८ वटा वडा रहेको गाउँपालिकाका कुनैपनि वडामा वडा सचिव नभएपछि ताप्लेजुङको सिरिजंगा गाउँ कार्यपालिकाले सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवको रुपमा खटाउने निर्णय लिएको छ।
गाउँ कार्यपालिकाको बैठकले लोक सेवा आयोगबाट स्थायी कर्मचारी सिफारिस भइ नआञ्जेलसम्मका लागि सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवको रुपमा खटाउन पालिका प्रशासनलाई निर्देश गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए।
उनका अनुसार गाउँपालिकाका बिभिन्न सेवा समूहका ७ जना कर्मचारीको एकैपटक सरुवा भएको छ। वडा सचिवको समेत जिम्मेवारी सम्हाली रहेका उनीहरुको सरुवा भएको ठाउँमा पदपूर्ति हुन नसकी सेवाग्राहीको कामकारबाहीमा समेत प्रत्यक्ष प्रभाव परेको र सेवाग्राहीले सास्ती व्यहोर्नु परिरहेको अवस्था हटाउन गाउँ कार्यपालिकाको बैठकले सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवको रुपमा खटाउने निर्णय लिएको समेत प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए।