गोरखाको अजिरकोट गाउँपालिका सिरानडाँडामा हिउँ खेल्न जानेको भीड लागेको छ। शुक्रबार बिहानैदेखि हिउँ परेपछि गोरखा सदरमुकाम, तनहुँ, लमजुङ, पालुङटारलगायत बिभिन्न ठाउँमा मानिसहरु पुगेको शनिबार स्थानीयवासीले बताएका छन्।
‘शनिबार यति धेरै हिउँ खेल्नेहरु आए कि, भच्चेक बजारदेखि मोटरसाईकल, साना गाडी जाम परेको थियो’, अजिरकोट ३ का वडाध्यक्ष तयराज गुरुङले भने, ‘भच्चेक बजार र आसपासका सबै होटल भरिएका छन्।’ पालुङटारदेखि माथिका अधिकांश खाजा पसल शनिबार दिनभर खचाखच थियो। सिरानडाँडा, नम्कीको होमस्टेमा पनि पाहुना छन्। अधिकांश भने बिहानै गएर बेलुका फर्किने पर्यटक थिए। दिनभर भच्चेक हुँदै सिरानडाँडा जाने सडकमा सवारी चाप अत्यधिक थियो। ‘तीन हजारभन्दा बढी मानिस आए होलान्’, अध्यक्ष गुरुङले भने।
शुक्रबार हिउँ परेको र शनिबार बिदाको दिन भएकाले पनि हिउँ खेल्न जानेहरु धेरै भएका थिए। बिदाको दिन भएकाले जागिरेहरुलाई पनि घुम्न जान उपयुक्त समय मिल्यो। लामो समयपछि भच्चेक बजार मै हिउँ परेको स्थानीय बताउँछन्। नम्की होमस्टेकी प्रेममाया तामाङले हिउँ खेल्न आउने पाहुनाको चहलपहलका कारण व्यापार व्यवसायमा पनि मद्धत पुगेको बताइन्। कोभिडले थलिएको होमस्टे र स्थानीय व्यापार हिउँ खेल्न आउने पर्यटकका कारण बढेको उनले बताइन्।
पालुङटार हुँदै र गोरखा सदरमुकामबाट छोप्राक भएर भच्चेक, नम्की, सिरानडाँडा जाने सडक कालोपत्रे भएकाले साना सवारी साधन सहजै जान सक्छन्। मोटरसाईकलमा जानेहरुलाई पनि यात्रा गर्न सजिलो हुन्छ। गोरखा सदरमुकामबाट दुई घण्टामा सहजै पुग्न सकिने, कालोपत्रे सडक भएकाले पनि भच्चेकमा हिउँ खेल्न जानेहरु बढेका हुन्।
बारपाक, लाप्राकको गुप्सीपाखामा पनि हिउँ खेल्न जानेहरु शनिबार बढेका थिए। सिरानडाँडाभन्दा टाढा र कच्ची सडक भएकाले भच्चेकको तुलनामा बारपाक, लाप्राक जानेहरु शनिबार कम थिए।