रौतहटको फतुवा विजयपुर नगरपालिकाको एक गाउँमा भएको आगलागीमा एक बालिकाको मृत्यु भएको छ भने एक जना अबोध बालक जलेर गम्भीर घाइते भएको छ।
फतुवा विजयपुर नगरपालिका १ बरगिनियाका राम विश्वास राय यादवले आफ्नो खाली जग्गामा धान काटेर दाईँ गर्न थुपारी राखेको धानमा आगो लागेपछि ठूलो क्षति भएको छ। धान नजिकै साना केटाकेटीले आगो सल्काएर खेल्ने क्रममा धानमा आगो लागेको थियो।
धानमा आगो लागेपछि नियन्त्रणमा लिनका लागि स्थानीयवासीका साथै सुरक्षाकर्मीले बारुणयन्त्रको सहयोग लिएका थिए। धानबाट आगो स्थानीय मदन यादवको फुसको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। आगलागीबाट स्थानीय जोकु राय यादवकी तीन वर्षकी छोरी आराध्याकुमारी यादवको मृत्यु भएको छ भने संजीस हाका दुई वर्षका अबोध बालक जलेर गम्भीर घाइते भएको छ। घाइते अबोध बालकलाई उपचारको लागि वीरगंज पठाइएको प्रहरीले जनाएको छ।
आगलागीबाट तीन लाखभन्दा बढीको क्षति भएको छ। मदन यादवको फुसको घर पूर्ण रुपमा जलेर नष्ट हुँदा दुई लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। यसैगरी राम विश्वास राय यादवको एक बिघा खेतको धान जलेर खरानी हुँदा करिब एक लाख रुपैयाँको क्षति पुगेको छ।
सबैको सामूहिक प्रयासले आगलागी नियन्त्रणमा आएको छ। आगलागी नियन्त्रणमा आए पनि केही परिवारको विचल्ली भएको छ। गाउँमा पूरै त्रासको वातावरण रहेको छ।