ठाकुरबाबा नगरपालिकाकी उपमेयर कृष्णकुश्मा थारु सार्वजनिक कार्यक्रममा उपप्रमुखलाई पन्छाएर नगरपालिकामा बेलगाम खर्च गरिरहेको खुलासा गरिन्। नगर प्रमुख घन नारायण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल र लेखा अधिकृत युवराज अधिकारी साँठगाठमा ऐन मिचेर लाभ लिएको आरोप छ।
तर, उपमेयर थारुले मिलिमतोमा अनियमियतता गरेको गुनासो छ। नगर प्रमुख श्रेष्ठले शिक्षा शाखा प्रमुख रिजाललाई प्रमुख प्रशासकिय अधिकृत जिम्मेवारी दिएका कारण ठाकुरबाबा नगरपालिका लेखा प्रणाली अस्तव्यस्त बनेको लेखा परिक्षकको प्रतिवेदनले पुष्टि गर्छ।
आर्थिक वर्ष २०७५/२०७६ मा गरिएको लेखा परिक्षणमा ३ करोड ३४ लाख ७ हजार बेरुजु देखिएको छ। त्यसयता ठाकुरबाबा नगरपालिकाले लेखा परीक्षणमा चासो देखाएको छैन। सार्वजनिक खरिद ऐन मिचेर मनपर्दी ढंगले लाखौ रुपैया खर्च गरेको पाइएको छ। भत्तामा समेत लाखौ रुपैयाँ खर्च गरेको हुदा बेरुचु बढेको पाइएको हो।
दुई वर्ष अघि देखि नियम मिचेर काम गरेको चर्चा हुन थालेपछि एक महिना अघि लेखा अधिकृत अधिकारीले बाँके स्थित कोहलपुर नगरपालिमा सरुवा गराएको एक कर्मचारीले बताए।‘लेखा अस्तव्यस्त अवस्था पुगेको छ,’उनले भने,‘सरुवा मागेर लेखाअधिकृत हिडेका छन्।’
ठाकुरबाबा नगरपालिका पर्ने बबई नदि तटिय क्षेत्रमा उत्खनन् व्याप्त रहेको गुनासो छ। अतिरिक्त रकम लिएर नगर प्रमुख श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत रिजालले रोयल्टि समेत हिनामिना गरेको आरोप छ। ठाकुरबाबा नगरपालिकामा प्रोत्साहन भत्ता र बैठक खर्च, अनुगमन खर्च, भ्रमणमा आर्थीक खर्च, नगर सभा बैठक, बढिकामको भुक्तानी र पोषण कार्यक्रममा ५० लाख खर्च गरिएको पाइएको छ।
यस्तै बाँसगढी नगरपालिका लेखा अधिकृत धन बहादुर चन्द प्रमुख प्रशासकिय अधिकृत जिम्मेवारीमा काम गर्ने मध्यमा पर्छन्। आर्थिक वर्ष २०७५/२०७६ चार करोड बाँसगढी नगरपालिकाको बेरुजु छ। लेखा प्रणाली अस्तव्यस्त बनाएको आरोप लागेका चन्दले अर्को पालिकामा सरुवा गराइसकेका छन्। स्थानीय लेखा अधिकृत पहुचको भरमा मनपर्दी गरेको उनलाई आरोप छ।
पहुँच भरमा लेखा अधिकृत प्रमुख प्रशासकिय अधिकृत जिम्मेवारी दिएर नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीलाई व्यापक आर्थिक अनिमियतता गरेको आरोप छ। यि दुई स्थानीय तहमा मनपर्दी खर्च गर्ने नगरपालिका मध्यमा पर्छन्। राजापुर नगरपालिकाको विकास भन्दा राजनिति गतिविधिमा लागेको कर्मचारीका कारण विकासमा पछि परेको सर्वसाधरण गुनासो छ।
फोहोर व्यवस्थापन, सरकारी निकायमा औषधि अभाव, टेन्डरमा मलिमतोमा आह्वान गर्दा ढिला सुस्ती हुँदा स्थानीय निरास छन्। कुनै अमिमियतता नभएको नगर प्रमुख घन नारायण श्रेष्ठले बताए। ‘काम गर्दे जाने क्रममा केही त्रुटि भए होलान’उनले भने,‘नियतवस कसैल केही गरेको छैन।’