सर्लाहीका चेपाङलाई कपडा सहयोग गरिएको छ। सर्लाहीको बागमती नगरपालिका ४ चेपाङ वस्तीका चेपाङ समुदायलाई सुरक्षा निकायले कपडा सहयोग गरेको हो।
गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले उपलब्ध गराएको ज्याकेट, भेस्ट लगायतको कपडा चेपाङ वस्तीमा पुगेर सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तान, जिल्ला प्रहरी कार्यालय सर्लाही प्रमुख एसपि कृष्ण प्रसाईँ, सशस्त्र प्रहरी बल सर्लाही प्रमुख एसपि भरत खनियाँ, राष्ट्रिय अनुसन्धानको सर्लाही जिल्ला प्रमुख चन्दन ठाकुरसहित सुरक्षा निकायका अन्य पदाधिकारीले प्रदान गरेका छन्।
वस्तीमा नै पुगेर सुरक्षा निकायका प्रमुखहरुले कपडा प्रदान गरेपछि चेपाङ समुखाय खुसी भएको छ। विभिन्न समयमा चितनव, मकवानपुर, धादिङ लगायतका जिल्लाबाट सर्लाहीको बागमती नगरपालिकामा चेपाङ समुदाय आएर बसोबास गरेका छन्। चेपाङ समुदायलाई बागमती नगरपालिकाले पनि बसोबासमा सहयोग गर्दै आएको छ।