ठेकेदारको मनपरी, वनमा बदमासी
११ फागुन २०७८
•
४ मिनेट पाठ
ठेकेदारको मनपरी, वनमा बदमासी
सामुदायिक वन रहेको चर्केन गाउँ।
डोटीको बडिकेदार गाउँपालिका–२, चर्केनस्थित प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिको बैंक खातामा रहेको २५ लाख ६५ हजार रुपैयाँ काठ ठेकेदार, उपभोक्ता समिति, वनका कर्मचारी र पटके ठेकेदारले ‘लटीपटी’ (सर्वस्व) पारेका छन्।




सामुदायिक वनको बैंक खाता रोक्का भए पनि ठेकेदार, पटके ठेकेदार, वन कर्मचारी र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा खाता खुला गरेर २५ लाख ६५ हजार रुपैयाँ झिकेर हिनामिना भएको हो। वार्षिक कार्ययोजना अन्तर्गत कटानी गरेको काठ लिलाम गर्दा एउटा ठेकेदारलाई ठेक्क दिएपछि अर्को ठेकेदारले आफूले वनको काठ संकलन गर्दा लागेको लगानी फिर्ता देऊ भन्दै सामुदायिक वनको खाताबाट पैसा झिकेका हुन्।

स्रोतका अनुसार, सामुदायिक वनको दुई हजार दुई सय १७ क्युफिट सालको गोलिया पुकु ट्रेडर्सले सकारेको थियो। ट्रेडर्सले सकारेपछि ३० लाख ३० हजार रुपैयाँ विमार्का गर्नुअघि सामुदायिक वनको खातामा हालेर काठ उठाएको थियो। पुकु ट्रेडर्सले सामुदायिक वनको खातामा हालेको ३० लाख ३० हजार रुपैयाँ मध्ये विभिन्न बहानामा काठ ठेकेदार, पटके ठेकेदार, वन कर्मचारी, सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा २५ लाख ६५ हजार रुपैयाँ झिकेर हिनामिना भएको हो।

‘सुरुमा काठ कटानी गर्दा आफूले लगानी गरेको र काठ पनि उठाउन नपाएको भन्दै अर्का ठेकेदार चुडामणि अर्याल (बाबुराम) र विमल साउँदले सामुदायिक वनसँग पैसा मागे,’ स्रोतले भन्यो,‘त्यसपछि सामुदायिक वनको खातामा रहेको पैसा झिक्नका लागि पटक–पटक ठेकेदार बाबुराम र बिमल साउँदले उपभोक्ता समितिलाई थर्काउन थाले।’

सामुदायिक वनका अध्यक्ष नरबहादुर सिरौलेका अनुसार कार्ययोजना अनुसार काटिएको काठ लिलाम गर्दा पुकु ट्रेडर्सले लिलाम सकारेपछि बीचमा आएर आफूले वनमा लगानी गरेको र सो रकम फिर्ता दिन भन्न थालेका थिए। तर, काठ कटानी गर्दा बाबुरामले लगानी लगाएका हुन् या हैनन् त्यो भने आफूलाई थाहा नभएको उनले बताएका छन्।

‘म अध्यक्ष हुँ, काठ कटानी गर्दा बाबुरामले लगानी गरेका हुन् भन्ने थाहा छैन,’ अध्यक्ष सिरौलेले भने,‘तर, आफूले लगानी गरेको भन्दै बाबुरामले पैसा माग्न थाले।’ बाबुरामले पैसा माग्न थालेपछि समितिको बैठक बसेर कुरा गरेको बताउँदै उनले भने,‘बाबुरामले काठ पुकु ट्रेडर्सले लगे पनि उसको पैसा फिर्ता गरिदिनुस् र हामीले कुरा मिलाइसक्यौँ, काठ उताबाट मैले लैजान्छु र मैले तपाईको सामुदायिक वनको खातामा आफ्नै फर्मबाट हालिदिन्छु भनेपछि हामीले पनि उसको कुरा पत्याएर पुकु ट्रेडर्सलाई तिर्नुपर्ने १६ लाख ९० हजार रुपैयाँ बाबुराममार्फत् फिर्ता गर्‍यौँ।’

पैसा फिर्ता गरेपछि भने न त बाबुरामले नै सामुदायिक वनको खातामा पैसा हाले, न सम्पर्कमा आएको उनले बताए। ‘हामीले त सामुदायिक वनको काठ पनि गुमायौँ, पैसा पनि गुमायौँ,’ अध्यक्ष सिरौलेले भने,‘न्यायका लागि वन कार्यालयमा पनि गयौँ, तर कतैबाट सहयोग पाएनौँ।’

सामुदायिक वनको खाता रोक्का भए पनि बाबुरामले रोक्का खाता सञ्चालनका लागि डिभिजन वन कार्यालय सिलगढी डोटीका डिभिजनल प्रमुख रामचन्द्र कँडेललाई पत्र लगाउन लगाएको बताउँदै स्रोतले भन्यो,‘बाबुरामको सहकर्मी बिमल साउँदले सामुदायिक वनको रोक्का खातालाई फुकुवा गर्नका लागि जिल्ला सदरमुकामस्थिति डिभिजन वन कार्यालयबाट पत्र लेखाएर फुकुवा गराउन सहयोग गरेका थिए।

सोही पत्रका आधारमा सामुदायिक वनका अध्यक्षले चेक काटेर ठेकेदार चुडामणि अर्याललाई १६ लाख ९० हजार रुपैयाँ दिएको बताएका छन्। ‘म त न पढेको मान्छे हजुर,’ अध्यक्ष सिरौलेले भने,‘यता उती गरेर ठेकेदार, वन कर्मचारी र पटके ठेकेदारले गिजोल्दै मलाई झुक्याएर खाताबाट पैसा निकालेर लगे, अहिले मलाई न राति निद्रा पर्छ, न त दिनमा भोक नै लाग्छ।’

ठेकेदार बाबुरामपछि अर्को पटके ठेकेदार टेक बोहराले सामुदायिक वनको काठ घाटगद्दीमा निकालनका लागि जंगलमा बनाएको बाटोबापतको ८ लाख ७५ हजार रुपैयाँ लगेको उनले बताए। ‘यसरी दुवै जनाले गरेर २५ लाख ६५ हजार रुपैयाँ लगिदिए,’ उनले भने,‘अब पैसा फिर्ता माग्दा उल्टै धम्क्याउँछन्।’

पुकु ट्रेडर्सका सञ्चालक मध्यका सुशन जोशीले भने बाबुरामबाट आफूले पैसा लिनुपर्ने भए पनि उसले उल्टै सामुदायिक वनबाट धम्क्याएर पैसा असुलेको बताएका छन्। ‘हामीले त बाबुरामबाट पैसा लिनुपर्ने थियो,’ उनले भने,‘उल्टै सामुदायिक वनबाटै पैसा लिएछ।’

डिभिजन वन कार्यालय सिलगढीका प्रमुख रामचन्द्र कँडेलले प्रगतिशील सामुदायिक वनमा भएको हिनामिनाका विषयमा वास्तविकता सहितको प्रतिवेदन लिएर आउन सामुदायिक वनलाई पत्राचार गरेको बताए। ‘हामीले सामुदायिक वनलाई वास्तविकता के हो? सो जानकारी गराउन भनेर दुईपटक पत्राचार गरिसकेका छौँ,’ कँडेलले भने,‘यदि कसैको मिलेमतोमा पैसा निकालिएको भए हामी फिर्ता गराउन लगाउँछौँ।’

स्रोतका अनुसार यो रकम हिनामिनामा कोही अछुतो छैन। सामुदायिक वनका पदाधिकारीदेखि ठेकेदार र वनका कर्मचारीसम्मको मिलेमतोकै कारण यत्रो रकम हिनामिना भएको हो। ‘यत्रो ठूलो रकम कसैको खाताबाट एक्कासी बिना कार्ययोजना कसैले पनि निकाल्न सक्दैन,’ स्रोतले भन्यो,‘यसमा सबै दोषी छन्, गाउँ दुर्गममा भएकाले कसैले पनि थाहा पाउँदैनन् भनेर यस्तो गर्न खोजिए पनि ढिलोगरि रकम हिनामिनाको कुरो बाहिर आएको हो।’ 
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
४४ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस