बिहीबारदेखि परेको हिमपातका कारण जुम्ला ढाकिएको छ। जुम्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकाले हिउँले सेताम्य भएका छन्। जुम्ला हिउँले ढाकिएपछि जनजीवन निकै प्रभावित बनेको छ। बिहीवार बिहानदेखि एक्कासी बादल लागेर हिउँ पर्न थालेको थियो।
सदरमुकाम आसपासमा झण्डै आधा फिट हिउँ जमेको छ। उच्च हिमाली भेगतिर दुई फिटसम्म हिउँ परेको स्थानीय बताउँछन्। हिउँ परेपछि अत्यधिक चिसो बढेको छ। चिसोका कारण जनजीवन निकै प्रभावित बनेको छ।
हिउँले विद्यालयको पठनपाठन रोकिएको छ। हवाइ तथा सडक यातायात पुर्णरुपमा ठप्प हुँदा यात्रु मर्कामा परेका छन्। यो हिउँले किसानलाई निकै फाईदा पुर्याएको छ। सरकारी तथा गैरसरकारी कार्यालय खुल्न सक्ने अवस्थामा छैनन्। हिउँदे विदाको अवसर पारेर खुलेको ट्युसन तथा कोचिङ सेन्टर चल्न सकेका छैनन्।
हिमाली क्षेत्रमा रहेका बस्तीतिर गाइबस्तुलाई दानापानी गर्न पनि असहज भइरहेको छ। चिसोले बालबालिका देखि बुढाबुढी बढी प्रभावित छन्। कर्णालीको हुम्ला,मुगु,जुम्ला,डोल्पा र कालिकोटको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ।
भारी हिमपात भइरहेकोले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन स्थानीय प्रशासनले अपिल गरेको छ। तिला गाउँपालिका ९ का मोतिराम बुढा हिमपातले बालीनाली सप्रिने बताउँछन्। स्याउ बगैँचा व्यवस्थापनका लागि यो हिउँले निकै राहत मिल्ने किसान बताउँछन्।
हिउँ आउदै हिउँ खेल्न स्थानीय युवायुवती सदरमुकाम खलंगामा निस्केका छन्। भारी हिमपात भएकोले अब बिस्तारै तातो बढ्दै जाने विश्वास गरिएको छ। यो वर्ष पुस महिनामा दुई पटक र माघ महिनामा एक पटक हिउँ परेको हो। हिउँले सिंगो कर्णाली सेताम्य भएको छ।
जुम्ला–आइतबार विहान ७ बजेदेखि परेको हिमपातका कारण जुम्ला सेताम्य भएको छ । जुम्ला आसपासका सुख्खा डाडाँकाडा हिउँले सेताम्य हुनुका साथै खलंगाबजार हिउँले ढाकिएको छ। शनिबार दिनभर वादल लागेपछि आइतबार विहान ७ बजेबाट हिउँ पर्न थालेको हो।
हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। उच्च स्थानमा मध्येराति देखि नै हिमपात सुरु भएपनि सदरमुकाम खलंगामा विहान देखि हिउँ पर्न थालेको हो।
हिमपातले सिजाका ११ वटा गाविस, चौधविस क्षेत्रका डिल्लीचौर, छुमचौर, पातारासी गोठिचौर, पानसय क्षेत्रका ताम्ती, मालिकाठाँटा, घोडेमहादेव र असी क्षेत्रका देपालगाउँ र गज्र्यांकोट क्षेत्रमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन्।
आकासमा लागेको बादलका कारण यहाँका सोलारबाट सञ्चालित सञ्चार माध्यम बन्द हुने अवस्थामा छन्, भने सरकारी तथा गैरसरकारी कार्यालयको सोलार सिस्टमले काम गरेका छैनन्। हिमपातका कारण सेवाग्राही आउन सकेका छैनन्। गाउँका गाईवस्तुलाई दानापानी दिनेदेखि वालवालिका र वृद्धावृद्धालाई चिसोको प्रभाव निकै परेको स्थानीयले बताएका छन्।
हिमपातले यहाँ चल्ने हवाई सेवा बन्द भएका छन भने विहानदेखि सवारी सधान चल्न सकेका छैनन्। सदरमुकाम आसपासको डाँडाकाडामा आधा फिट हिउँ परेको छ। मानिसहरु घरमा आगो बालेर बसेका छन्।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...