मधेस प्रदेशमा शुक्रबार विहान हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको छ। धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द्र उच्च माध्यमिक विद्यालयको रुख ढल्दा च्यापिएर २ जना विद्यार्थी र रौतहट गोठ भत्किँदा च्यापिएर १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
तीव्र हावाहुरीका कारण फकिरचन्द उमाविको प्राङ्गनमा रहेको रूख ढल्दा विद्यालयमा अध्यनरत्त ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिए। ‘हावाहुरीले अचानक मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा गम्भीर चोट लागि घटनास्थलमै मृत्यु भएको उनले बताए।
त्यसैगरि तेज हावाहुरीका कारण इँटाको घर खस्दा च्यापिएर रौतहटको बौधीमाई नगरपालिका—१ अजगैबी गाउँकी ४५ वर्षीया फुलमतीया देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उनको उपचारका लागि मौलापुर लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको दुई वटा बाख्रा समेत घरमा च्यापिएर मरेको जनाइएको छ।
तेज हावाहुरीका कारण मधेसको प्रदेश सभाको चौथो वार्षिकोत्सव समारोहसमेत स्थगित भएको छ। हावाहुरीले पान्डाल र मञ्च भत्काएको छ। वार्षिकोत्सव समारोहका लागि जनकपुरस्थित प्रदेश सभा परिसरमा भव्य तयारी गरिएको थियो।
मौसमको प्रतिकुलताका कारण वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको प्रदेश संसद सचिवालयले अतिथि र सांसदहरूलाई एसएमएस गरेर सन्देश पठाएको छ।
सचिवालयले पठाएको सन्देशमा मौसम प्रतिकुलताका कारण वार्षिकोत्सव स्थगित गरिएको र माघ २३ गते प्रदेश सभाको बैठक आह्वान गरिएको छ।