गाडीले ठक्कर दिएपछि रौतहटमा एक पुरुषको मृत्यु भएको छ। विहीवार बिहान करिब साढे चार बजेको समयमा गरुडा नगरपालिका ८ बसबिटी जिंगडिया चोकनजिक गाडीले ठक्कर दिएपछि एक जनाको मृत्यु भएको हो।
ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन भने मृतकको पनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका पुरुषलाई प्रहरीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल गौर लैजाने क्रममा पुरुषको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
मृतकको लास पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि श्रीराम भन्डारीले जानकारी गराएका छन्।