जुम्लामा ६८ हजार मतदाता
१५ फागुन २०७८
•
३ मिनेट पाठ
जुम्लामा ६८ हजार मतदाता
मतदाता नामावली बुझिसकेपछि स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु तस्बिर: नागरिक
जिल्ला निर्वाचन कार्यालय जुम्लाले आगामी वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा कुल ६८ हजार ७ मतदाता सहभागि हुने जनाएको छ। जुम्लामा मतदाता नामावली सहित नामावलीमा दाबी विरोधका विषयमा जिल्ला स्थित राजनैतिक दल,स्थानीयतहका जनप्रतिनिधि र सरोकारवालाबीच अन्तरक्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय जुम्लाले मतदाताको कुल संख्या सार्वजनिक गरेको थियो। जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार  चन्दननाथ नगरपालिकामा ११ हजार नौ सय २८ जना मतदाता छन्। 




कनकासुन्दरी गाउँपालिकामा नौ हजार ७८,गुठिचौर गाउँपालिकामा ६ हजार पाँच सय ३९, तातोपानी गाउँपालिकामा नौ हजार चार सय तिन, तिला गाउँपालिकामा सात हजार नौ सय ३९, पातारासी गाउँपालिकामा आठ हजार छ सय ७६, सिँजा गाउँपालिकाा आठ हजार एक सय ३७ र हिमा गाउँपालिका ६ हजार तिनसय मतदाता रहेका छन।  जिल्लाभर १०२ मतदान केन्द्र रहेको प्रमुख शर्माले जानकारी दिए।  

कार्यक्रममा निर्वाचन आयोग नेपालले जारी गरेको संशोधित सुचनाका आधारमा हराएका परिचयपत्र कार्डको विषयमा फागुन २० गते भित्र निवेदन र वडाको सिफारिस सहित ईमेल, फ्याक्स र अन्य माध्यमबाट निर्वाचन कार्यालयमा पठाउन सुचित गरिएको थियो। हराएको मतदाता परिचय पत्रको आवेदन दिने समय छोटो छ।

संशोधन गर्ने समय पनि छोटो भएकाले  मिति थप्न सरोकारवाला निकायले निर्वाचन कार्यालयलाई आग्रह गरेका थिए। हिमाली क्षेत्रका मानिसहरु व्यापार व्यवसायमा जिल्ला बाहिर जानुपर्ने अवस्था भएकाले फागुन २० गतेको समय जुम्लाको लागि उपयुक्त नहुने उनीहरुले बताएका हुन्। नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य पूर्णप्रसाद धिताल, नेपाली काँग्रेसका जिल्ला सचिव अर्जुनसिंह कठायत, नेकपा एमालेका जयबहादुर खत्री, नेकपा एकिकृत समाजवादीका भिम थापा, राप्रपाका कालिबहादुर महतले संशोधन मिति बढाउनु पर्नेमा जोड दिएका थिए।  

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले नागरिकताले नै नागरिकले मतदान गर्न पाउने अधिकार सुनिश्चित गरिनु पर्ने बताए। उनले भने,’यो सिजन यहाँका अधिकांस मानिसहरु व्यापारका शिलशिलामा जिल्ला बाहिर रहने सिजन हो। निर्वाचन आयोगले समय थपेर जुम्लाबासीको मर्म बुझ्नु पर्ने बेला आइपुगेको छ।’

हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले हराएका परिचयपत्रका लागि वडा कार्यालबाट सिफारीस  संकलन गर्ने कार्यमा जुटेको बताए। उनले भने,‘गाउँपालिकाले हरेक वडामा जानकारी गराइसकेको छ। वडाको सिफारीस दिनका लागि वडा कार्यालयमा परिपत्र भइसकेको छ। कुनै पनि नागरिक मतदाता परिचय पत्र नभएर निर्वाचनमा सहभागि हुनबाट बञ्चित हुनु पर्ने अवस्था आउनेछैन। गाउँपालिकाले अधिकतम कसरत गरेको छ।  ’

जिल्ला प्रशासन कार्यालय जुम्लाकी प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले अहिलेको निर्वाचनमा मतदाता नामावली अनुसारका व्यक्तिलाई मतदान स्थलमा पुर्याउनु प्रमुख बिषय हो। यही विषयमा सबैको ध्यान केन्द्रीत हुन जरुरी छ। कुनै पनि नागरिक मतदान गर्न पाउने अधिकारबाट बञ्चित हुन नहुनेमा उनले जोड दिइन्। कानूनलाई आधार मानेर काम गनुपर्ने र दुर्गमताको कारणले आउने समस्याको बिषमा आयोगलाई समयमै जानकारी दिनु पर्ने बताइन्।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय जुम्लाले स्थानीय सरकारलाई मतदाता नामावली हस्तान्तरण गरेको थियो। स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिले निर्वाचन कार्यालयले उपलब्ध गराएको मतदाता नामावली बुझेका छन्। कार्यक्रममा सहभागि स्थानीयतका प्रमुख तथा प्रतिनिधिलाई नामावली उपलब्ध गराइसकिएको छ। 

निर्वाचन अधिकारी शर्माले भने,‘सहभागि हुन नसकेका स्थानीयतहलाई गाउँपालिकामै पुगेर नामावली बुझाउने काम हुनेछ। कार्यक्रमका सहभागिले स्थानीयतहको चुनावलाई शान्तिपुर्ण र भयरहित बनाउनको लागि स्थानीय प्रशासन समक्ष आग्रह गरेका थिए। उनीहरुले कुनै पनि मतदाताले सहजैरुपमा सुरक्षित वातावरणमा मतदान स्थालमा पुगेर मतदानमा सहभागि हुन पाउनु पर्नेमा जोड दिए।
अर्को समाचार
जुम्लामा ६ हजार मतदाता थपिए
०७ फागुन २०७८
•
१ मिनेट पाठ
जुम्लामा ६ हजार  मतदाता थपिए
फाइल तस्बिर
जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन्।




३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो।जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो।

जसमा महिला तीन हजार ४० जना र पुरुष तीन हजार दुई सय ३१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख तथा निर्वाचन अधिकारी महेश शर्माले बताए। उनले भने– थपिएका सहित जुम्लामा मतदाता संख्या जम्मा ६९ हजार तीन सय ३५ पुगेको छ। जसमा महिला मतदाता ३३ हजार एक सय ३७ र पुरुष मतदाता ३६ हजार १ सय ९८ जना रहेका छन्।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस