेको अनुसन्धानबाट खुलेको छ।’ गिरीले हत्या गरी बालिकाले लगाएका सम्पूर्ण लुगा र जुत्ता आफैंले बोकेर ल्याई घर पछाडि जलाएका थिए।