चोक चोकमा फोहोर
१४ पौष २०७८
•
२ मिनेट पाठ
चोक चोकमा फोहोर
गए रातिदेखि परेको वर्षातका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा थप समस्या हुँदा चोकचोकमा फोहोर थुप्रिएको छ। लामो समयदेखि फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलमा स्थानीयवासीले अवरोध गर्दा यही पुस पहिलो साता फोहोर व्यवस्थापन हुन सकेको थिएन। विगत पाँच दिनदेखि नियमितरुपमा उठ्न थालेको फोहोर निरन्तर परेको पानीको कारण पुनः रोकिएको हो।




नियमित पानी परिरहे फोहोर सिसडोलसम्म लान नसकिने भन्दै काठमाडौँ महानगरपालिकाले नागरिकलाई केही दिनका लागि सकेसम्म फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको  छ। कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार पानी पर्दा फोहोर बोक्ने गाडी जान नसक्ने हुँदा चोकचोकमा फोहोर थुप्रिएको हो पानी पर्न रोकिएसँगै नियमित फोहोर व्यवस्थापन हुन्छ।

हाल फोहोर व्यवस्थापन भइरहेको स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको छ। निर्माणाधीन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखदेखि सुरु गरे पनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ।

दीर्घकालीनरुपमा फोहोर राख्ने स्थानको समस्या भएको भन्दै कामपाले निर्माणको काम सक्दो छिटो सकेर हस्तान्तरण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। बञ्चरेडाँडामा दीर्घकालीन फोहोर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो। सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि दोस्रो सेलको काम अझै सकिएको छैन।

सहरी विकस तथा भवन निर्माण विभागले दसैँअगावै बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी गराएको छ। उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा विसर्जन हुन्छ। यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहोर निस्किने गर्दछ। उक्त फोहोर व्यवस्थापनका लागि कामपाको र निजी गरी दैनिक १५० देखि २०० गाडी सिसडोल जाने गरेका थिए।
अर्को समाचार
टीकापुरको मुख्य सार्वजनिक चोक दुर्गन्धित
२२ साउन २०७९
•
३ मिनेट पाठ
टीकापुरको मुख्य सार्वजनिक चोक दुर्गन्धित
दुर्गन्धित सार्वजनिक चोक। तस्विर योगेश रावल
टीकापुर नगरपालिका व्यवस्थित शहर मध्ये एक हो। यहाँको ब्लक नं. ए मुख्य बजार क्षेत्र हो। ब्लक नं. ए लाई चार भागमा छुट्याईएको छ। जहाँ चारवटा सार्वजनिक चोक छन्।  




ती सार्वजनिक चोक आम मानिसको आराम गर्ने स्थल र हलुका सवारी साधन पार्किङका लागि छुट्याईएका हुन। टीकापुर नगरपालिकाको पहलमा ती सबै सार्वजनिक चोकलाई २०५७ सालतिर व्यवस्थित बनाईएको थियो। जहाँ ईट्टा बिछ्याईएको छ।  

तर अहिले भने ती सबै सार्वजनिक चोकको अवस्था निकै दुर्गन्धित भएको छ। त्यहाँ बजार क्षेत्रको ढलको पानी जमेको छ। निर्माण सामाग्री थुपारिएका छन्। स्थानीयले डम्पिङ साइड (फोहोर फाल्ने स्थल) बनाएका छन्। आम मानिसलाई हिँडडुलमा समेत समस्या भैरहेको छ।  

महाकवी लक्ष्मीप्रसाद देवकोटा चोकको अवस्था सबैभन्दा धेरै दुर्गन्धित छ। पानीको निकास छैन। त्यहाँ आसपासका घरबाट निस्केको नालीको फोहोर जमेको छ। स्थानीय चन्दर होटलका सञ्चालक बिनित साहुले दुर्गन्धले बसि नसक्नु भएको बताए। उनले होटलमा आउने ग्राहकलाई समेत समस्या भएको दुःखेसो पोखे।  

उनले चोकमा जमेको पानीको निकासका लागि धेरै पटक पहल गर्दा पनि सुनुवाई नभएको बताए। ‘धेरै पटक पहल गर्दा पनि कसैले सुनेन’ उनले भने, ‘थाकेर चुपचाप बस्नुको विकल्प रहेन।’ उनको होटलबाट निस्केको फोहोर समेत सोही चोकमा जम्ने गरेको छ। उनले चाहेर पनि होटलबाट निस्केको फोहोरलाई अन्यत्र फाल्न सक्ने अवस्था नरहेको बताए।  

जानकी ट्रेडर्सका सञ्चालक अनिल रावलले चोकमा थुपारेको फोहोर नगरपालिकाले व्यवस्थापन नगरेको आरोप लगाए। उनले महिनौं बिते पनि नगरपालिकाले चोकबाट फोहोर हटाउन नसकेको बताए। ‘हामीले नै डम्पिङ साइडसम्म पुर्याउने त नहोला’ उनले भने, ‘फोहोरको व्यवस्थापन नगरपालिकाले गर्नुपर्छ।’

उत्तरतर्फ रहेको बलभद्र चोक आसपासको भूभाग भन्दा होचो छ। त्यहाँ चारैतिरको पानी बगेर आउँछ। वर्षाको समयमा चुर्लुम्म डुब्छ। आसपासका पसलहरुमा समेत पानी पस्छ। ब्यापारीलाई पसल भित्रको सामान जोगाउनै मुस्किल पर्छ। ‘पाँच मिनेट पानी पर्न हुन्न पूरै चोक जलमग्न हुन्छ’ प्रवेश इन्टरप्राईजेजका सञ्चालक हर्क बुढाले भने–‘पानीको निकास नै छैन। सबै पानी पसलभित्र पस्छ।’

वर्षाको समयमा चोक हिलाम्मे हुन्छ। चारैतिरबाट बगेर आएको फोहोर चोकमै थुप्रिन्छ। बजार क्षेत्रलाई सुन्दर देखाउन बनाईएका सार्वजनिक चोकले झन कुरुप बनाउने गरेको छ।  तुलनात्मक रुपमा सिद्धार्थ चोक र भिमसेन चोकमा कम पानी जम्छ। तर फोहोर लगायतका कारण त्यहाँको अवस्था पनि अन्य सार्वजनिक चोकको भन्दा कम कुरुप छैन। चोकमा बिछ्याईएका ईट्टा देखिदैनन्। ती सबै माटोले पुरिएका छन्। त्यहाँ झारपात उम्रिएको छ।  

सार्वजनिक चोक बेलाबखतमा व्यापारी आंफैले सफा गर्छन्। नगरपालिकाले सार्वजनिक चोकलाई सुन्दर बनाउनेतर्फ खासै पहल गरेको पाईदैन। यसअघिका जनप्रतिनिधिले समेत सार्वजनिक चोकलाई व्यवस्थित बनाउने तर्फ पहल गरेनन्। वर्तमान मेयर रामलाल डगौरा थारुले सार्वजनिक चोक लगायत बजार क्षेत्रको सुन्दरतालाई झल्काउन प्रयास भैरहेको बताएका छन्। तर उनले समेत अहिलेसम्म ठोस कार्यको थालनी गर्न सकेको पाईँदैन।  

‘हामीले निर्णय गरिसकेका छौं र प्राविधिक टोलीले काम समेत सुरु गरिसकेको छ’ उनले भने,‘छिट्टै सार्वजनिक चोक लगायतको सरसफाई हुन्छ।’ उनले नगरपालिकाभित्र रहेका अन्य सार्वजनिक स्थलको सरसफाईतर्फ समेत पहल गर्ने बताए।  

ब्लक नं. ए मा स्मार्ट सिटी अन्र्तगत चारैतिर सडक र नाली निर्माणको काम भैरहेको छ। निर्माणाधिन सडक र नाली सार्वजनिक चो भन्दा अग्लो छ। जसका कारण पानीको निकास हुनुको सट्टा झन थुन्ने काम भैरहेको छ। सडक र नालीका कारण उल्टै बजार क्षेत्र डुबानमा पर्ने खतरा छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस