राष्ट्रिय सतर्कता केन्द्रले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पुसको ७ र ८ गते गरेको कार्यालयमा छड्के अनुगमनमा १ सय १८ जना कर्मचारी अनुपस्थित भएको पाईएको छ। अनुगमनमा कर्मचारीले कार्यालय समयको पालना नगरेको र तोकिएको कर्मचारी पोशाक समेत नलगाएको पाईएको हो।
अनुगमनमा ३१ जना कर्मचारीले पोशाक नलगाएको र १ सय १८ जना कर्मचारी अनुपस्थित भएको पाईएको हो। कर्मचारी कार्यालय समयमा नआउने गरेको अनुगमनका क्रममा देखीएको सतर्कता केन्द्रका प्रहरी उपरीक्षक राजेन्द्रकुमार पोखरेलले बताए। सेवाग्राहीले कर्मचारी कार्यालय समयमा उपस्थित हुनुपर्ने, खानेपानी, शौचालयको व्यवस्थापन र दरबन्दीअनुसारका कर्मचारी हुनुपर्ने लगायतका सुझावहरु अनुगमनका क्रममा दिएको थिए।
सामाजिक विकास मन्त्रालयमा २८जना, गुर्भाकोट नगरपालिकामा २३ जना, विरेन्द्रनगर नगरपालिकामा २२ जना, मालपोट कार्यालयमा १५ जना, भु तथा जलधार व्यवस्थापनमा ९ जना, खानेपानी, सिचाई तथा उर्जा विकासमा ५ जना, यातायात व्यवस्थापनमा ६ जना, नापी र डिभिजन वन कार्यालयमा १/१अनुपस्थित रहेको सतर्कता केन्द्रले जनाएको छ। कर्मचारी समयमा कार्यालय नआउने, ढिलो आएर छिटो निस्कने, सेवा प्रवाहमा ढिलासुस्ती गर्ने लगायतका गुनासा सेवाग्राहीले गरेको जनाईएको छ। कार्यालयले कर्मचारी विदामा बसेका कारण उपस्थित कम भएको प्रतिक्रिया दिएका छन्।
त्यस्तै राष्ट्रिय सतर्कता केन्द्रल भ्रष्टचार नियन्त्रणः हाम्रो दायित्व विषयक अन्र्तक्रिया गोष्ठी समेत गरेको थियो। राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरेले हामी सवैको साझा दायित्व भएमा भ्रष्टचार नियन्त्रणमा आउने बताए।