सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम
२५ पौष २०७८
•
१ मिनेट पाठ
सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम
कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ।




सडक डिभिजन कार्यालयले चिन्ह लगाएर छोडेको जग्गा समेत अतिक्रमण गरी स्थानीयवासीले घर टहरा, पर्खाल, सेफ्टी ट्याङ्कीलगायतका संरचना निर्माण गरेको भेटिएको हो।

नापी र सडक डिभिजन कार्यालयले सडकको क्षेत्र नाप्दा घर टहरा, पर्खाल, सेफ्टी ट्याङ्की गरी २४ वटा संरचनाले सडक मिचेर निर्माण गरेको भेटिएको सडक डिभिजन कार्यालय जुम्लाका सब इञ्जिनीयर वीरेन्द्र रावलले बताए। उनका अनुसार अतिक्रमण हटाउने अभियानअन्तर्गत गरिएको नापी नक्साबाट दुई पक्की घर, चार जस्तावाला घर, चार पक्की सेफ्टी ट्याङ्की, आठ वटा तारजाली एङ्गलसहितका पर्खाल, एक ढुङ्गाको पर्खाल र पाँच टहरा गरी कूल २४ वटा संरचना सडक अतिक्रमण गरेर निर्माण भएका छन्।

सडक अतिक्रमण गरी निर्माण भएका दुई पक्की घर र चार सेफ्टी ट्याङ्कीलाई आफ्नै तरिकाले हटाउन १५ दिने अल्टिमेटम दिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए।

'पक्की घर मालिक र सेफ्टी मालिकलाई अतिक्रमण हटाउन पत्र समेत दिएका छौं। पत्र लिन नमान्नेको घरमै सूचना टाँस गरेका छौं। १५ दिनभित्र नहटाए वा सम्पर्कमा नआएपछि सडक ऐन– २०३१ अनुसार भत्काइने छ', उनले भने, 'घरको आङ्गन, निर्माण सामाग्री भत्काउने र हटाउन काम जारी छ।'

त्यस्तै जस्तावाला घर हटाउन ७ दिनको समय दिइने र सो अवधिमा नहटाए डोजर प्रयोग गरी हटाइने भएको छ। भने, तारजाली पर्खाल, ढुङ्गाको पर्खाल र टहरालाई शुक्रवार डोजर प्रयोग गरेर हटाइने प्रमुख श्रेष्ठले जानकारी दिए। रासस
अर्को समाचार
तौलिहवा बजारमा सडक अतिक्रमण खाली गराउन सुरु
०३ साउन २०७७
•
२ मिनेट पाठ
तौलिहवा बजारमा सडक अतिक्रमण खाली गराउन सुरु
हुलाकी सडक निर्माणका लागि तौलिहवा बजारमा सडक अतिक्रमण हटाइदै ।
हुलाकी सडक निर्माणका लागि तौलिहवा बजारको सडक क्षेत्रमा पर्ने संरचना हटाउन सुरु गरिएको छ । अतिक्रमण खाली गर्न एक हप्ताको दिइएको सयमसीमा सकिएपछि शनिबारबाट हुलाकी सडक आयोजना कपिलवस्तुले डोजर लगाएर हटाउन सुरु गरेको हो । हुलाकी सडकका कर्मचारी, नेपाल र सशस्त्र प्रहरीसहितको टोलीले २ २ वटा डोजर प्रयोग गरी अतिmत्रण खाली गराइएका हुन ।




गत असार २५ गते प्रशासन कार्यालयमा सर्वपक्षीय निर्णए भएपछि बाटो निर्माणमा तीव्रता दिनका लागि सडक अतिक्रमण खाली गराउने निर्णय भएको थियो । हुलाकी राजमार्ग अन्तर्गत तौलिहवाको जमुहार नालादेखि छोटकी तौलिहवासम्म पर्ने अतिक्रमण हटाउन सुरु गरिएको हुलाकी सडक अयोजना कपिलवस्तुका प्रमुख ईश्वरबहादुर रिजालले बताए । ‘हामीले साउन २ गते भित्र अतिक्रण गरिएको संरचना हटाउन सूचना जारी गरेका थियौ, तर अटेर गरिएपछि हटाउन सुरु गरेका हौ ’ उनले भने । शनिबार सरकारी कार्यालयले सडक अतिक्रमण गरेका संरचना हटाउन सुरु गरिएको हो । जमुहारदेखि छोटकी तौलिहवामा पर्ने जिल्ला समन्वय समिति, कपिलवस्तु नगरपालिका, नेपाल टेलिकम, नेपाल बाल संगठन तौलेश्वरनाथ संस्कृत उमाबि, सन साईन बोडिङ स्कुलका पर्खालहरु डोजर लगाएर भत्काइएको छ ।  

यस्तै, सरकारी वकील कार्यालय अघि बाटोमा निर्माण गरिएको प्रतिक्षालय, खानेपानी कार्यालयसहित २ वटा विद्यालयका पर्खालहरु समेत हटाइएका छन् । ‘ अतिक्रमण हटाउने कार्यको सुरुवात सरकारी कार्यालयबाट गरेका छौ अब केही दिन मै निजी संरचनाहरु समते अटेर गरे भत्काउने छौ ’ प्रमुख रिजालले भने । अतिक्रमण खाली गर्ने सुचना जारी गरिए पछि अहिले जमुहार टोल, बैक रोड नयाटोल, आनन्दबाग लगायतमा धमाधम आफैले अतिक्रमण हटाउन थालेका छन । हुलाकी सडक आयोजना अनुसार जमुहार देखि  छोटकी तौलिहवा सम्म पर्ने २३ सय ४० मिटर सडक क्षेत्रमा २ सय ७३ वटा घर टहराहरु बनाईएका छन । 

यस्तै, बहादुरगंज जाने सडक देखि भिक्षु चोक सम्म पर्ने यशोधरा माबि र रत्न राज्य माबिले अतिक्रमण गरी बनाइएका केही संरचनाा समेत भत्काइएका छन् । कपिलवस्तु नगरपालिका अनुसार जमुहारदेखि भिक्षु चोकसम्म ५ सय ८३ वटा संरचना सडक क्षत्र भित्र परेको छ । बहादुरगंज जाने चौराहादेखि भिक्षु चोकसम्म भने सडक बिभागले सडक बनाउने नगरपालिकाले जनाएको छ । हुलाकी सडक अन्तर्गत ५ सडकखण्ड तथा चार वटा पुल निर्माणका लागि कुल ३ अर्ब ४६ करोड २ लाखका सम्झौता भईसकेको छ । सबै काम २०७९ पुसभित्र सम्पन्न गर्नु समयावधी तोकिएको छ ।  

उता स्थानीय कालीपद शर्मा र रोहित उपाध्यायले उच्च अदालत तुलसीपुरमा सो कार्य रोक्नका लागि रिट निबेदन दिएका छन् । सोही आधारमा बुटवल ईजलासले निबेदकका हकमा अल्पकालिन आन्तरिम आदेश जारी गर्दै बिपक्षी हुलाकी सडक आयोजना र सडक बिभागलाई साउन १२ गते छलफलका लागि अदालतमा बोलाइएको छ ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस