अध्यक्ष र लेखा अधिकृतको विवादले गाउँपालिकाको काम ठप्प
१५ माघ २०७८
•
३ मिनेट पाठ
अध्यक्ष र लेखा अधिकृतको विवादले गाउँपालिकाको काम ठप्प
एक महिनादेखि आर्थिक कारोवार ठप्प गुरासँ गाउँपालिकाको कार्यालय दैलेख। तस्बिरः गोविन्द/नागरिक
दैलेखको गुरासँ गाउँपालिकामा अध्यक्ष खेमराज ओली र लेखा अधिकृत दिनेश दाहालविच विवाद बढ्दै जाँदा एक महिनादेखि पालिकाबाट हुने कुनै पनि भुक्तानी हुन सकेको छैन। तीन जनाको नाममा रहेको खाता दुई जनाको नाममा भएयता शिक्षक, कर्मचारीको तलवभत्ता तथा उपभोक्ता समितिबाट भएका कामहरुको भुक्तानी रोकिएको हो।




दशैं अगाडिदेखि विवाद भएपनि अहिले विवाद उत्कर्षमा पुगेको हो। आर्थिक श्रोत नभएपनि अध्यक्ष खेमराज ओलीले निकासाका लागि दवाव दिने गरेको तर, श्रोत नभएर निकास नहुने गरेपछि अध्यक्ष लेखा अधिृकतसंग टाढिएका (रिसाएका) श्रोतको भनाइ छ। त्यही ईगोले अध्यक्षले लेखा अधिकृतलाई पेल्न सुरु गरे। श्रोतका अनुसार लेखा अधिकृतले नियतवंस निकासा रोकेका थिएनन्। कार्यक्रम एकातिर खर्च अर्कोतिर हुन थालेपछि लेखाबाट निकासा नियन्त्रण गरिएको झोकमा अध्यक्षले मन्त्रालयमा सरुवाको लागि चिठ्ठी पठाएका थिए।

मन्त्रालयबाट सरुवा गर्न नसकिने जवाफ पाएपछि अध्यक्षले लेखा अधिकृत दाहालको कुर्ची नै कार्यकक्षबाट हटाएका थिए। अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आर्चायलाई लिखित रुपमा लेखा अधिकृतलाई कामकाज नगराउन उर्दी जारी गरे। अध्यक्षकोे लिखित आदेशभन्दै प्रमुख प्रशासकीय अधिकृत आर्चायले लेखा अधिकृतको हाजिरीमा एक महिनादेखि रातो लगाए। तर, पनि नियमित लेखा अधिकृत पालिकामा आईरहेका पालिकाका कर्मचारीहरु बताउँछन्।

अडिट चलिरहेको र सबै हिसावकिताव लेखा अधिकृतलाई थाहा भएकाले प्लाष्टिकको कुर्ची राखेर दाहालले अडिट गरे। ‘अडिट चलिरहेकै थियो अध्यक्ष आएर लेखा अधिकृतलाई किन बसेको भन्नुभयो,’ एक कर्मचारीले भने, ‘यहाँ तपाईको काम छैन। म आफै अडिट गराउँछु अध्यक्षले झपारे। तर, लेखा अधिकृतले केही नबोली अडिटको काम सके।’

कानुन अनुसार लेखा अधिकृतले तोकेको वा आफै खाता संञ्चालन हुने व्यवस्था छ। तर, लेखा अधिकृतले कोष लेखा नियन्त्रण कार्यालय दैलेखको सल्लाह अनुसार आफ्नो नाम र प्रमुख प्रशासकीय अधिकृतको नामबाट मात्र खाता चलाए। यसअघि लेखापाल राज कसेरासहित ३ जनाको हस्ताक्षरमा खाता सञ्चालन हुँदै आएको थियो। तीन जनामध्ये दुई जनाको हस्ताक्षर भए चेक साटिने बनाइएको थियो। महालेखा नियन्त्रण कार्यालयले सरुवा गर्न नमिल्ने भनेपछि कार्बाहीका लागि अध्यक्षको निर्देशनमा प्रमुख प्रशासनिक अधिकृतले माघ १३ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएका हुन्।

‘एक महिना भईसक्यो विवादका कारण कुनै पनि भुक्तानी भएको छैन,’ एक कर्मचारीले भने, ‘अध्यक्षको पछाडी लागेर प्रमुख प्रशासकीय अधिकृतले लेखा अधिकृतको हाजिरी नै गर्न दिनु भएको छैन। अनि, कसरी निकाशा हुन्छ?’ गुरासँ गाउँपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृत पनि लामो समय टिक्दैनन्। केही महिनाअघि मात्र अहिले कार्यरत प्रमुख प्रशासनिक अधिकृत आर्चाय आएका हुन्।

नियमअनुसार आफूले काम गर्दा अनेक बखेडा झिकेर आफूलाई दवाव दिने गरेको तर, आफूले नियम कानुन फलो गर्दा मेरो पछाडी अध्यक्ष लागिरहेको लेखा अधिकृत दिनेश दाहालले बताए। कोरोना संक्रमणका कारण अहिले लेखा अधिकृत दाहाल उपचाररत छन्।

गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जनताको फाईल डस्बिनमा फाल्ने, फाईल लुकाउने, ठेकेदारबाट कमिसन खाने, विना जानकारी कार्यालय छोड्ने,  सफ्टवयर बिग्रेको बहानामा काम नगर्ने, कार्यपालिकाको निर्णय विना बाईक खरिद गर्ने, बजेट ईन्ट्री गर्दा गाउँसभाभन्दा छुटटै ईन्ट्री गर्ने र सुधार गर्नका लागि ५ पटक मौखिक र ३ पटक लिखित जवाफ मान्दा समेत नसुध्रिएको आरोप लगाएका छन्। ‘लेखा अधिकृतको आचरण राम्रो नभएपछि मैले नै कुर्ची हटाएर कार्यालयमा हाजिर हुन नदिएको हो,’ अध्यक्ष ओलीले भने, ‘उसले गल्ती सुधार गर्छु भनेपछि सुध्रिन फेरि पनि एक मौका दिनेछु।’
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस