समुदायमै चेतना फैलाउँदै प्रहरी
०१ फागुन २०७८
•
२ मिनेट पाठ
समुदायमै चेतना फैलाउँदै प्रहरी
दैलेख प्रहरी अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्दै गाउँगाउँसम्म पुगेको छ। ग्रामीण भेकमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत घरेलु हिंसा, मदिरा प्रदार्थ सेवन, लागु औषध सेवन, बालविवाह, छाउपडी प्रथालगायतबाट निम्तिने घटनाहरूबारे सचेतना कार्यक्रम गरिएको हो।




दैलेख प्रहरी जिल्लाका ११ स्थानीय तहमा अपराध न्यूनीकरणका लागि अभियान थालेसँगै पुगेको हो। प्रहरीले जनप्रतिनिधिसहित स्थानीय अगुवाहरूसँग शान्तिपूर्ण र सुरक्षित समाजका लागि समुदायसँग हातेमालो गरेर अपराध न्यूनीकरण गर्न कार्यक्रम गरिरहेको छ।

आसन्न चुनावसँगै शान्ति सुरक्षामा चुनौती देखिएकाले लागु औषध, मदिरा पदार्थ सेवन, आत्महत्या तथा घरेलु हिंसा, बालविवाहलगायत कुरा समाजबाटै निगरानी राखेमा प्रहरीलाई काम गर्न सहज हुने दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए। ‘समुदायसँगै विद्यालयमा पुगेर अपराधजन्य कुरा न्यूनीकरणका लागि विशेष प्रशिक्षण दिएका छौं,’ डिएसपी साहले भने, ‘अब गाउँगाउँमा अपराध न्यूनीकरणका लागि समुदायलाई जागरुक गराउने कार्यक्रम भइरहेको छ।’

भैरवी गाउँपालिकामा शनिबार प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम गरेको थियो। कार्यक्रममा समुदायका अगुवाले अपराध नियन्त्रण गर्न प्रहरीलाई टोलटोलबाट सहयोग हुने बताए। समुदायकै सहयोगले अपराध घट्ने र जसले गर्दा समाज सुरक्षा प्रत्याभूति हुने भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए। कानुन कार्यान्वयन गर्नका लागि प्रहरी युनिट ग्रामीण बस्तमा भए पनि आवश्यक सहकार्य समुदायबाट भएमा शान्ति सुरक्षा मजबुत हुने गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले बताइन्।

कार्यक्रममा नवराज थापाले विद्यालय र टोलटोलमा बालविवाह र छाउपडी प्रथाविरुद्धको जनचेतना कार्यक्रम समुदायका अगुवा र प्रहरीको साझेदारीमा गर्नुपर्ने बताए। प्रहरीसँग सदा जनताको साथ सहयोग भइरहने त्यसका लागि कुनै पनि समय सहयोगका लागि समुदाय सक्रिय रहेको जिल्ला समन्वय समिति दैलेखका सदस्य सर्वराज महताराले बताए। यसअघि दुल्लु नगरपालिका, आठबिस नगरपालिका, नौमुले गाउँपालिका र डुंगेश्वर गाउँपालिकामा प्रहरीले समुदाय तथा विद्यालयमा कार्यक्रम गरिसकेको छ।
अर्को समाचार
समुदायमै चेतना फैलाउँदै प्रहरी
२९ माघ २०७८
•
२ मिनेट पाठ
समुदायमै चेतना फैलाउँदै प्रहरी
दैलेख प्रहरीले समुदायसंग भैरवी गाउँपालिकामा गरेको कार्यक्रम। तस्विर: गोविन्द केसी/नागरिक
दैलेख प्रहरी अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्दै गाउँगाउँसम्म पुगेको छ। ग्रामीण भेगमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत घरेलु हिंसा, मदिरा प्रदार्थ सेवन, लागुऔषध सेवन, बालविवाह, छाउपडी प्रथा लगायतबाट निम्तिने घटनाहरुबारे सचेतना कार्यक्रम गरिएको हो।




दैलेख प्रहरीले जिल्लाका ११ स्थानीय तहमा अपराध न्यूनिकरणका लागि अभियान थालेसंगै पुगेको हो। प्रहरीले जनप्रतिनिधिसहित स्थानीय अगुवाहरुसंग शान्तीपूर्ण, सुरक्षित समाजका लागि समुदायसंग हातेमालो गरेर अपराध न्यूनिकरण गर्न कार्यक्रम गरिरहेको हो। आंसन्न चुनावसंगै शान्ति सुरक्षामा चुनौती देखिएका लागूऔषध, मदिरा पदार्थ सेवन, आत्महत्या तथा घरेलु हिसां, वालविवाह लगायतका कुराहरु समाजबाटै निगरानी राखेमा प्रहरीलाई काम गर्न सहज हुने दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए। ‘समुदायसंगै विद्यालयमा पुगेर अपराधजन्य कुराहरु न्यूनिकरणका लागि विशेष प्रशिक्षण दिएका छौ।’ डिएसपी साहले भने, अव, गाउँगाउँमा अपराध न्यूनिकरणका लागि समुदायलाई जागरुप गराउने कार्यक्रम भईरहेको छ।’

भैरवी गाउँपालिकामा शनिवार प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम गरेको थियो। कार्यक्रममा समुदायका अगुवाहरुले अपराध नियन्त्रण गर्न प्रहरीलाई टोलटोलबाट सहयोग हुने बताए। समुदायकै सहयोगले अपराध घट्ने र जसले गर्दा समाज सुरक्षा प्रत्याभुती हुने भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए।

कानुन कार्यान्वयन गर्नका लागि प्रहरी यूनिट ग्रामीण बस्तमा भएपनि आवश्यक सहकार्य समुदायबाट भएमा शान्ती सुरक्षा मजबुध हुने गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले बताईन्। कार्यक्रममा नवराज थापाले विद्यालय र टोलटोलमा वालविवाह र छाउपडी प्रथा विरुद्धको जनचेतना कार्यक्रम समुदायका अगुवा र प्रहरीको साझेदारीमा गर्नुपर्ने बताए। प्रहरीसंग सदा जनताको साथ सहयोग भईरहने त्यसका लागि कुनैपनि समय सहयोगका लागि समुदाय सक्रिय रहेको जिल्ला समन्वय समिति दैलेखका सदस्य सर्वराज महताराले बताए। यसअघि दुल्लु नगरपालिका, आठविस नगरपालिका, नौमुले गाउँपालिका, डुगेश्वर गाउँपालिकामा प्रहरीले समुदाय तथा विद्यालयमा कार्यक्रम गरिसकेको छ।
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४२ सेकेन्ड अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस